कास्की । कोरोना सङ्क्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको सङ्ख्या घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा नौ सय ९५ वटा मात्रै रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पौडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता सङ्ख्या घटेको हुनसक्ने बताए । कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता सङ्ख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको सङ्ख्या बढ्दा राजस्व भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु दुई करोड १२ लाख ३० हजार ६ सय ३१ राजस्व सङ्कलन हुँदा २०७९/८० मा रु दुई करोड ३९ लाख ९० हजार नौ सय ८९ राजस्व सङ्कलन भएको छ ।
विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको सङ्ख्या भने केही मात्रामा बढेको छ । आव २०७९/८० मा पर्यटनसम्बन्धस् तीन सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन् ।
आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ तीन सय १७, सेवामूलक उद्योगतर्फ एक सय ९८, उत्पादनमूलक उद्योगतर्फ एक सय ३५ र सूचना प्रविधिमा आधारित सातवटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित आठ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएका थिएनन् । पर्यटनमूलक उद्योगमा सात सय चार, सेवामूलक उद्योगमा पाँच सय ४७, उत्पादनमूलक उद्योगमा दुई सय १६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए।
कास्कीका उद्योगमा आव २०७८/७९ मा रु चार अर्ब ८९ करोड ५२ लाख पुँजी लगानी भएको थियो भने आव २०७९/८० मा रु तीन अर्ब २७ करोड १९ लाख पुँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले जानकारी दिए।
आव २०७८/७९ मा दुई हजार ६ सय ११ महिलासहित चार हजार आठ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा आव २०७९/८० मा एक हजार सात सय ५१ जना महिलासहित तीन हजार नौ सय ६७ जनाले रोजगार प्राप्त गरेका छन् । कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६ सय २९ उद्योग दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: