Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

हरेक काण्डमा छानविन गर्दा सत्तापक्षका नेताहरु जेल जाने एमाले महासचिवको ठोकुवा

खबरडबली संवाददाता

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचार सत्ता गठबन्धनको शासकीय चरित्र भएको आराप लगाएका छन् ।  सोमबार पोखराको अम्मरसिंह चौरमा सुरु नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन सम्बोधनको क्रममा उनले हरेक काण्डमा छानविन गर्दा सत्तापक्षका नेताहरु जेल जाने ठोकुवासमेत गरे ।

उनले एमाले सदैव भ्रष्टचारको विरुद्धमा रहेको उनले बताउँद भने- ‘नेकपा एमाले सुशासनको पक्षमा छ। त्यसअर्थमा जति जति घटनाका छानबिन हुनेछन् अन्तमा जेल जाने काम सत्ता गठबन्धनको हुनेछ’, उनले प्रस्टाउँदै भने, ‘किनकी उनीहरु भ्रष्टचारका हिमायती हुन् । भ्र्रष्टचार उनीहरुको शासकीय चरित्र हो । ’

त्रिभुवन विमानस्थलमा जतिबेला सुन समातिने गर्दछ सत्तापक्षका नेताहरुको अनुहार उदांगिने उनको भनाइ थियो । ‘एकातिर सरकार म त भ्रष्टार विरुद्धको अभियान छु भन्दै जनताको बीचमा भ्रम सिर्जना गर्ने कोशिस गर्छ । अर्कोतिर सरकारको संयन्त्रणको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने खालको काम भइरहेको कुरा बाहिर आउँछ’, महासचिव पोखरेलले भने, ‘तर सरकार त्यो तस्करलाई नियन्त्रण गर्नका लागि निष्पक्ष छानविन गर्न कुराप्रति पनि सहमत हुने गर्दैन। त्यसका लागि प्रतिपक्षले दबाब दिनुपर्छ । नेकपा एमालेले दबाब दिनुपर्ने स्थिती खडा हुने गर्दछ ।’ उनले अगाडि थपे, ‘यदि साँच्चै सरकार शुसासनको पक्षमा हुन्थ्यो, तस्करी तन्त्रको विपक्षमा हुन्थ्यो, भ्रष्टाचारको विरुद्धमा हुन्थ्यो भने छानविनलाई प्रभावकारी बनाउने कुरामा सरकारले आनाकानी गर्ने थिएन ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा नेतृत्वकै सरकार दलाल पुजीँपतीकोहरुको कब्जामा परेकोसमेत उनले ठोकुवा गरे। अहिलेको गठबन्धन सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको आरोप लगाए। महासचिव पोखरेलले भने, ‘अवैध अर्थतन्त्रलाई प्रोत्साहित गर्ने सरकार हो। वैधानिकताको नेतृत्व गर्ने सरकार होइन उसका काम र क्रियाकलापले पृष्टि गरेको छ।’

सरकारको कामकारवाहीले वैधानिक ढंगले काम गर्ने उद्योगी व्यवसायीमा निराशा छाइरहेको उनले सुनाए। अवैधानिक काम गर्नेहरु सत्ताको निकट भएको बताउँदै भने, ‘अवैध कारोबारीले प्रशय पाइरहेका छन्। सत्ताको निकट रहेका व्यापारीहरु अरबौंको मालिक भइरहेका छन्। रातारात उनीहरुको सम्पत्ति वृद्धि भइरहेको छ।’

व्यापार व्यवसाय ठप्प बनाएर श्रमिकहरुलाई बेरोजगारी बनाउने कामको नेतृत्व गठबन्धन सरकारले गरिरहेको उनले बताए । ‘यो गठबन्धन सरकार परामदेशको बाटोबाट कुर्सीमा पुग्यो त्यसपछि मुलुक संकटतर्फ उन्मुख भएको हामीले अनुभुति गरिरहेका छौं । यो सरकारको नेतृत्वमा मुलुकको वैधानिक अर्थतन्त्र कमजोर बनाउने अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने कामहरु भए’ उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला जनतामा आशाको सञ्चार भएको उनको दाबी छ । ‘जतिबेला यो मूलुकमा संकट उत्पन्न हुन्छ त्यो संकट निवारण गर्ने सामथ्र्य नेकपा एमाले र त्यसका अध्यक्षका रुपमा रहनुभएका केपी शर्मा ओलीसँग मात्र छ’, सरकारमा एमाले आउनुपर्ने भावसहित उनले भने ।

माओवादी सशस्त्र द्वन्दको बेला पनि ओलीले मुलुकलाई शान्तिको बाटोमा ल्याउन अगुवाइ गरेको महासचिव पोखरेलको दाबी छ । शान्ति प्रक्रियासँगै संघीयता कार्यन्वयनमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको बताए ।

अहिले एमालेका विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उनले आरोप लगाए । ‘यस्तो अवस्थामा देश र जनतालाई नयाँ बाटोतर्फ अगाडि बढाउने जिम्मेवारी हाम्र्रो पार्टीको काँधमा रहेको छ । जतिबेला हाम्रो पार्टीले नेतृत्व गरिराखेको थियो लगातार ३ वर्ष उच्च आर्थिक वृद्धिदर हासिल गर्यौं । तर, जब हामीलाई सरकारबाट हटाउने काम भयो आज मुलुक चौतर्फी संटकमा छ ।’

गठबन्धन सरकारले नचाहेकै कारण पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात हुन नसकेको महासचिव पोखरेल बताउँछन् । अन्तर्राष्ट्रिय उडानका लागि थुप्रै कम्पनीले इच्छा देखाएपनि रेसपोन्स नदिएको दाबी गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: