Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

खबरडबली संवाददाता

कास्की । विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो । ढुङ्गेनी गाउँले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरूलाई एक रात त्यहीँ बस्न मन चाहन्थे । तर, घान्द्रुकमा त्यो समय होटल, रेष्टुरेण्ट थिएन । 

गाउँमा अङ्ग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो । सोही समय पर्यटकको सारथि बने, घान्द्रुकका शङ्करमान गुरुङ । विसं २०२६ मा उनले घान्द्रुककै मेश्रम वराह विद्यालयमा भर्खर–भर्खर पढाउन थालेका थिए । अङ्ग्रेजी विषय पढाउने उनलाई भाषा नआउने कुरै भएन । 

विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ देखाउने काम उनले नै गरे। त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ नामको होटलमात्र थियो । फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो । केहीलाई बास पाउनै मुस्किल । अन्तत: शङ्करमान आफैँले घरमा पाहुना राख्ने निधो गरे । 

समयक्रमैसँगै जन्मिएको थियो, उनको होटल मिलन । “चार बजे छुट्टी भएर घर फर्किँदा विदेशी पर्यटन बाटोमा भेटिन्थ्यो”, शङ्करमान २०२६ सालतिको कुरा सम्झिए, “उनीहरूले यहाँ लजिङ फुडिङबारे सोध्थे । त्यो बेला यहाँ फिस्टेलबाहेक अरु होटल थिएनन् । त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे ।”

घरमै सेवा दिँदा सुरुमा त आफूले सित्तैमा राखेको उनी सम्झन्छन् । “हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो । त्यो बेला पैसा लिने चलन थिएन”, उनले भने, “बिहान टे«किङ जाने बेला कति हो, के हो भनेर सोध्थे । हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थेँ । उहाँहरू आफैँले अलि–अलि पैसा छाडेर जान्थे । अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो ।”

होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उनले सम्झिए । “कूल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे”, शङ्करमानले भने, “मैले वास्ता गरिनँ । होटल सञ्चालन थाले । अहिलेचाहिँ सबैले मेरो कपी गरेका छन् ।”

त्यो समय एक सुका कप चिया । साढे ३ रुपैयाँमा खाना । बास सित्तैमा थियो । घान्द्रुकका होटल व्यवसायी शङ्करमान गुरुङले पनि यो ‘रेट’ लिने गर्थे । सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ । तर शङ्करमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ ।

सन् १९५० जुन ३ अर्थात् २००७ जेठ २१ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि त अन्नपूर्ण पदमार्गले चर्चा पायो । पर्यटकीय गाउँ घान्द्रुक पुन: आकर्षणको केन्द्र बन्न थाल्यो । “गोराहरूको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो । तर एक रात घान्द्रुक बसेर उकालो चढ्थे”, शङ्करमानले भने, “त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन । पोखराबाट नै टुरिस्ट आउँथे । उनीहरूलाई होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो ।”

घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो । तर शङ्करमानले होटल मिलनबाट पाहुनाको सेवा गरिरहे । उनले पाहुनालाई साथीको व्यवहार गरे । सोही कारण पनि उनको पर्यटकसँग पुरानो सम्बन्ध छ । एकपटक आएका पाहुना फर्की–फर्की आउने गरेको शङ्करमान बताउँछन् । उनले भने, “होटलका कारण विदेशी पर्यटक साथी बने । मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन् । सिङ्गापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन् ।”

अठहत्तर वर्षीय शङ्करमान उमेर ढल्किँदै गएपछि विस्तारै व्यवसायबाट टाढा हुने सोचमा छन् । “काम गर्ने भनेर मात्र नहुने रहेछ । अब नसक्ने अवस्थामा पुगेको छु”, उनले भने, “अब छोराबुहारीलाई गर भनेर छाड्ने सोचमा छु ।” सुरुमा हेयको भावले हेर्ने घान्द्रुकका स्थानीय अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उनलाई अहिले खुसी लाग्छ ।

“सुरुमा मैले नै सबैलाई यसो गर्नुपर्छ भनेर सिकाएको हुँ । अहिले सबैलाई राम्रो भएको छ”, शङ्करमानले भने, “मैले एक सुका कप चियाबाट सुरु गरेको व्यवसाय १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु । अहिले कोठाको रु एक हजार दुई सय, खानाको दालभातको पाँच सय ५० चियाको रु ७० भएको छ ।” घान्द्रुकमा होटलका पायोनियर शङ्करमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारणसभामा सम्मानसमेत गरेको छ ।

शङ्करमानको सिको गर्दै विस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताए । विक्रमका अनुसार घान्द्रुकका करिब तीन सय घरधुरीमध्ये एक सय पाँचमा विभिन्न व्यवसाय सञ्चालित छ । जसमा ५५ होटल, १८ होमस्टे ९घरबास० र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन् । घान्द्रुकमा होटल तथा होमस्टे गरी सात सय २० कोठामा एकै दिन दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष विक्रम गुरुङले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending