Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८० मंगलवार | 28th November, 2023 Tue

पाल्पामा नेपाल वडा संघ गठन

खबरडबली संवाददाता

रामपुर । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडा संघ पाल्पा शाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित संघको उपाध्यक्षद्वयमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, सहसचिव राजकुमार पन्थी, कोषाध्यक्ष इन्द्रा चिदी रहेका छन् ।

सदस्यहरूमा दामोदर पाठक, नविन्द्र थापा सोती, निरबहादुर सारु, ईश्वर काफ्ले, युगबहादुर ठाडा, ओमप्रकाश गैरे, सागरमान महर्जन, चिरञ्जीवी पोखरेल, यादव अर्याल, गोविन्द रायमाझी रहेका छन् । भेलाले वडा कार्यालय जनताको नजिकको कार्यालय भएको जनाउँदै शुक्रबार वडा संघ गठन गरेको हो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । 

भेलाले वडा कार्यालयमा परेका राजनीतिक, कानुनी र सार्वजनिक समस्यालाई एकताबद्धरुपले समाधान गर्ने र देशभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठितरुपले आवाज उठाउन अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ ।

नवनिर्वाचित वडा संघका अध्यक्ष अर्यालले देशैभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठित हुन अभियानको सुरुआत पाल्पाबाट गरिएको बताए । भेलाले स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गरेर वडालाई आर्थिक अधिकार सम्पन्न बनाउन माग समेत गरेको छ । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनआरएनए निर्वाचन धाँधली भएको आरोप, फेरि गर्न माग

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधल...

नेवार समुदायप्रतिको टिप्पणीमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर, यस्तो छ सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले सिंहलाई दो...

भूकम्पपीडितको अस्थायी आवासका लागि रकम निकासा

रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्...

साना उद्योगलाई कृषि क्षेत्रलाई जस्तै प्राथमिकता दिन जरुरी

काठमाडौँ । आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षे...

भूकम्पपीडितका लागि एक हप्ताभित्र ३० हजार अस्थायी बासस्थान बनाउनुपर्छ: शर्मा

रुकुम । पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएको छन् । दिन प्रतिदिन चिसो...

सेयर बजार २.१७ अंकले घट्यो

काठमाडौं। सेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन २९० वटा कम्पनीको ४७ ह...

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको ज...

नारायणी किनारमा महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

चितवन । नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद...

बराइँसराइको समस्या विकराल : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई सम...

लम्पी स्किनबाट पीडित किसानलाई प्रति पशु दश हजार राहत

तनहुँ । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ ।  गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies