Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

७६ जिल्लामा फैलियो डेंगु, १५ जनाको मृत्यु हुँदा पनि सरकार उदासीन

खबरडवली संवाददाता
काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा एक जनाको मृत्यु भएको छ । यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिनअनुसार नेपालमा डेंगुका कारण १५ जनाको मृत्यु भएको छ भने २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका छन् । नेपालको ७६ जिल्लामा डेंगु फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला, बालाजु, चाबहिल, कलंकीलगायतका क्षेत्रमा डेंगु बढ्दो छ । सरकारले भने डेँगु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि प्रचार गरेअनुसार डेंगु नियन्त्रणका लागि खासै काम गर्न नसकेको विज्ञहरूको ठम्याइ छ । यसै गरी देशभरमा विभिन्न स्थानीय तहहरू पनि आफ्नो क्षेत्रमा बढेको डेंगु नियन्त्रण गर्न असफल देखिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्छन्– ‘डेंगुको संक्रमण असार साउनमा धरानमा देखिएजस्तो अवस्था अहिले छैन तर जोखिम भने कम भएको छैन र डेंगुको संक्रमण काठमाडौंमा देखिरहेको छ ।’ उनका अनुसार काठमाडौंका टेकु, त्रिपुरेश्वर, स्वयम्भू, बालाजुमा छिटपुट प्रभाव परे पनि तुलनात्मक रूपमा पहिला जस्तो छैन । मनसुनसँग डेंगुको संक्रमण देशव्यापी रूपमा फैलिरहेको छ । काठमाडौंबाहेक, चितवन, वुटवलमा मनसुन सकिनासाथै देखिएको छ । स्थानीय लामखुट्टे वृद्धिविकास भएका ठाउँमा डेंगु संक्रमितको संख्या देखिएका छन् । डेंगु बेमौसमी पानी पर्दा पनि फैलन सक्छ । यही अवस्था रही रहेमा तिहारपछिबाट विस्तारै आफैं हटेर जाने तर निर्मूल भने नहुने पुनले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending