Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?

खबरडबली संवाददाता

काठमाडाैं । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए ।

सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ ।

सय वटा थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिएका छन् ।

कलाकारहरूमध्ये धेरै जसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सेयर गरे । उनीहरूले पहिलो पटक शैलुङ आउँदा निकै गर्व लागेको समेत सुनाए । स्पार्क कारको यस कार्यक्रमलाई उनीहरूले निरन्तरताको शुभकामना समेत दिए । कलाकारहरूले पहिलो पटक क्याम्पिङ टेन्टको मज्जा लिएको समेत सुनाए ।

विजय लामा, क्याप्टेन तथा कलाकार
शैलुङ निकै नै रमाउन पायौँ । यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्छ । स्पार्क कारको यस किसिमको काम आफैँमा साहसिक हो भन्ने मलाई लाग्छ ।
साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ’वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गरें । यस ठाउँका कारण स्थानीयको भविष्य उज्ज्वल बन्ने सम्भावना देखेँ । अब स्थानीय सरकारले यस ठाउँको प्रवर्द्धन र विकास गर्न सक्नुपर्छ ।

निखिल उप्रेती, एक्सन स्टार
तीर्थ त्यत्तिकै तीर्थ भएको हुँदैन । त्यहाँ जाँदा मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको हुन्छ । शैलुङ बुद्धले टेकेको ठाउँका रूपमा पनि महत्त्वपूर्ण छ । मैले यस ठाउँमा आउँदा निकै आनन्दित महसुस गरें ।

प्रेम राजा महत, लोक गायक
नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रूपमा शैलुङ रहेछ भन्ने थाहा पायौँ । शैलुङकै विशेषता समेटेर मैले गीत लेख्ने सोच बनाएको छु । यहाँबाट जता हेर्यो उतै सुन्दर लाग्छ । स्वर्गको टुक्रा नै हो जस्तो लाग्छ शैलुङ ।
यश कुमार, गायक
जहाँ जहाँ सहज तरिकाले पुग्न सम्भव छैन । नेपालको यती सुन्दर ठाउँमा सहजै गएर घुम्न सकिएको छैन, त्यसको माध्यम बनेर स्पार्क कार आउनु मेरो विचारमा यो नेपालमै पहिलो हो । यसरी २०० जना हाराहारीमा टिम बनाएर पिकनिक जस्तै सबैसँग खुसी साटासाट गरेर नजिक हुने कार्य भएको छ, जसले निरन्तरता हुनुपर्छ । समयलाई मैले जितेँ, भिटामिन नै पाएँ भन्ने फिल भएको छ । यहाँ आइसकेपछि म केही यहीँसँग सम्बन्धित रचना गर्ने वा गाउने काम गर्छु भन्ने सोच आएको छ । अब प्रकृतिसँग सम्बन्धित गीत बनाउँछु भन्ने सोच आएको छ ।

सन्दीप क्षेत्री, कमेडियन
नेचरसँग नजिक हुन पाइयो । भौगोलिक हिसाबले यो विकट ठाउँ रहेछ । केही आधारभूत चीजहरू जस्तै: शौचालय अलिक राम्रो भइदिएको भए झनै राम्रो हुने रहेछ । विभिन्न मुलुकहरूमा घुम्न गएका थियौँ । भर्जिनियाँको गुफामा एक पटक छिरेको थिएँ । गुफा प्राकृतिक नै थियो तर त्यहाँ सुविधा सम्पन्न थियो । त्यसरी एक्ससेस दिनुपर्छ । प्रकृतिलाई नै तुलना गर्ने हो भने यहाँ आधारभूत चीजहरूको विकास हुँदा कति सुन्दर हुन्थ्यो । हामीले धेरै राम्रो चिज पाएका छौँ, तर त्यसको भ्याल्यु क्रेट गर्न भने सकिरहेका छैनौँ

बुद्धि सागर, लेखक
शैलुङ बसाई निकै नै रोचक रह्यो । यस ठाउँमा पहिलो पटक आएको हुँ । काठमाडौँबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ । भुईंकुहिरो आयो, काठमाडौँमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन । यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगेँ । केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन् । यहाँको मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ । हाम्रो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखेँ, जसले खुसी दिलायो ।

राजेश घतानी, चलचित्र निर्माता, गायक तथा उद्घोषक
स्पार्कको यस किसिमको कार्यक्रममा म पहिलो पटक आएको थिएँ । धुलिखेलदेखि नै स्वागत सम्मानमा रमाउँदै आउन पाइयो । रैथाने परिकारको स्वादले हामीलाई निकै नै रोमाञ्चित बनायो । मलाई रामेछाप भन्नेवित्तिकै एकखाले आत्मीयता आउँछ । मलाई रामेछापको मन्थली जान मन छ । लामो यात्राको करिअरमा यो दुई दिने बसाईले मनमा अमिट छाप पार्यो । अविस्मरणीय बन्यो । स्पार्क टिमलाई म मुरमुरी धन्यवाद दिन चाहन्छु ।

गरिमा शर्मा, मोडेल
मेरो लागि यो ठाउँ निकै महत्त्वपूर्ण रह्यो । धेरै जनासँग चिनजान भयो, साथीहरू बनाइयो । मैले शैलुङ आउनका लागि भनेर ड्रोन किनेको थिएँ, यहाँ आएर सिक्न पाएँ । टेन्टमा सुत्नु पनि मेरो लागि नयाँ नै थियो । मलाई एकदमै मज्जा लाग्यो । स्टे वाइल्ड विथ चौँरी नामअनुसार नै हामीले अनुभव संगाल्यौँ। म घुम्न रुचाउने व्यक्ति हुँ, स्पार्कले आगामी दिनमा पनि घुम्ने काममा सम्झिन्छ भन्ने विश्वास छ ।

रिना थापा मगर, कलाकार
म एक दिन ढिला यस एडभेञ्चरमा आएको थिएँ । प्रेम राजा महत दाइसँगै आएको थिएँ । सोचेभन्दा धेरै रमाइलो भयो कार्यक्रम । एकदमै अविस्मरणीय रह्यो कार्यक्रम । धेरै प्रतिष्ठित व्यक्तिहरूसँग एकै पटक भेट्ने तथा चिन्ने अवसर मिल्यो, जुन काठमाडौँमा सम्भव थिएन । यहाँ यति धेरै संस्कृतिहरू स्थानीयहरूले बचाएर राख्नुभएको देखेँ, यसले मलाई निकै आनन्दित बनायो । हामी घुम्न जाँदा दुबई, कतार, बाली घुम्न जान्छौँ । म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, नेपालभित्रका ठाउँहरू घुमौँ, यहाँको हावापानीको आत्मीयता अन्य ठाउँमा पाइँदैन ।

कैलाश कार्की, कमेडियन
स्पार्कको पहिलो एडभेञ्चर कार्यक्रममा जान पनि मैले भ्याएको थिएँ । यसपाली पनि निकै रमाइलो भयो । आशा छ, अर्को पटक पनि म सहभागी हुन पाउँछु । एकदमै विशिष्ट मानिससँग भेट भयो, उहाँहरूले तीस, चालिस वर्षमा भोग्नुभएको कुरालाई तीन दिनमै पढ्न र बुझ्न पायौँ । यो मेरालागि निकै महत्त्वपूर्ण रह्यो । मलाई यहाँ मेरो जन्म ठाउँ सोलुखुम्बुकै याद आयो । हिउँ पर्ने ठाउँमा अहिले चिसो छ तर हिउँ परेको छैन । मलाई यसले निकै कनेक्ट गरायो, बालापन सम्झिएँ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending