Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव, नियमित गस्तीमा समस्या

खबरडबली संवाददाता

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । 

“दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उनले भने, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ ।”
उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ । अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन । भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ । हाल यहाँ दुई छावासहित चार भाले र चार पोथी गरेर आठवटा हात्तीमात्रै छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले पाँच/छ महिनाअघि ९श्रुतिकली० छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन राष्ट्रिय किुञ्जबाट नारायणीकली नामक हात्तीसँगै छावा संसचन्दगढलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको थियो ।

संसचन्दगढसँगै नारायणप्रसाद, लवप्रसाद र सिद्धप्रसाद यहाँका भाले हात्ती हुन् । “रुपकली बूढो भइसक्यो, दुई छावा र तिनको माउलाई गस्तीमा लगिदैन”, संरक्षण अधिकृत ऐरले भने, “२०–२२ वर्षका तीनवटा हात्तीलाई गस्तीमा लैजान्छौँ, बर्खामा निकुञ्जको सबै क्षेत्रमा पुग्न गाह्रो हुन्छ ।”

निकुञ्जभित्र पिपरैया पोष्टमा पाँच, शुक्लाफाँटा पोष्टमा दुई र मालुमेला पोष्टमा एक हात्ती छ । वन्जजन्तुको उद्धारमा समेत प्रयोग गरिने हात्ती निकुञ्जको पूर्वी क्षेत्र अर्जुनी, बेलडाँडीलगायत ठाउँमा पनि थप गर्नुपर्ने देखिएको संरक्षण अधिकृत ऐरले बताए ।

“निकुञ्जमा हात्ती जति धेरै भयो, त्यति राम्रो हुन्छ, निकुञ्जको पूर्वी सेक्टरमा हात्तीसार राख्नुपर्ने देखिन्छ”, उनले भने, “वन्जजन्तुको गणना तथा उद्धारमा हात्तीले निकै सघाउ पुर्याउँछ ।”

निकुञ्जभित्र जङ्गल गस्ती, वन्यजन्तु उद्धार, गणना, वैज्ञानिक अनुसन्धान, चोरी सिकारी नियन्त्रणमा हात्ती प्रयोग गरिँदै आएको छ । हात्तीलाई घुमाउनेदेखि स्याहार गर्न प्रत्येक हात्तीमा माउत, फणित र पछुवा गरेर तीन जना खटिने गरेका छन् ।
 
हाल यहाँ हात्तीलाई गस्ती लैजानेदेखि स्याहार गर्ने माउत, फणित र पछुवाको सङ्ख्या २४ जना छ । निकुञ्जभित्र पर्यटकलाई आकर्षण गर्नका लागि हात्ती सफारी सञ्चालन गर्न सकिन्छ । तर दरबन्दीअनुसार पूर्ण हात्ती नहुँदा र भएकै पनि अशक्त हुनाले सफारी हाललाई बन्द गरिएको निकुञ्जले जनाएको छ ।

बाह्रसिङ्गाको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको छ । निकुञ्जको अधिकतम भाग सालको जङ्गलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जङ्गल र घाँसेमैदान छ । 

जङ्गली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिङ्गा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानीताल तथा अन्य स–साना तालमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending