Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सहयोग गर्छ: राजदूत पार्क

खबरडबली संवाददाता

काठमाडौँ । नेपालका लागि  दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज साँझ राजधानीमा आयोजित कोरियाको राष्ट्रिय दिवस कार्यक्रममा राजदूत तेयोङले अल्पविकसित राष्ट्रबाट उठ्ने तयारीमा रहेका नेपालका लागि कोयिा सधैँ साझेदार रहने बताए । 

कोरिया–नेपाल सम्बन्ध दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएयता सधैँ सुमधुर रहेको चर्चा गर्दै रोजगारी अनुमति पद्धति ९इपिएस०मा आबद्ध १६ देशमध्ये नेपाल यो वर्ष पहिलो नम्बरमा पुगेको बताए । उनले भने, “यो वर्ष २० हजार नेपालीलाई कोरियामा काम गर्ने अवसर प्रदान गरिएको छ ।”

नेपाली कामदारलाई कोरियालीसरह सुविधा प्रदान गरिएको जानकारी दिँदै कोरियाली राजदूतले दुई देश भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेका बताए । “हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि वर्षेनी ३० हजार कोरियन नेपाल आउँछन्,” उनले भने ।

विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको जानकारी दिँदै कोरियाली राजदूतले बितेका ३० वर्षमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको बताए । 

कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५० औँ वर्षमा प्रवेश गर्ने जानकारी दिँदै राजदूत तेयोङले गत साता संयुक्त राष्ट्रसङ्को ७८ औँ महासभाका क्रममा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच न्यूयोर्कमा द्विपक्षीय वार्ता भएको बताए । त्यसबेला पनि उहाँहरूले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव स्मरणीय बनाउने तथा पारस्परिक सहयोगका दायरालाई अझ सघन बनाउनेबारेमा छलफल गर्नुभएको जानकारी राजदूत तेयोङले दिए । 

कोरियाली राजदूतका अनुसार हालसम्म कोरियामा करिब दुई हजार नेपालीलाई डिग्री वा तालिमको अवसर प्रदान गरेको छ । कोरिया नेपालको लागि चौथो ठूलो विदेशी लगानीकर्ता हो । सामसङ इलेक्ट्रोनिक्सले गत अप्रिलदेखि अत्याधुनिक टिभी कारखाना सञ्चालन गर्दै आएको छ । नेपाली कम्पनीले हुन्डाई मोटर्ससँगको साझेदारीमा आगामी वर्षको पहिलो छ महिनामा नेपालको पहिलो अटोमोबाइल उत्पादन नवलपलासीमा सुरु गर्ने तयारी गरिरहेको छ । 

कोरियन विग कम्पनी मान्डुमोले यहाँ लगानी गरी छ सय ८० नेपाली महिलालाई काममा लगाएको कोरियाली राजदूतले जानकारी दिए । “कोरियाली कम्पनीहरूले थप लगानी आकर्षित गर्न नेपालसँग द्विपक्षीय लगानी सन्धि आवश्यक छ । हामी त्यसमा काम गरिरहेका छौँ”, उनले भने । 

दक्षिण कोरियाले नेपालमा तेस्रो जलविद्युत प्लान्ट निर्माण गर्ने प्रक्रियामा रहेको उल्लेख गर्दै कोरियाली राजदूत तेयोङले कोरियाली सरकार र कम्पनीहरूले सन् २००० मा मोदीखोला जलविद्युत आयोजना र २०१८ मा चमेलिया जलविद्युत आयोजना सम्पन्न गरेको बताए । दुई १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना सन् २०२७ मा सञ्चालनका लागि निर्माणाधीन रहेको उनले जानकारी दिए । राजदूत तेयोङले भने, “नेपालको जलविद्युत विकास सम्भावनालाई साकार पार्न कोरियाले सहकार्य गरिरहनेछ ।”

समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी र  नेपाल सरकारको वरिष्ठ अधिकारी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । सोही समारोहमा नेपाल र कोरियाको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending