नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ ९सापू० रोगका बिरामी देखा पर्न थालेका छन् ।
भरतपुर आँखा अस्पतालमा विगत १५ दिनमा छ जना सापूका बिरामी जटिल अवस्थामा आएको अस्पतालका आँखारोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले बताइन् । केही समयअघि महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगसँग झुक्किएर सापू रोगका बिरामी अस्पताल उपचारका लागि समयमा नआउँदा यसमा जटिलता थपिएको उनको भनाइ छ ।
उनले भनिन्, “हामीकहाँ आउने बिरामी पाँच दिनदेखि नौ दिनको अन्तरालमा सापूका लक्षण बोकेर आउनुभएको छ ।” आँखा रातो भएको खण्डमा यसलाई सामान्य आँखा पाकेको भनी भर परेर नबस्न डा सुवेदीको आग्रह छ ।
उनले सापूरोग साना बालबालिकाका लागि अझ घातक हुनसक्ने भन्दै बच्चा चञ्चल हुने, सरसफाइमा ध्यान नदिने, बच्चालाई सरसफाइका बारेमा बुझाउन नसकिने र बच्चाले आफ्नो आँखाको समस्याबारे बताउन नसक्ने भएकाले सानो बच्चाको दृष्टि गुम्न सक्ने खतरा बढेको औँंल्याइन् ।
डा।सुवेदीले अहिलेको समयमा अकारण दृष्टि गुमाउनबाट बच्नका लागि सापु रोगबारे जान्न अन्यन्तै आवश्यक भएको बताइन् । आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, कचेरा लाग्ने भए पनि सुरुमै दृष्टिमा कमजोरी नआउने तर सापू रोगमा भने आँखामा कचेरा वा चिप्रा नलागी आँखा रातो हुने, दृष्टि कमजोर हुने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डा सुवेदीले जानकारी दिइन् ।
उनले भनिन्, “आँखा रातो भएपछि हामी सकेसम्म छिटो आँखा उपचार केन्द्रमा उपचार गर्न गइहाल्नुपर्छ, समयमै उपचार पाउन सकेमा सापू रोग लागेका धेरैजसो बिरामीको दृष्टि बचाउन सकिन्छ ।” सापू रोगबारे नेपाल सरकारले पनि जानकारीमूलक पर्चा निकालेको अवगत गराउँदै डा सुवेदीले त्यसमा उल्लेख भएका कुराको अवलम्बन गर्न अनुरोध गरेकी छन् ।
प्राय: वर्षायामको भदौदेखि मङ्सिरसम्म यो रोग पाहडी भेगमा बढी देखिने भए पनि अहिले मौसमको परिवर्तनसँगै तराई भेगतिर पनि सर्दै गएको उनको भनाइ छ । हालसम्म सेतो पुतलीलाई सापूकोे कारक मानिएको भए पनि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा समेत यो रोग देखा परेको डा सुवेदी बताउँछिन् ।
अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको भन्दै उनले भनिन्, “यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ, म आग्रह गर्दछु हजुरहरुको आँखा रातो भएको छ भने तुरुन्तै आँखा उपचार केन्द्रमा आउनुहोला र दृष्टि बचाउने हाम्रो लक्ष्यमा सहयोग गर्नुहोला ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: