Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?

खबरडबली संवाददाता

काठमाडाैं । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए ।

सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको छ ।

सय वटा थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौँरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिएका छन् ।

कलाकारहरूमध्ये धेरै जसोले आफू शैलुङमा पहिलो पटक आएको अनुभव सेयर गरे । उनीहरूले पहिलो पटक शैलुङ आउँदा निकै गर्व लागेको समेत सुनाए । स्पार्क कारको यस कार्यक्रमलाई उनीहरूले निरन्तरताको शुभकामना समेत दिए । कलाकारहरूले पहिलो पटक क्याम्पिङ टेन्टको मज्जा लिएको समेत सुनाए ।

विजय लामा, क्याप्टेन तथा कलाकार
शैलुङ निकै नै रमाउन पायौँ । यस किसिमको कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्छ । स्पार्क कारको यस किसिमको काम आफैँमा साहसिक हो भन्ने मलाई लाग्छ ।
साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ’वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत अवलोकन गरें । यस ठाउँका कारण स्थानीयको भविष्य उज्ज्वल बन्ने सम्भावना देखेँ । अब स्थानीय सरकारले यस ठाउँको प्रवर्द्धन र विकास गर्न सक्नुपर्छ ।

निखिल उप्रेती, एक्सन स्टार
तीर्थ त्यत्तिकै तीर्थ भएको हुँदैन । त्यहाँ जाँदा मानिसको शारीरिक र मानसिक रूपमा स्वस्थ हुने भएर पनि त्यस ठाउँ तीर्थस्थल बनाइएको हुन्छ । शैलुङ बुद्धले टेकेको ठाउँका रूपमा पनि महत्त्वपूर्ण छ । मैले यस ठाउँमा आउँदा निकै आनन्दित महसुस गरें ।

प्रेम राजा महत, लोक गायक
नेपालको पर्यटकीय हिसाबले निकै सुन्दर स्थानका रूपमा शैलुङ रहेछ भन्ने थाहा पायौँ । शैलुङकै विशेषता समेटेर मैले गीत लेख्ने सोच बनाएको छु । यहाँबाट जता हेर्यो उतै सुन्दर लाग्छ । स्वर्गको टुक्रा नै हो जस्तो लाग्छ शैलुङ ।
यश कुमार, गायक
जहाँ जहाँ सहज तरिकाले पुग्न सम्भव छैन । नेपालको यती सुन्दर ठाउँमा सहजै गएर घुम्न सकिएको छैन, त्यसको माध्यम बनेर स्पार्क कार आउनु मेरो विचारमा यो नेपालमै पहिलो हो । यसरी २०० जना हाराहारीमा टिम बनाएर पिकनिक जस्तै सबैसँग खुसी साटासाट गरेर नजिक हुने कार्य भएको छ, जसले निरन्तरता हुनुपर्छ । समयलाई मैले जितेँ, भिटामिन नै पाएँ भन्ने फिल भएको छ । यहाँ आइसकेपछि म केही यहीँसँग सम्बन्धित रचना गर्ने वा गाउने काम गर्छु भन्ने सोच आएको छ । अब प्रकृतिसँग सम्बन्धित गीत बनाउँछु भन्ने सोच आएको छ ।

सन्दीप क्षेत्री, कमेडियन
नेचरसँग नजिक हुन पाइयो । भौगोलिक हिसाबले यो विकट ठाउँ रहेछ । केही आधारभूत चीजहरू जस्तै: शौचालय अलिक राम्रो भइदिएको भए झनै राम्रो हुने रहेछ । विभिन्न मुलुकहरूमा घुम्न गएका थियौँ । भर्जिनियाँको गुफामा एक पटक छिरेको थिएँ । गुफा प्राकृतिक नै थियो तर त्यहाँ सुविधा सम्पन्न थियो । त्यसरी एक्ससेस दिनुपर्छ । प्रकृतिलाई नै तुलना गर्ने हो भने यहाँ आधारभूत चीजहरूको विकास हुँदा कति सुन्दर हुन्थ्यो । हामीले धेरै राम्रो चिज पाएका छौँ, तर त्यसको भ्याल्यु क्रेट गर्न भने सकिरहेका छैनौँ

बुद्धि सागर, लेखक
शैलुङ बसाई निकै नै रोचक रह्यो । यस ठाउँमा पहिलो पटक आएको हुँ । काठमाडौँबाट नजिकैको दूरीमा रहेको यो ठाउँ निकै नै विशेष रहेछ । भुईंकुहिरो आयो, काठमाडौँमा ५५,५६ सालतिर भुइँकुहिरो देखिन्थ्यो, अहिले छैन । यहाँ भुइँकुहिरो देखेपछि म नोष्टाल्जिक बन्न पुगेँ । केही न केही लेखिरहने व्यक्ति भएकाले म यहाँ देखेका कथा तथा परिवेशहरूले कहीँ न कहीँ स्थान पाउँछन् । यहाँको मानिसहरू अझै पनि पाहुनालाई भगवान मान्ने हुनुहुँदो रहेछ । हाम्रो ठाउँको प्रचार गर्नका लागि स्थानीयहरूको सामूहिकता देखेँ, जसले खुसी दिलायो ।

राजेश घतानी, चलचित्र निर्माता, गायक तथा उद्घोषक
स्पार्कको यस किसिमको कार्यक्रममा म पहिलो पटक आएको थिएँ । धुलिखेलदेखि नै स्वागत सम्मानमा रमाउँदै आउन पाइयो । रैथाने परिकारको स्वादले हामीलाई निकै नै रोमाञ्चित बनायो । मलाई रामेछाप भन्नेवित्तिकै एकखाले आत्मीयता आउँछ । मलाई रामेछापको मन्थली जान मन छ । लामो यात्राको करिअरमा यो दुई दिने बसाईले मनमा अमिट छाप पार्यो । अविस्मरणीय बन्यो । स्पार्क टिमलाई म मुरमुरी धन्यवाद दिन चाहन्छु ।

गरिमा शर्मा, मोडेल
मेरो लागि यो ठाउँ निकै महत्त्वपूर्ण रह्यो । धेरै जनासँग चिनजान भयो, साथीहरू बनाइयो । मैले शैलुङ आउनका लागि भनेर ड्रोन किनेको थिएँ, यहाँ आएर सिक्न पाएँ । टेन्टमा सुत्नु पनि मेरो लागि नयाँ नै थियो । मलाई एकदमै मज्जा लाग्यो । स्टे वाइल्ड विथ चौँरी नामअनुसार नै हामीले अनुभव संगाल्यौँ। म घुम्न रुचाउने व्यक्ति हुँ, स्पार्कले आगामी दिनमा पनि घुम्ने काममा सम्झिन्छ भन्ने विश्वास छ ।

रिना थापा मगर, कलाकार
म एक दिन ढिला यस एडभेञ्चरमा आएको थिएँ । प्रेम राजा महत दाइसँगै आएको थिएँ । सोचेभन्दा धेरै रमाइलो भयो कार्यक्रम । एकदमै अविस्मरणीय रह्यो कार्यक्रम । धेरै प्रतिष्ठित व्यक्तिहरूसँग एकै पटक भेट्ने तथा चिन्ने अवसर मिल्यो, जुन काठमाडौँमा सम्भव थिएन । यहाँ यति धेरै संस्कृतिहरू स्थानीयहरूले बचाएर राख्नुभएको देखेँ, यसले मलाई निकै आनन्दित बनायो । हामी घुम्न जाँदा दुबई, कतार, बाली घुम्न जान्छौँ । म उहाँहरूलाई आह्वान गर्न चाहन्छु, नेपालभित्रका ठाउँहरू घुमौँ, यहाँको हावापानीको आत्मीयता अन्य ठाउँमा पाइँदैन ।

कैलाश कार्की, कमेडियन
स्पार्कको पहिलो एडभेञ्चर कार्यक्रममा जान पनि मैले भ्याएको थिएँ । यसपाली पनि निकै रमाइलो भयो । आशा छ, अर्को पटक पनि म सहभागी हुन पाउँछु । एकदमै विशिष्ट मानिससँग भेट भयो, उहाँहरूले तीस, चालिस वर्षमा भोग्नुभएको कुरालाई तीन दिनमै पढ्न र बुझ्न पायौँ । यो मेरालागि निकै महत्त्वपूर्ण रह्यो । मलाई यहाँ मेरो जन्म ठाउँ सोलुखुम्बुकै याद आयो । हिउँ पर्ने ठाउँमा अहिले चिसो छ तर हिउँ परेको छैन । मलाई यसले निकै कनेक्ट गरायो, बालापन सम्झिएँ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: