काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तर पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्यरुपमा लिनुपर्ने हुन्छ ।
पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि पुस्तकलाई विश्व बजारमा किनबेच गर्न सकिन्छ । आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुने केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले बताए ।
सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थियो भने २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबिएनको शुभारम्भ गरेका थिए । त्यतिबेला इन्टरनेसनल स्ट्यान्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा रहेकामा हाल बेलायतको लन्डनमा रहेको छ । सो कार्यालयले आइएसबिएन वितरणको जिम्मा नेपालमा भने त्रिवि केन्द्रीय पुस्तकालयलाई प्रदान गरेको छ ।
पुस्तकहरुलाई प्रदान गरिने अन्तरराष्ट्रिय मानक पहिचान नि:शुल्क नै दिने सो कार्यालयको प्रावधान रहे पनि नेपालमा भने शुल्क लिने गरिएको र त्यसवापत जम्मा हुने रकमको सदुपयोग नभएको नेपाल पुस्तक सङ्घले दाबी गरेको छ ।
यसमा छानबिन गरी आइएसबिएनबापत उठाइने रकमको नियमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, त्रिवि उपकुलपतिको कार्यालय, केन्द्रीय पुस्तकालयलगायत विभिन्न निकायसमक्ष ज्ञापनपत्र बुझाएको छ । यसरी लिने गरिएको रकमको कुनै अभिलेख नभएको र अमुक संस्थासँग मिली भागबन्डाका रुपमा प्रयोग गर्ने गरिएको ज्ञापनपत्रमा उल्लेख छ । केन्द्रीय पुस्तकालयले सुरुमा रु २५ बाट सुरु भएर हाल रु तीन सय लिने गरेको छ ।
पुस्तकलाई दिइने यस्तो नम्बर विश्वव्यापीरुपमा मेसिनद्धारा पुस्तक पहिचान गरी प्रयोग गर्ने उद्देश्यले बनाइएको हो, तर व्यवहारमा भने त्यसो भएको पाइएको छैन । नेपाली प्रकाशक तथा लेखकहरुलाई नि:शुल्क दिनुपर्ने उक्त आइएसबिएन वापत रकम लिएर गर्ने गरेको भए पनि उपयुक्त ढङ्गबाट त्यसको दर्ता भएको पाइएको छैन । क्रमाङ्क नम्बर वितरण पद्धतिलाई सूचना प्रविधिको माध्यमबाट व्यवस्थित नगरी झारा टार्ने काम मात्र गरिनुले सम्पूर्ण नेपाली प्रकाशक तथा लेखकहरुमाथि अन्याय भएको सङ्घका महासचिव महेन्द्र सिवाकोटीले बताए । नेपाली नागरिकले बुझाएको रकम सरकारी कोषमा दाखिला हुनुपर्नेमा त्यसो नगरी भागवण्डामा दुरुपयोग भएको हुँदा यसको तत्काल निस्पक्ष छानबिन गरी दोषीलाई कारवाही हुनुपर्ने, त्यसो नभएमा अदालतमार्फत कानूनी उपचार खोजिने उनको भनाइ छ ।
हालसम्म उक्त क्रमाङ्कबापत उठेको लगभग एक करोड साठी लाख रुपैयाँबाट प्रकाशक र लेखकहरुबाट उपलब्ध गराएका पुस्तकहरुको छुट्टै पुस्तकालय स्थापना गर्नुपर्ने र त्यसका लागि आवश्यक भौतिक संरचना र सामग्री किन्ने भनिए पनि हालसम्म त्यस्तो कुनै पनि काम भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यता पुस्तकालयका निमित्त प्रमुख सुवेदीले भने आइएसबिएनबापत उठेको रकममा कुनै हिनामिना नभएको, पारदर्शी ढङ्गबाट हिसाब राखिएको र निश्चित प्रक्रियाअनुसार नै खर्च हुने हुँदा अनियमित नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...
फाल्गुन ३० गते, २०८२ - १२:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...
फाल्गुन ३० गते, २०८२ - १२:०१
गुल्मी। गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अ...
फाल्गुन ३० गते, २०८२ - ११:४०
घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...


प्रतिकृया लेख्नुहोस्: