Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एसईई परीक्षा प्रणाली लागू भएपछि प्राविधिक विषय पठनपाठन बन्द

खबरडबली संवाददाता

रामेछाप । एसईई परीक्षा प्रणाली लागू भएपछि रामेछापको सदरमुकामस्थित मन्थली माविमा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क नगरे पछि पठनपाठन बन्द भएकाे हाे  ।

एसएलसी परीक्षा हुन्जेल त्यसमा असफल हुनेहरूको रोजाइमा सीटीईभीटीको प्राविधिक विषय पर्ने गर्थ्यो । जब एसईई परीक्षा प्रणाली लागू भयो, त्यसपछि उक्त विषयमा अध्ययनको रुचि ओरालो लागेको हो । एसईईमा अधिकांश विद्यार्थी माथिल्लो कक्षा अध्ययनका लागि योग्य हुन थालेपछि प्राविधिक विषयको आकर्षण घटेको निष्कर्ष विद्यालयको छ । पहिले एसएलसीमा अनुत्तीर्ण विद्यार्थीलाई तालिम गराएर प्राविधिक एसएलसीसरहको योग्यता हुने प्रमाणपत्र दिने गरिएको थियो । त्यसलाई प्राविधिक एसएसली भन्ने गरिन्थ्यो । 

कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट निर्देशन आएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए । उनका अनुसार व्यावसायिक शिक्षा तथा तालिम परिषद्सँग सम्झौता गरी २०५९ सालदेखि विद्यालयले उक्त कक्षा सञ्चालन गर्दै आएको थियो । गत वर्ष ७ जना भर्ना भएकोमा यस वर्ष कुनै विद्यार्थी भर्ना नभकाले सधैंका लागि उक्त विषयको अध्यापन बन्द गर्न विद्यालय बाध्य भएको उनले बताए ।

विद्यालयलाई वर्षको ४० वटा कोटा अध्यापनका लागि स्वीकृति थियो ।  ४० वटा कोटाका लागि ४ सय जनाको परीक्षा आफैले लिएकाे भए पनि अहिले शून्य भएकउाे उनकाे भनाइ छ । भर्नाका लागि मन्त्री र नेताहरूको सिफारिस थेग्न हम्मे रहेकाे भएपनि अहिले ती दिन सम्झनामा मात्र रहेका प्रअ दालकाे भनाइ छ ।

प्राविधिक विषयमा १ वर्ष कक्षा र थप ६ महिना कार्यगत तालिम लिएपछि परिषद्ले सहायक चौथो तहको रोजगारीका लागि योग्य हुने प्रमाणपत्र दिने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेकाले रोजगारीको अवसर पाउने भएकाले विद्यालयले त्यसै कुरालाई प्रचार गरेर विद्यार्थीलाई आकर्षण गर्ने गर्दथ्यो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending