काठमाडौँ । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन् । तर उनीहरू एजेन्टबाट ठगिने गर्छन् ।
उपत्यकामा कोठा भाडामा पाउन त्यति सहज छैन । एजेन्टकै कारण अचेल कोठा खोज्न घरघरमा जानु पर्दैन । कम्पनी र व्यक्तले नै चाहिएका स्थान र मूल्यका कोठा खोजिदिन्छन् । खाली कोठा देखाएबापत कोठा खोजिदिने कम्पनीले ग्राहकसँग एक हजार रुपियाँ असुल्ने गरेका छन् । कम्पनीले सो काम स्थानीय दलाललाई सुम्पिन्छन् । दलालले थप रकम असुल्ने गरेका छन् । दलालले लिने गरेको शुल्कको बिल दिने चलन हुँदैन ।
पाल्पा रैनादेवी गाउँपालिकाका रामजी शाहीले बसुन्धारा, गोंगबु र चक्रपथ क्षेत्रमा एउटा कोठा खोज्न बिचौलियालाई पहिले तीन हजार रुपियाँ दिएको बताए । उनले भने, “एक महिना खोज्दा पनि कोठा नपाएपछि फेसबुकमा आएको नम्बरमा कोठा भाडा मिलाइदिने अफिसमा सम्पर्क गरेँ । त्यसपछि हेरेको कोठा ठिकैका रहेछन् । पहिलाको अफिसलाई हजार रुपियाँ दिनुपर्ने रहेछ । त्यसपछि कोठा देखाउने दलाललाई दुई हजार दिएपछि बल्ल कोठा पाइयो ।”
तीनकुने सुविधानगरस्थित होम रेन्टल सर्भिसका प्रमुख कमला थापाले प्रतिकोठाको एक हजार पाँच सय रुपियाँ लिने गरेको बताबताइन् । उनले भनिन्, “दैनिक २० देखि २५ जनासम्म कोठा मिलाइदिनुपर्यो भनेर आउनुहुन्छ । घरधनी पनि कोठा भाडामा लगाइदिनु पर्यो भनेर भन्न आउनुहुन्छ । रजिस्ट्रेसन शुल्क लिएपछि कोठा नपाउँदासम्म वा एक महिनासम्म काम गरिदिन्छौँ ।”
कोठाभाडा लिने र दिनेलाई सुविधा भएको घरधनीको दाबी छ । टोखा ग्रिनल्यान्डका एक घरधनीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एजेन्टलाई जिम्मा दिँदा घरभाडा दिन सजिलो भएको तर्क गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: