Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

नयाँ खिम्ती सबस्टेसनको क्षमता बढ्यो, विद्युत् खेर नजाने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिबृद्धि भई ३०० एमभिए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गर्ज्याङ )–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता बृद्धि गरिएको हो ।

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो ।

तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रवाह हुन सकिरहेको थिएन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर  सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरुले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए । नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखू करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् अल्पकालिन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजनाहरु आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ ।’

तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रुपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । प्रमुख गौतमले सबस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गरे । स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ ।

२२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले १०० एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माडी नदीमा डुबेर सडक मजदुरको मृत्यु

प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...

२५ दिनमै अनुसन्धान सक्न गाह्रो: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...

एमाले–नेकपाबीच सहकार्यको सघन छलफल, ओलीलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...

धनकुटामा भ्यू टावरदेखि पार्कसम्म, पर्यटकको खडेरी

धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...

काठमाडौंबाट कपिलवस्तु पुगेर सुन ठगी, दुई पाकिस्तानी महिला पक्राउ

काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...

तिंकर सडक कुर्दै व्यासको बेचैनी

धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...

आज मातातीर्थ औँसी, श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...

१८ वर्षअघि बेपत्ता भएका छोरा फेसबुक भिडियोमा भेटिए

कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending