काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका डा.विजय पौडेलले पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जा समयमा नतिरेपछि कर्जा तिर्न सहकारीले ताकेता गरेको छ । सहकारीबाट लिएको कर्जा तिर्न पटक पटक तोकता गर्दासमेत नतिरेपछि ३५ दिने सूचना निकालेको हाे ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जाको समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज लगायत अन्य लेना रकम चुक्ता भुक्तानी गर्न मौखिक एवं पटक पटक लिखित जानकारी गराउँदा कर्जा चुक्ता भुक्तानी गर्न कुनै चासो नदेखाएको संस्थाले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि कर्जा सदस्यलाई ऋणकर्जा भुक्तानी गर्न ३५ दिने सूचना जारी गरेको छ ।
३५ दिन भित्र संस्थाको कार्यालय कुमारीपाटी, ललितपुरमा सम्पर्क राखी कर्जाको सम्पूर्ण साँवा, ब्याज भुक्तानी गर्न आग्रह गरेको छ । कानुन बमोजिम धितो लेखिदिएको चल अचल सम्पत्तिहरु लिलाम बिक्री गरी वा अन्य कानुनी कारबाही अवलम्बन गरी संस्थाको लेना र कम असुल उपर गरिनुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने जनाएको छ ।
कर्जा सदस्यले प्राप्त गरेको ऋणकर्जाको सुरक्षणमा व्यक्तिगत जमानी दिने र धितो बन्धक लेखिदिने व्यक्तिलाई समेत म्यादै भित्र कर्जा भुक्तानी गर्नु गराउन अनुरोध गरेको छ । अन्यथा जमानी दिनेको समेत कर्जा सूचना केन्द्रको कालो सूचिमा नाम समावेश गर्नेतर्फ कारवाही गरिने जनाएको छ । कपिलबस्तु जिल्लाको तत्कालिन गुगौली गाविस–२, नागार्जुन नगरपालिका–९, स्यूचाटारमा बस्ने पौडेलले कर्जा लिँदा रम्भा पौडेल जमानी रहेकी छिन् ।
पौडेलले कर्जा लिँदा श्रीमती रम्भा पौडेलको नाममा मालपोत कार्यालय कलंकी, काठमाडौंमा दर्ता रहेको साविकको मातातिर्थ गाविस–१ सिट नं. १(क) को कि.नं. १६१३ को ४ आना १ पैसा जग्गा धितो राखेका थिए ।
यस्तै श्रीमती रम्भा पौडेलको नाममा काठमाडौ जिल्ला साविकको स्यूचाटार गाविस–मा रहेको कित्ता नम्बर २७८१ को ३ आना २ पैसा २ दाम रहेको छ ।
पौडेल जनता टेलिभिजनका मुख्य लगानीकर्तासमेत हुन् । उनकाे संस्थामा कार्यरत पत्रकार मजदुरहरु वर्षाैदेखी तलब नपाएर पटक-पटक आन्दाेलनमा समेत उत्रेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: