Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एसईई परीक्षा प्रणाली लागू भएपछि प्राविधिक विषय पठनपाठन बन्द

खबरडबली संवाददाता

रामेछाप । एसईई परीक्षा प्रणाली लागू भएपछि रामेछापको सदरमुकामस्थित मन्थली माविमा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क नगरे पछि पठनपाठन बन्द भएकाे हाे  ।

एसएलसी परीक्षा हुन्जेल त्यसमा असफल हुनेहरूको रोजाइमा सीटीईभीटीको प्राविधिक विषय पर्ने गर्थ्यो । जब एसईई परीक्षा प्रणाली लागू भयो, त्यसपछि उक्त विषयमा अध्ययनको रुचि ओरालो लागेको हो । एसईईमा अधिकांश विद्यार्थी माथिल्लो कक्षा अध्ययनका लागि योग्य हुन थालेपछि प्राविधिक विषयको आकर्षण घटेको निष्कर्ष विद्यालयको छ । पहिले एसएलसीमा अनुत्तीर्ण विद्यार्थीलाई तालिम गराएर प्राविधिक एसएलसीसरहको योग्यता हुने प्रमाणपत्र दिने गरिएको थियो । त्यसलाई प्राविधिक एसएसली भन्ने गरिन्थ्यो । 

कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट निर्देशन आएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए । उनका अनुसार व्यावसायिक शिक्षा तथा तालिम परिषद्सँग सम्झौता गरी २०५९ सालदेखि विद्यालयले उक्त कक्षा सञ्चालन गर्दै आएको थियो । गत वर्ष ७ जना भर्ना भएकोमा यस वर्ष कुनै विद्यार्थी भर्ना नभकाले सधैंका लागि उक्त विषयको अध्यापन बन्द गर्न विद्यालय बाध्य भएको उनले बताए ।

विद्यालयलाई वर्षको ४० वटा कोटा अध्यापनका लागि स्वीकृति थियो ।  ४० वटा कोटाका लागि ४ सय जनाको परीक्षा आफैले लिएकाे भए पनि अहिले शून्य भएकउाे उनकाे भनाइ छ । भर्नाका लागि मन्त्री र नेताहरूको सिफारिस थेग्न हम्मे रहेकाे भएपनि अहिले ती दिन सम्झनामा मात्र रहेका प्रअ दालकाे भनाइ छ ।

प्राविधिक विषयमा १ वर्ष कक्षा र थप ६ महिना कार्यगत तालिम लिएपछि परिषद्ले सहायक चौथो तहको रोजगारीका लागि योग्य हुने प्रमाणपत्र दिने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेकाले रोजगारीको अवसर पाउने भएकाले विद्यालयले त्यसै कुरालाई प्रचार गरेर विद्यार्थीलाई आकर्षण गर्ने गर्दथ्यो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: