कास्की । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा नौ सय ९५ वटा मात्रै रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पौडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए । कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता सङ्ख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको सङ्ख्या बढ्दा राजस्व भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु दुई करोड १२ लाख ३० हजार ६ सय ३१ राजस्व सङ्कलन हुँदा २०७९/८० मा रु दुई करोड ३९ लाख ९० हजार नौ सय ८९ राजस्व सङ्कलन भएको छ ।
विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको सङ्ख्या भने केही मात्रामा बढेको छ । आव २०७९/८० मा पर्यटनसम्बन्धस् तीन सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन् ।
आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ तीन सय १७, सेवामूलक उद्योगतर्फ एक सय ९८, उत्पादनमूलक उद्योगतर्फ एक सय ३५ र सूचना प्रविधिमा आधारित सातवटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित आठ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएका थिएनन् । पर्यटनमूलक उद्योगमा सात सय चार, सेवामूलक उद्योगमा पाँच सय ४७, उत्पादनमूलक उद्योगमा दुई सय १६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए।
कास्कीका उद्योगमा आव २०७८/७९ मा रु चार अर्ब ८९ करोड ५२ लाख पुँजी लगानी भएको थियो भने आव २०७९/८० मा रु तीन अर्ब २७ करोड १९ लाख पुँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले जानकारी दिए।
आव २०७८/७९ मा दुई हजार ६ सय ११ महिलासहित चार हजार आठ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा आव २०७९/८० मा एक हजार सात सय ५१ जना महिलासहित तीन हजार नौ सय ६७ जनाले रोजगार प्राप्त गरेका छन् । कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६ सय २९ उद्योग दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: