Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

थाईल्यान्डमा राजतन्त्रको आलोचना गर्न किन पाइँदैन ?

खबरडबली संवाददाता

काठमाडौं । थाईल्यान्डमा लीज-म्याजस्टी कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।राजतन्त्रको संरक्षणका लागि बनाइएको कानुनलाई विश्वकै कठोर कानुनमध्ये मानिन्छ।

सन् २०१४ मा राजतन्त्रलाई समर्थन गर्ने थाई सेनाले कू गरेर देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उक्त कानुनको कार्यान्वयन अझ धेरै हुन थालेको छ। उक्त कानुनअन्तर्गत थाईल्यान्डका प्रभावशाली राजनीतिक अभियानकर्मी आनोन नाम्पालाई भर्खरै चार वर्षको जेल सजाय सुनाइएको छ।

सन् २०२० को अक्टोबर महिनामा भएको प्रदर्शनका क्रममा नाम्पाले गरेको टिप्पणीका कारण ब्याङ्ककस्थित एक अदालतले उनलाई दोषी ठहर गरेको हो।

कानुनमा व्यवस्था 

थाईल्यान्डको दण्ड संहिताको धारा ११२ लाई लीज-म्याजस्टी कानुन पनि भनिन्छ। "जसले राजा, रानी, राजगद्दीको उत्तराधिकारी वा राज्यसहायकको अपमान वा बदनाम गर्छ वा धम्की दिन्छ उसलाई तीनदेखि १५ वर्षसम्म जेल सजाय हुने छ," उक्त धारामा उल्लेख छ।

सन् १९०८ मा बनेको देशको पहिलो फौजदारी संहितामा खासै परिवर्तन गरिएको छैन। तर दण्डको व्यवस्थालाई सन् १९७६ मा कडा बनाइएको थियो। के गर्दा राजतन्त्रको अपमान हुन्छ भन्ने व्याख्या गरिएको छैन। स्पष्ट व्याख्याको अभावमा अधिकारीहरूले कानुनको व्याख्या आफूखुसी गर्न सक्ने आलोचकहरूले बताउने गरेका छन्।

लीज-म्याजस्टीसँग सम्बन्धित उजुरी जसले जोसुकैविरुद्ध पनि दिन सक्छ। उजुरी परेको छ भने प्रहरीले अनिवार्य त्यसबारे अनुसन्धान गर्नुपर्छ। त्यस्तो उजुरीको आधारमा पक्राउ परेका मानिसलाई जमानतमा रिहा गर्न अस्वीकार गर्न पनि सकिन्छ। संयुक्त राष्ट्रसङ्घका अनुसार केही मानिसलाई सुनुवाइ सुरु हुनुअघि लामो समय हिरासतमा राखिएको छ।

सन् २०२३ को मार्च महिनामा एक १५ वर्षीया किशोरीलाई त्यसैगरी मुद्दाको सुनुवाइ हुनुअघि अनुसन्धानका क्रममा लामो समय थुनामा राखिएको थियो। विद्यालयमा अध्ययनरत ती छात्रा एउटा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकी थिइन् र लीज-म्याजस्टी कानुन हटाइनुपर्ने माग गरेकी थिइन्।

यो कानुन किन महत्त्वपूर्ण छ?

सेनाको समर्थनप्राप्त सरकारले यस्तो कानुनको प्रयोगबाट अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाएको आलोचकहरूको दाबी छ। संयुक्त राष्ट्रसङ्घले बारम्बार उक्त कानुनी व्यवस्थालाई परिमार्जन गर्न आह्वान गर्दै आएको छ।

तर सरकारले भने राजतन्त्रको रक्षा गर्न उक्त कानुन आवश्यक रहेको जनाएको छ। लामो समयदेखि थाईल्यान्डमा शासन गरेका राजा पुमिपोन अडुन्युडेटको सन् २०१६ मा निधन भएपछि अहिलेका राजा महा वाचिरालोङ्कोर्नले राज्यारोहण गरेका हुन्।

थाईल्यान्डमा राजा औपचारिक रूपमा राजनीतिभन्दा माथि छन्। अन्य संवैधानिक राजतन्त्रमा जस्तै उनले सार्वजनिक रूपमा धेरै हदसम्म आलङ्कारिक भूमिका निर्वाह गर्छन्। तर थाई राजसंस्था विश्वकै अतिधनीमध्ये एउटा हो। व्यावहारमा राजसंस्थाले सत्ताको राम्रो अभ्यास पनि गर्न सक्छ।

सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको तात्कालिक सरकारविरुद्ध विद्यार्थीहरूले गरेको प्रदर्शनका बेला आनोन नाम्पा एकाएक चर्चामा आए। बृहत्तर सुधारको आह्वान गर्दै उनले राजतन्त्र पनि त्यसमा पर्नुपर्ने माग गरेका थिए।

सन् २०२० मा विरोधप्रदर्शन नहुँदासम्म राजाको अनुरोधमा लीज-म्याजस्टी कानुनको कार्यान्वयन दुई वर्षका लागि स्थगित गरिएको थियो। राजावादीहरूले त्यस्तो मुद्दाले राजतन्त्रको छविमा असर पुर्‍याउने बुझेका थिए।

तर केही प्रदर्शनकारीले राजपरिवारको आलोचना मात्र नभएर अनादर पनि गर्न थालेपछि उक्त कानुन फेरि कार्यान्वयन गर्नुपर्ने अवस्था सिर्जना भयो। सन् २०२० यता २५७ जनाविरुद्ध लीज-म्याजस्टी कानुनअन्तर्गत मुद्दा चलाइयो। त्यो सङ्ख्या थाईल्यान्डमा त्यस्तो अभियोग लगाइएको अहिलेसम्मकै सर्वाधिक हो।

राजनीतिक सन्दर्भ के हो?

थाईल्यान्डको प्रगतिशील मूभ फर्वर्ड पार्टी सन् २०२३ को मे महिनामा भएको संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो। उक्त पार्टीले लीज-म्याजस्टी कानुन संशोधन गर्ने वाचा गरेको थियो।

त्यति बेला संसद्‍मा मूभ फर्वड पार्टी नेतृत्वको तात्कालिक गठबन्धनको स्पष्ट बहुमत भए पनि सेनाले नियुक्त गर्ने माथिल्लो सदन सिनेटले उक्त पार्टीलाई त्यही मागका कारणले सरकार गठन गर्न दिएन।

धेरै सिनेटरहरू कानुनमा परिवर्तन गर्ने प्रस्ताव मात्रैले पनि थाई राजतन्त्रको गरिमा जोखिममा पर्ने तर्क गर्दै त्यसलाई अनुमति दिन नहुने पक्षमा उभिएका थिए।

परिणामस्वरूप निवर्तमान सरकारमा भएका परम्परावादी पार्टीहरूले एउटा  वैकल्पिक गठबन्धन बनाए। अब राजतन्त्रबारे हुने बहसलाई झन् कडा रूपमा निरुत्साहित गरिने निश्चित छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending