Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

खबरडबली संवाददाता

कास्की ।  पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले पहिलोपटक सङ्घीय मन्त्रिपरिषद्लाई पत्राचार गरेको थियो । त्यसयता गठित कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका पालामा पनि सो प्रस्ताव सङ्घीय सरकारमा पुगेको थियो ।  

पोखरा महानगपालिकाका प्रमुख धनराज आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउन सङ्घीय सरकारलाई प्रस्ताव गर्ने बताएका थिए । पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौं भइसकेको बताएका छन् ।

गत वर्ष पोखरा आएका बेला तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढेको बताएका थिए। तर अहिलेसम्म उक्त प्रस्ताव सङ्घीय मन्त्रिपरिषद्मा पुग्न सकेको छैन । पोखरा कहिले पर्यटकीय राजधानी घोषणा हुन्छ रु कुनै टुङ्गो छैन । 

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकीय राजधानी घोषणाका लागि प्रदेश आफैँ पनि सक्षम र तम्तयार रहनुपर्ने बताए । “सङ्घीय सरकारलाई पनि झक्झाउने र हाम्रो तयारीलाई पनि अगाडि बढाउनुपर्छ”, उनले भने, “यसलाई चर्चाको विषय मात्र बनाउनुहुँदैन, सङ्घीय सरकारले नमाने दबाबका लागि प्रदेश आफैँले भएपनि घोषणा गर्नुपर्छ ।”

मन्त्री थापाले नीति तथा कार्यक्रममा प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा पर्यटनलाई किटान गरिएको भए पनि सोही अनुसार बजेटको प्राथमिकता पर्न नसकेको उल्लेख गरे । “पर्यटनमा नीति, कार्यक्रम र बजेटको तालमेल मिल्न सकेको छैन, यसलाई आगामी बजेटमा सच्याउनुपर्छ भनेर मन्त्रिपरिषद्मा मैले कुरा उठाएको छु”, उनले भने, “प्रदेश राजधानी पोखरालाई पर्यटनको पनि राजधानी बनाउने हो भने त्यही अनुसारको स्रोतसाधन र लगानी चाहिन्छ, पूर्वाधार थप्नुपर्छ ।”

पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्नेमा मन्त्री थापाले जोड दिए। “पोखरा देशकै मुख्य पर्यटकीय गन्तव्य हो, पर्यटनबाटै अन्तरराष्ट्रियस्तरमा चिनिएको सहर पनि हो”, उनले भने, “पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा सङ्घीय सरकारले पनि सहमति दिनुपर्छ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटकीय गन्तव्य रहेकाले राजधानी घोषणाको माग गरिएको बताए । “पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन”, उनले भने, “पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा यसले दुरगामी महत्व राख्छ ।”

पर्यटकीय राजधानीको ओज र गरिमा धान्न पोखरा सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य पोखरा आसपासमै रहेको उनले सुनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका खोल्न सके पोखरासँगै सिङ्गो गण्डकी प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

“कोरला नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्छ, उक्त नाका खुलेमा व्यापार र पर्यटनबाट नेपालले फाइदा लिन सक्छ”, उनले भने, “कैलाश मानसरोवर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ ।” अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्ने गरेका उनले बताए ।

अध्यक्ष श्रेष्ठले पोखरामात्र नभएर प्रदेशका अरू जिल्लाको पर्यटन प्रवद्र्धनमा हातेमालो गर्न पोखरेली पर्यटन व्यवसायीहरु तयार रहेको बताए । उनका अनुसार साधारणदेखि पाँच तारेसम्म गरी झन्डै एक हजार दुई सय होटल पोखरामा सञ्चालित छन् । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका पूर्वप्रमुख काशीराज भण्डारीले पर्यटकीय गतिविधि, सहज पहुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने बताए । पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्थापित गर्न चाहिने मापदण्ड प्रयाप्त पुग्ने उनको दाबी थियो ।   

“हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल लगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन्”, भण्डारीले भने, “उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा भरिपूर्ण छ ।”

उनका अनुसार परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास ९होमस्टे०, सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा रहेका उनले जानकारी दिए । 

हवाई र सडक दुर्व मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा रहेको बताउँदै पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतका यातायात सेवा उपलब्ध रहेका नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बताए । उनका अनुसार यहाँ बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टरका साथै सङ्कटमा परेमा पर्यटकको उद्धार र राहतका लागि हेलिकोप्ट सेवा सञ्चालित छन् । 

पर्यटनका यिनै प्रचुरताका कारणले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको त्रिपाठीको भनाइ थियो । पर्यटन व्यवसाय आतिथ्य सत्कारसँग जोडिएकाले दक्ष मानव संसाधनको विकास गर्नुपर्नेमा उनले जोड दिए । 

“हाम्रा गन्तव्य स्थलहरु कति पर्यटनमैत्री र सुरक्षित छन् भन्ने विषय महत्वपूर्ण हुन्छ, पर्यटनमा रुपान्तरणकारी योजना ल्याउनुपर्छ, सरकारले लगानी बढाउनुपर्‍यो, पर्यटनमैत्री नीति पनि चाहियो”, त्रिपाठीले भने, “समृद्धिको आधार भनेर घोषणमात्र गरेर हुँदैन त्यही अनुसारको कार्यक्रम ल्याउनुपर्छ ।”

“पोखरा जसरी विश्व पर्यटन बजारमा चिनिँदै गएको छ, गण्डकीका अरू पर्यटकीय गन्तव्यलाई पनि ब्रान्डिङ गर्नु जरुरी छ”, उनले भने, “राज्यका निकाय, निजी क्षेत्र र समुदायको यसमा पहल चाहिन्छ ।” उनले पर्यटनका लागि पूर्वाधार र प्रवद्र्धन नै महत्वपूर्ण हुने बताए ।

कोभिड–१९ महामारीअघि नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगटेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: