Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सञ्चार क्षेत्रका श्रम मुद्दामा सरकार संवेदनशील छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताएकी छन् । 

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकार हक प्रवर्धन समिति र श्रमजीवी पत्रकार संघले मन्त्रालयमा गरेको ध्यानाकर्षण कार्यक्रममा उनले सञ्चार क्षेत्रमा देखिएका श्रम समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएकी हुन् ।
 
मिडियाको प्रबर्धन र श्रमजीवीको हकहितलाई सरकारले महत्व दिंदै आएको उल्लेख गर्दै उहाँले श्रमका मुद्दा चाँडो सम्बोधन गरेर जानुपर्ने बताउँदै यसका लागि मन्त्रालयले चासो राख्दै आएको पनि बताइन् ।  ‘मन्त्रालयले श्रमका मुद्दामा चासो देखाउँदै आएको छ, प्रेस रजिष्ट्रारको समेत भूमिकामा रहेकाले सूचना तथा प्रसारण विभागका प्रमुखलाई श्रमजीवी र व्यवस्थापनसँग समन्वय गरेर श्रमका मुद्दा समाधान गर्न आग्रह गरिसकिएको छ’– मन्त्री शर्माले भनिन्– ‘सकेसम्म श्रमजीवीको हितमा हुने गरी श्रमजीवी र व्यवस्थापन पक्षबिच सहमति गराउने र नसकेको खण्डमा श्रमजीवीलाई कानुनी उपचारको बाटोमा जाने बाटो खोलिदिनुपर्छ भन्नेमा सरकार स्पष्ट छ र सोही अनुसार सम्बन्धित निकायलाई निर्देशित गरिएको छ ।’

हरेक क्षेत्रमा जस्तै अब पत्रकारिताको क्षेत्रमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गरिनुपर्नेमा जोड दिंदै उनले कानुन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताइन्  । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस आवश्यक अध्ययन गरेर मन्त्रिपरिषद्मा लैजाने जानकारी दिंदै आवश्यक कानुन निर्माण गरेर सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न थालेको जानकारी दिइन् ।

व्यवस्थापन र श्रमजीवीको दुबै हिसाबले सरकारी सञ्चारमाध्यमलाई नमूना बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिइन् । रेडियो नेपाल र टेलिभजिनलाई व्यवस्थित गर्न सार्वजनिक सेवा प्रसारण विधेयक संसदमा विचाराधीन रहेको र अहिले संसदीय समितिमा छलफल सुरु भएको  जानकारी दिइन् । सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले प्रेस रजिष्ट्रारको हैसियले आफूले श्रमका मुद्दालाई गम्भीरतापूर्वक लिएको र प्राप्त उजुरीमाथि छलफल गराउने काम भइरहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्र पनि कानुनबाट चल्नुपर्ने उल्लेख गर्दै राज्यले बनाएका अरु सबै कानुनको पालना नहुने तर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । नेपाली पत्रकारिता क्षेत्रमा २० अर्व लगानी रहेकाले यसको पनि सुरक्षा हुनुपर्ने तर श्रमको मुद्दामा सम्झौता नहुने उनको धारणा थियो ।

महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रत्येक दिन अपमानजनकरुपमा मिडिया हाउसबाट पत्रकार निकालिने गरेको औल्याउँदै कान्तिपुरबाट मत्रै ७५ जना पत्रकार निष्काशन गर्ने प्रक्रिया सुरु भएकाले पीडित श्रमजीवीको पक्षमा महासंघले आन्दोलन थाल्ने र सरकारले कानुन कार्यान्वयन गरेर सहयोग गर्नुपर्ने बताए । श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले श्रमको आन्दोलनमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रम सहजीकरण महासंघका केन्द्रीय रामकृष्ण अधिकारीले गरेका थिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending