Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सहयोग गर्छ: राजदूत पार्क

खबरडबली संवाददाता

काठमाडौँ । नेपालका लागि  दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज साँझ राजधानीमा आयोजित कोरियाको राष्ट्रिय दिवस कार्यक्रममा राजदूत तेयोङले अल्पविकसित राष्ट्रबाट उठ्ने तयारीमा रहेका नेपालका लागि कोयिा सधैँ साझेदार रहने बताए । 

कोरिया–नेपाल सम्बन्ध दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएयता सधैँ सुमधुर रहेको चर्चा गर्दै रोजगारी अनुमति पद्धति ९इपिएस०मा आबद्ध १६ देशमध्ये नेपाल यो वर्ष पहिलो नम्बरमा पुगेको बताए । उनले भने, “यो वर्ष २० हजार नेपालीलाई कोरियामा काम गर्ने अवसर प्रदान गरिएको छ ।”

नेपाली कामदारलाई कोरियालीसरह सुविधा प्रदान गरिएको जानकारी दिँदै कोरियाली राजदूतले दुई देश भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेका बताए । “हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि वर्षेनी ३० हजार कोरियन नेपाल आउँछन्,” उनले भने ।

विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको जानकारी दिँदै कोरियाली राजदूतले बितेका ३० वर्षमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको बताए । 

कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५० औँ वर्षमा प्रवेश गर्ने जानकारी दिँदै राजदूत तेयोङले गत साता संयुक्त राष्ट्रसङ्को ७८ औँ महासभाका क्रममा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच न्यूयोर्कमा द्विपक्षीय वार्ता भएको बताए । त्यसबेला पनि उहाँहरूले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव स्मरणीय बनाउने तथा पारस्परिक सहयोगका दायरालाई अझ सघन बनाउनेबारेमा छलफल गर्नुभएको जानकारी राजदूत तेयोङले दिए । 

कोरियाली राजदूतका अनुसार हालसम्म कोरियामा करिब दुई हजार नेपालीलाई डिग्री वा तालिमको अवसर प्रदान गरेको छ । कोरिया नेपालको लागि चौथो ठूलो विदेशी लगानीकर्ता हो । सामसङ इलेक्ट्रोनिक्सले गत अप्रिलदेखि अत्याधुनिक टिभी कारखाना सञ्चालन गर्दै आएको छ । नेपाली कम्पनीले हुन्डाई मोटर्ससँगको साझेदारीमा आगामी वर्षको पहिलो छ महिनामा नेपालको पहिलो अटोमोबाइल उत्पादन नवलपलासीमा सुरु गर्ने तयारी गरिरहेको छ । 

कोरियन विग कम्पनी मान्डुमोले यहाँ लगानी गरी छ सय ८० नेपाली महिलालाई काममा लगाएको कोरियाली राजदूतले जानकारी दिए । “कोरियाली कम्पनीहरूले थप लगानी आकर्षित गर्न नेपालसँग द्विपक्षीय लगानी सन्धि आवश्यक छ । हामी त्यसमा काम गरिरहेका छौँ”, उनले भने । 

दक्षिण कोरियाले नेपालमा तेस्रो जलविद्युत प्लान्ट निर्माण गर्ने प्रक्रियामा रहेको उल्लेख गर्दै कोरियाली राजदूत तेयोङले कोरियाली सरकार र कम्पनीहरूले सन् २००० मा मोदीखोला जलविद्युत आयोजना र २०१८ मा चमेलिया जलविद्युत आयोजना सम्पन्न गरेको बताए । दुई १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना सन् २०२७ मा सञ्चालनका लागि निर्माणाधीन रहेको उनले जानकारी दिए । राजदूत तेयोङले भने, “नेपालको जलविद्युत विकास सम्भावनालाई साकार पार्न कोरियाले सहकार्य गरिरहनेछ ।”

समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी र  नेपाल सरकारको वरिष्ठ अधिकारी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । सोही समारोहमा नेपाल र कोरियाको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending