Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री प्रचण्डद्धारा कांग्रेस नेता खनालकाे निधनप्रति दुख व्यक्त

खबरडबली संवाददाता

काठमाडौं  । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख एवं नेपाली कांग्रेसका नेता स्व. डिल्लीराम खनालको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । आज चावहिलस्थित सिफलमा स्वर्गीय खनालकाे परिवारलाई भेटेर प्रधानमन्त्री दाहालले समवेदना व्यक्त गर्दै स्वर्गिय खनालप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्  ।

नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनालका काका समेत रहेका नेता डिल्लीराम खनालको शनिबार राती त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । शोकाकुल खनाल परिवारप्रति समवेदना प्रकट गर्न प्रधानमन्त्री दाहालका साथमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदलगायत नेताहरु खनाल निवास सिफल पुगेका  नेपाली कांग्रेस ओखलढुंगा–काठमाडौ सम्पर्क समितिका सभापति खिलानाथ लुइटेलले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले दिवंगत खनालको तस्वीरमा माल्यार्पण गरी शोक पुस्तिका मार्फत दुख व्यक्त गरेका छन्  । उनले लेखेका छन्–‘राजनीतिज्ञ, समाजसेवी एवं जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको असामयिक निधनले दुखी बनाएको छ । दुखको यस समयमा सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । उहाँप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending