काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका डा.विजय पौडेलले पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जा समयमा नतिरेपछि कर्जा तिर्न सहकारीले ताकेता गरेको छ । सहकारीबाट लिएको कर्जा तिर्न पटक पटक तोकता गर्दासमेत नतिरेपछि ३५ दिने सूचना निकालेको हाे ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जाको समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज लगायत अन्य लेना रकम चुक्ता भुक्तानी गर्न मौखिक एवं पटक पटक लिखित जानकारी गराउँदा कर्जा चुक्ता भुक्तानी गर्न कुनै चासो नदेखाएको संस्थाले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि कर्जा सदस्यलाई ऋणकर्जा भुक्तानी गर्न ३५ दिने सूचना जारी गरेको छ ।
३५ दिन भित्र संस्थाको कार्यालय कुमारीपाटी, ललितपुरमा सम्पर्क राखी कर्जाको सम्पूर्ण साँवा, ब्याज भुक्तानी गर्न आग्रह गरेको छ । कानुन बमोजिम धितो लेखिदिएको चल अचल सम्पत्तिहरु लिलाम बिक्री गरी वा अन्य कानुनी कारबाही अवलम्बन गरी संस्थाको लेना र कम असुल उपर गरिनुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने जनाएको छ ।
कर्जा सदस्यले प्राप्त गरेको ऋणकर्जाको सुरक्षणमा व्यक्तिगत जमानी दिने र धितो बन्धक लेखिदिने व्यक्तिलाई समेत म्यादै भित्र कर्जा भुक्तानी गर्नु गराउन अनुरोध गरेको छ । अन्यथा जमानी दिनेको समेत कर्जा सूचना केन्द्रको कालो सूचिमा नाम समावेश गर्नेतर्फ कारवाही गरिने जनाएको छ । कपिलबस्तु जिल्लाको तत्कालिन गुगौली गाविस–२, नागार्जुन नगरपालिका–९, स्यूचाटारमा बस्ने पौडेलले कर्जा लिँदा रम्भा पौडेल जमानी रहेकी छिन् ।
पौडेलले कर्जा लिँदा श्रीमती रम्भा पौडेलको नाममा मालपोत कार्यालय कलंकी, काठमाडौंमा दर्ता रहेको साविकको मातातिर्थ गाविस–१ सिट नं. १(क) को कि.नं. १६१३ को ४ आना १ पैसा जग्गा धितो राखेका थिए ।
यस्तै श्रीमती रम्भा पौडेलको नाममा काठमाडौ जिल्ला साविकको स्यूचाटार गाविस–मा रहेको कित्ता नम्बर २७८१ को ३ आना २ पैसा २ दाम रहेको छ ।
पौडेल जनता टेलिभिजनका मुख्य लगानीकर्तासमेत हुन् । उनकाे संस्थामा कार्यरत पत्रकार मजदुरहरु वर्षाैदेखी तलब नपाएर पटक-पटक आन्दाेलनमा समेत उत्रेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: