Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

सांसदको गुनासो: अवरोधले जनताको दु:ख राख्न पाइनँ, घटना बासी भइसक्यो

खबरडबली संवाददाता

काठमाडौँ, । “गत साउन १२ गतेदेखिको अबिरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दु:ख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी भइसक्यो”, सदनमा जनताको पीरमर्का राख्न नपाएको गुनासो गर्दै हुम्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद छिरिङ डम्डुल लामा (भोटे)ले भने । 

वर्तमान संसद् गठन भएको करिब नौ महिना पुगेको छ । तर संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभिन्न विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । जनप्रतिनिधिमूलक थलो संसद्मा पटक–पटक अवरोध हुँदा जनताका समस्या तथा गुनासोले उचित स्थान पाउन सकेको छैन । 

सांसद लामाले भने, “जनप्रतिनिधिको नाताले केही कुरा राख्न खोजेको थिएँ, तर संसद्मा अवरोध भएका कारणले राख्न पाइनँ । बाढीले स्थानीय नागरिक, सडक, खेतबारी, पुलपुलेसा, घट्ट बगाएको छ । मैले ती विषय सदनमा राख्न पाएको छैन । हामीभन्दा धेरै पहिलेदेखि नै संसदीय व्यवस्थामा पोख्त भएको प्रमुख प्रतिपक्षी दलले बुझ्नुपर्ने हो । राष्ट्रको दु:ख, पीरमर्का र जनताले भोगेको समस्या समाधानमा सदनमार्फत सरकारलाई खबरदारी गर्नुपर्नेमा संसद् अवरोध गरेर बाधा सिर्जना गर्नु राम्रो विषय होइन ।”

जनप्रतिनिधिमूलक थलो संसद् कोही–कसैको पनि बन्धक हुन नहुनेमा जोड दिँदै उनले बारम्बार संसद् अवरुद्ध हुनु राम्रो विषय नभएको बताए । “दु:खका साथ भन्नुपर्छ, यो प्रवृत्ति नेपाल र नेपाली जनताको पक्षमा छैन । यसले राम्रो सन्देश दिएको छैन”, उनले भने । जनताले निर्वाचित गरेर पठाएपछि जुनसुकै पार्टीको भए पनि सदनमा उठेका विषयलाई गम्भीरताका साथ लिनुपर्छ भन्दै सांसद लामाले संसद्लाई निरन्तर सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

“सदनलाई आफ्नो कामकारबाहीमा केन्द्रित हुने वातावरण बनाउनुपर्ने थियो । तर अहिलेको सन्दर्भमा प्रतिपक्ष दलले महिनौँसम्म संसद् अवरुद्ध गरिरहेको छ । यसले गर्दा जनतामा नराम्रो छाप परेको छ”, उनले भने, “प्रतिपक्षको अवरोधले संसदीय प्रक्रियामा सक्रिय सहभागिता जनाउन खोज्ने अन्य सांसदको उत्साह र उमङ्गलाई निस्तेज पारेको छ ।”

उनी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभामा हुम्लाबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । विसं २०४५ देखि राजनीतिमा सक्रिय लामा चौथो महाधिवेश (चौम), पातलो मसाल, मोटो मशाल हुँदै संयुक्त जनमोर्चमा आबद्ध भए । उनीहाँ संयुक्त जनमोर्चा नेपालका तर्फबाट हुम्लाको तत्कालीन बर्गौ गाविसको निर्विरोध उपाध्यक्ष निर्वाचित भएका थिए । 

तत्कालीन नेकपा ९माओवादी०ले सशस्त्र जनयुद्धको घोषणा गरेपछि उहाँ हुम्लाबाट पहिलो भूमिगत कार्यकर्ता बने । माओवादीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य, कर्णाली मुक्ति मोर्चाको सदस्य, तत्कालनी माओवादी जनमुक्ति सेनाको पश्चिम सैन्य डिभिजन ब्यूरो सदस्य, भेरी–कर्णाली स्वायत्त राज्य सदस्य, हेटौँडा महाधिवेशनबाट माओवादीको केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य, कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री बने । सांसद लामा हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्य छन् । 

जनताबाट निर्वाचित भएर आएपछि सांसद्को मुख्य भूमिका कानुन निर्माणमा नै केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उनको स्वीकारोक्ति छ । जनताले सङ्घर्ष गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन आवश्यक नीति, नियम, ऐन, कानुन बनाउन सांसद लाग्नुपर्ने उहाँको भनाइ छ । “विकासभन्दा पनि व्यवस्थालाई दिगो, भरपर्दो र विश्वासिलो बनाउन ध्यान दिनुपर्छ”, सांसद लामाले भने । 

विधायकले कानुन निर्माणमा आफूलाई उभ्याउनुपर्नेमा यसअघिका सांसदले जनतामा विकास लैजाने विषयलाई बढी प्राथमिकता दिएको र जनता पनि त्यसमा अभ्यस्त भइसकेको हुँदा अहिले आफूहरुलाई पनि दबाब परेको उनको भनाइ छ । “विगतका सांसदले ऐन, कानुन निर्माण गर्नुभन्दा पनि विकासमा बढी होमिएको देखाएपछि अहिलेका सांसदलाई दबाब बढेको छ । अघिल्ला माननीयले यस्तो गर्ने, तपाईँहरूले के ल्यायो रु”, जनताको प्रश्न सुनाउँदै उनले भने, “तपाईँहरूले के कोसेली ल्यायो, रित्तो हात ल्यायो कि भरि हात ल्यायो रु यस्तो प्रश्नको सामना गरिरहनुपरेको छ ।”

निर्वाचनबाट एउटै पार्टीको बहुमत नआउँदा सोचेजस्तो कानुन निर्माण गर्न नसकिएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा सरकारले महत्त्वपूर्ण विधेयक सदनमा पेस गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि त्यसले गति लिने विश्वास व्यक्त गरे ।

“हामीलाई अहिले असाध्यै गाह्रो छ । जनताले विकासले अपेक्षा गरेको छ । तर सङ्घीय सांसदको भूमिकामा हामीले ऐन, नियम र कानुन निर्माणमा जुट्नुपरेको छ । एउटा पार्टीको मात्रै बहुमत आएको भए सरकारलाई अगाडि बढाउन र पार्टीको नीतिअनुसारको कानुन बनाउन सकिन्थ्यो”, उनले भने, “कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउँदा सोचेजस्तो कानुन बनाउन नसक्नु स्वभाविक हो । प्रधानमन्त्री अमेरिका भ्रमण सकेर चीनमा हुनुहुन्छ । उहाँ स्वदेश फर्केपछि कानुन निर्माणको प्रक्रियाले गति लिन्छ ।” 

कानुन निर्माण गर्न सांसद्को भूमिका अत्यन्त महत्त्वपूर्ण हुने जनाउँदै सांसद लामाले संसद् बैठकमा नियमित उपस्थित भएर सांसदले विधेयकमाथिको छलफलमा सक्रियतापूर्वक भाग लिनुपर्ने बताए । उनले राष्ट्रिय महत्वका विषयमा सदनमा आवाज उठाउनुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन सबै सांसद एकताबद्ध भएर लाग्नुपर्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending