Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

रास्वपा सांसद पराजुलीको अनुभव- जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ

खबरडबली संवाददाता

काठमाडौं । अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गरेका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउँछन्।

विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा सचेत छन्।

केही समयअघि पूर्वीपहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सङ्खुवासभा र भोजपुरका नागरिकसँग साक्षात्कार गरेका उनले भने, “राजनीतिक दल र नेताबाट बाचाबाहेक खास अरु केही प्राप्त गर्न नसकेका आम जनतामा धेरै निराशा भएको पाएँ। कतिपय ठाउँमा त नेताहरू आउँछन्, जान्छन् भन्दै हामीलाई नै व्यङ्ग्य गरेको पाएँ।”

सांसद पराजुलीका अनुभवमा राजनीति, यसको नेतृत्व र राजनीतिक परिवेशप्रति आम नागरिकमा केही वितृष्णा बढेको छ। उनी भन्छन्, “आम नागरिकको अनुहारमा राजनीतिक दल र नेताप्रतिको अविश्वास प्रष्टै देखिन थालेको छ।” यसलाई कम गर्न सांसद पराजुली सदनमार्फत सशक्त खबरदारीका लागि सम्बन्धित क्षेत्रका सांसदसँगको संवादको तयारीमा समेत छन्।

“यतिबेला हाम्रो जिम्मेवारी आम नागरिकको आवाज सुन्ने र उहाँहरूको दैनिकीलाई कसरी सहज बनाउने भन्नेतर्फ काम गर्ने हो। जुनसुकै पार्टीका सांसद भए पनि उहाँहरूसँग सहकार्य गरी काम गर्ने हाम्रो योजना हो”, उनले भने।

उनका अनुसार केही स्थानमा उनीहरूले काम सुरु पनि गरिसकेका छन्। “हाम्रो पार्टीले मात्रै यस्ता विषय उठाउँछ भन्ने सन्देश दिनुभन्दा पनि हामी सम्बन्धित क्षेत्रका सबै विधायिकासँग सकारात्मक छलफल गरेर समस्याको निराकरणका लागि बहुपक्षीय संवाद गरिरहेका छौँ”, उनले भने।

नेता पराजुलीले आधारभूत सेवा सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको आशामा रहेको बताए। त्यही आडमा राजनीतिक नेताले आश्वासन बाँड्दै आएकाले जनता विधायिकाको भूमिकाबारे प्रष्ट हुन नसकेको उनको बुझाइ छ।

“आम नागरिकलाई विधायिकाको भूमिकाकाबारे बुझाइएकै रहेनछ”, सांसद पराजुलीले भने, “विधायिका को हो ? पालिका प्रमुख को हो ? मन्त्री को हो ? यी विषयमा चासो नराख्ने तर जसरी भए पनि आधारभूत आवश्यकता पूरा गर्दिनुपर्छ भन्ने सोच धेरैमा भएको पाएँ ।”

त्यसो त सांसदले विधायिकाको भूमिकासँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुपर्ने अवस्थाले आम नागरिकमा परेको छापलाई उनले स्वभाविकरूपमा लिएका छन्।

विसं २०५४ मा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि गृहजिल्ला खोटाङबाट काठमाडौँ आएका पराजुलीसँग तत्कालीन समयमा एउटामात्रै संकल्प थियो, शिक्षक बन्ने र गाउँ फर्कने। तर काठमाडौँले पराजुलीलाई व्यवसायी बनायो। व्यवसायीबाट सांसद बनेका शिक्षकका रूपमा होइन, जनप्रतिनिधिका रूपमा गाउँ-गाउँ पुगेका छन्।

उनी रेसाजन्य कच्चा पदार्थबाट तयारी सामग्री उत्पादन गर्ने र विश्वबजारमा निर्यात पेसामा आबद्ध भए। विसं २०७९ देखि रास्वपाको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभएका पराजुली काठमाडौँ जिल्ला क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। उनलाई त्यसअघिसम्म कहिल्यै राजनीतिमा आफ्नो भूमिका आवश्यक महसुस भएको थिएन।

“पहिले राजनीतिमा व्यवसायी जोडिनु हुुँदैन भन्ने सोच थियो। जो-जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले नै गर्नुहुन्छ भन्ने विश्वास र अपेक्षा थियो”, उनले भने, “ राजनीतिभित्रको विकृति, भ्रष्टाचारपछि अब नेताहरूलाई गाली गर्नेभन्दा पनि राजनीतिभित्रै पसेर यसको शुद्धीकरण गर्नुपर्छ भन्ने महसुस भयो।”

संसदीय अभ्यासबारे राससले राखेको जिज्ञासामा सांसद पराजुलीले आफूसँगै रास्वपाका अन्य सांसदका लागि संसदीय अभ्यास पहिलोपटक भएको जनाउँदै धेरै सिक्न बाँकी रहेको बताए। यद्यपि विधायिकाको भूमिका प्रभावकारी बनाउने हुटहुटीका बाबजुद कानुन निर्माणमा देखिएको सुस्तगतिले आफूहरू चिन्तित रहेको उनको भनाइ छ।

“पछिल्लो आठ महिनामा हामीले धेरै अनुभव प्राप्त गर्‍याैं तर त्यो पर्याप्त छैन, हामी अझै पनि सिक्ने, बुझ्ने र जान्ने प्रयासमै छौँ”, उनले भने, “पहिलो वर्षको दोस्रो अधिवेशन अन्त्य हुन लाग्दासम्म पनि विधेयकमा धेरै काम गर्न नसक्नु राम्रो अभ्यास होइन। यसले हामीलाई भित्रैदेखि पोलिरहेको छ।”

उनले कानुन निर्माणमा भइरहेको ढिलाइमा सदनसँगै सरकार जिम्मेवार रहेको बताए। “सरकार र स्थापित राजनीतिक दल, जो बहुमत लिएर बसेका छन् उनीहरूले तदारुकता नदेखाएसम्म हाम्रो सुधारका चाहना र प्रयास सफल हुन नसक्ने रहेछ”, उनले भने।

सांसद पराजुलीले सदनमा अनुभव महत्त्वपूर्ण भए पनि स्थापित राजनीतिक दलले जनताको मुद्दा प्राथमिकतामा नराखेको आरोपसमेत लगाए। उनले भने, “मुख्य राजनीतिक दलले आफ्नोे अस्तित्व बचाउने र आफ्ना पक्षका मान्छेलाई बचाउनेमै बढी ध्यान केन्द्रित गर्दा आम जनताका मुद्दा ओझेलमा परेका छन्।”

संसदीय अभ्यासमा आफू र आफ्नो पार्टीलाई प्राप्त जनविश्वासले आफूहमा आत्मविश्वास बढेको उनको अनुभव छ। “देश र विदेशमा रहेका नागरिकले रास्वपाका सांसदको भूमिका सक्रिय रहेको बताउँछननुहुन्छ। सदनको प्रत्यक्ष प्रसारणबाट हामीलाई अवलोकन गरिरहनुभएकाले रास्वपाका सांसदको प्रस्तुतिले आशावादी भएको भन्नुहुन्छ। उहाँहरूको प्रतिक्रियाले हाम्रो आत्मविश्वास बढाएको छ।”

मुलुकको अवस्था सुधारका लागि राजनीतिमा प्रवेश गरेको बताउनुहुने सांसद पराजुलीले फरक राजनीतिक दल र फरक विचारधारा भए पनि सुशासन, विकास, गरिबी निवारण, भ्रष्टाचार र बेथिति निवारणका लागि सबै पक्ष एकजुट हुनसके परिवर्तन सम्भव छ भन्नेमा पूर्णरूपमा विश्वस्त छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending