Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

गुरुङको अध्यक्षतामा एनआरएनए दक्षिण कोरियाको कमिटी गठन

खबरडबली संवाददाता

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा संस्थापनलाई निरन्तरता कमिटी गठन गरिएको छ । निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरेकाे हाे ।

 गुरुङ पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुुन् । भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा देखा परेको समस्या समाधानको लागि आफूले निकै पहल गरेको तर अर्को पक्ष पन्छिएपछि कमिटी गठन गर्नुपरेको बताए । “संस्थाभित्रको समस्या समाधानको लागि हामीले निकै पहल गरेका थियौँ तर अर्को पक्ष तयार भएन । कोरियामा रहेका नेपालीहरुको हक अधिकारको पक्षमा लड्न कमिटी गठन गरिएको हो” कुँवरले भने । उनले सन् २००६ मा गठन भएको स्थापन भएको संस्थाको निरन्तरताको लागि कमिटी गठन भएको बताए । लामो समयसम्म नेतृत्व गरेका कुँवरले स्थापनकालदेखि हालसम्म एनआरएनए कोरियाको अभिभावकत्व गर्दै आएका छन्  ।

त्यस्तै भेलामा उपस्थित सचिव जुनु गुरुङले एनआरएनएको निरन्तरताको लागि कमिटी गठन भएको बताइन् । कमिटीको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमतिमा बद्री केसी समूहले कार्यान्वयन नभएपछि एनआरएनएको एकता भाडिएको थियो । केसी समूहले सहमतिलाई लत्याउँदै अघि बढेपछि आफूहरु कमिटी गठन गर्दै कुँवर पनि अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending