Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उत्तर कोरियाद्वारा संविधानमा आफूलाई आणविक शक्तिको दाबी

खबरडबली संवाददाता

कोरिया । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक शक्तिको हैसियतलाई समावेश गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

आणविक हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरूको चेतावनीलाई बेवास्ता गर्दै यस वर्ष उल्लेख्य सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

प्योङयाङलाई आफ्नो आणविक शस्त्रागार त्याग्न राजी गराउने कूटनीतिक प्रयास असफल भयो र गत वर्ष किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेपछि संवैधानिक परिवर्तन आएको थियो ।

उत्तर कोरियाली नेता किमले स्टेट पिपुल्स एसेम्बलीको बैठकमा भने, “उत्तर कोरियाको ‘आणविक शक्ति निर्माण नीतिलाई राज्यको आधारभूत कानूनको रूपमा स्थायी गरिएको छ, जसलाई कसैले पनि उल्लङ्घन गर्न अनुमति छैन’।” 

उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अस्तित्वको खतराको सामना गर्न आणविक हतियारको आवश्यकता रहेको उनले बताए। 

उनले भने, “संयुक्त राज्य अमेरिकाले स्पष्ट आक्रामक प्रकृतिका साथ ठूलो मात्रामा आणविक युद्ध संयुक्त अभ्यासहरू पुन: सुरु गरेर र कोरियाली प्रायद्वीपको नजिक आफ्नो रणनीतिक आणविक सम्पत्तिको तैनाथीलाई स्थायी रूपमा राखेर हाम्रो गणतन्त्रको लागि आफ्नो आणविक युद्धको खतरालाई अधिकतम बनाएको छ ।

किमले वासिङ्टन, सियोल र टोकियोबीच हालै बढाइएको सुरक्षा सहयोगलाई ‘सबैभन्दा खराब वास्तविक खतरा’ को संज्ञा दिएका छन् । उनले थपे, “फलस्वरूप, उत्तर कोरियाका लागि रणनीतिक प्रतिरोधको निश्चित किनारा समात्न आणविक हतियारको आधुनिकीकरणलाई गति दिनु धेरै महत्वपूर्ण छ ।”

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले आणविक हतियारको उत्पादनलाई तीव्र गतिमा बढाउने र आणविक आक्रमणका साधनलाई विविधीकरण गर्ने कामलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिए । 

तर, छिमेकी मुलुक जापानले भने उत्तर कोरियाको आणविक हतियार कार्यक्रम ‘पूर्णतया अस्वीकार्य’ भएको बताएको छ ।

“उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र विकासले हाम्रो देश र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको छ,” जापानी मन्त्रीपरिषद्का मुख्यसचिव हिरोकाजु मात्सुनोले बिहीबार उत्तर कोरियाको संवैधानिक परिवर्तनबारे दिएको प्रतिक्रियामा भने । 

उनले भने, “हामी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र बाँकी अन्तर्राष्ट्रिय समुदायसँग संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रस्तावहरूको पूर्ण कार्यान्वयन र उत्तर कोरियाको पूर्ण परमाणु नि:शस्त्रीकरणको लागि सहयोग गर्नेछौं ।”

उत्तर कोरियाको आणविक हैसियत संविधानमा उल्लेख भएसँगै उत्तर कोरियाको नेतृत्वलाई आणविक हतियार त्याग्न राजी गराउने सम्भावना क्षीण हुँदै गएको विज्ञहरूले बताएका छन् ।

“किमको भाषणबारे सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका अध्यक्ष याङ मुन जिनले एएफपीसँग भने, “यो उहाँको आणविक शक्तिको स्थायित्वको प्रतीक हो ।”

यसले उत्तर कोरियाको आणविक नि:शस्त्रीकरणको सम्भावनालाई अझ टाढा धकेल्छ ।

उत्तर कोरियाले यस वर्ष अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको र यसलाई उत्तर कोरियाली सेनाले ‘रणनीतिक आणविक कार्यक्रम’को रूपमा व्यख्या गरेको छ । रेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । 

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending