Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

खबरडबली संवाददाता

कास्की । विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो । ढुङ्गेनी गाउँले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरूलाई एक रात त्यहीँ बस्न मन चाहन्थे । तर, घान्द्रुकमा त्यो समय होटल, रेष्टुरेण्ट थिएन । 

गाउँमा अङ्ग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो । सोही समय पर्यटकको सारथि बने, घान्द्रुकका शङ्करमान गुरुङ । विसं २०२६ मा उनले घान्द्रुककै मेश्रम वराह विद्यालयमा भर्खर–भर्खर पढाउन थालेका थिए । अङ्ग्रेजी विषय पढाउने उनलाई भाषा नआउने कुरै भएन । 

विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ देखाउने काम उनले नै गरे। त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ नामको होटलमात्र थियो । फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो । केहीलाई बास पाउनै मुस्किल । अन्तत: शङ्करमान आफैँले घरमा पाहुना राख्ने निधो गरे । 

समयक्रमैसँगै जन्मिएको थियो, उनको होटल मिलन । “चार बजे छुट्टी भएर घर फर्किँदा विदेशी पर्यटन बाटोमा भेटिन्थ्यो”, शङ्करमान २०२६ सालतिको कुरा सम्झिए, “उनीहरूले यहाँ लजिङ फुडिङबारे सोध्थे । त्यो बेला यहाँ फिस्टेलबाहेक अरु होटल थिएनन् । त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे ।”

घरमै सेवा दिँदा सुरुमा त आफूले सित्तैमा राखेको उनी सम्झन्छन् । “हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो । त्यो बेला पैसा लिने चलन थिएन”, उनले भने, “बिहान टे«किङ जाने बेला कति हो, के हो भनेर सोध्थे । हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थेँ । उहाँहरू आफैँले अलि–अलि पैसा छाडेर जान्थे । अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो ।”

होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उनले सम्झिए । “कूल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे”, शङ्करमानले भने, “मैले वास्ता गरिनँ । होटल सञ्चालन थाले । अहिलेचाहिँ सबैले मेरो कपी गरेका छन् ।”

त्यो समय एक सुका कप चिया । साढे ३ रुपैयाँमा खाना । बास सित्तैमा थियो । घान्द्रुकका होटल व्यवसायी शङ्करमान गुरुङले पनि यो ‘रेट’ लिने गर्थे । सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ । तर शङ्करमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ ।

सन् १९५० जुन ३ अर्थात् २००७ जेठ २१ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि त अन्नपूर्ण पदमार्गले चर्चा पायो । पर्यटकीय गाउँ घान्द्रुक पुन: आकर्षणको केन्द्र बन्न थाल्यो । “गोराहरूको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो । तर एक रात घान्द्रुक बसेर उकालो चढ्थे”, शङ्करमानले भने, “त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन । पोखराबाट नै टुरिस्ट आउँथे । उनीहरूलाई होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो ।”

घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो । तर शङ्करमानले होटल मिलनबाट पाहुनाको सेवा गरिरहे । उनले पाहुनालाई साथीको व्यवहार गरे । सोही कारण पनि उनको पर्यटकसँग पुरानो सम्बन्ध छ । एकपटक आएका पाहुना फर्की–फर्की आउने गरेको शङ्करमान बताउँछन् । उनले भने, “होटलका कारण विदेशी पर्यटक साथी बने । मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन् । सिङ्गापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन् ।”

अठहत्तर वर्षीय शङ्करमान उमेर ढल्किँदै गएपछि विस्तारै व्यवसायबाट टाढा हुने सोचमा छन् । “काम गर्ने भनेर मात्र नहुने रहेछ । अब नसक्ने अवस्थामा पुगेको छु”, उनले भने, “अब छोराबुहारीलाई गर भनेर छाड्ने सोचमा छु ।” सुरुमा हेयको भावले हेर्ने घान्द्रुकका स्थानीय अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उनलाई अहिले खुसी लाग्छ ।

“सुरुमा मैले नै सबैलाई यसो गर्नुपर्छ भनेर सिकाएको हुँ । अहिले सबैलाई राम्रो भएको छ”, शङ्करमानले भने, “मैले एक सुका कप चियाबाट सुरु गरेको व्यवसाय १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु । अहिले कोठाको रु एक हजार दुई सय, खानाको दालभातको पाँच सय ५० चियाको रु ७० भएको छ ।” घान्द्रुकमा होटलका पायोनियर शङ्करमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारणसभामा सम्मानसमेत गरेको छ ।

शङ्करमानको सिको गर्दै विस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताए । विक्रमका अनुसार घान्द्रुकका करिब तीन सय घरधुरीमध्ये एक सय पाँचमा विभिन्न व्यवसाय सञ्चालित छ । जसमा ५५ होटल, १८ होमस्टे ९घरबास० र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन् । घान्द्रुकमा होटल तथा होमस्टे गरी सात सय २० कोठामा एकै दिन दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष विक्रम गुरुङले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending