Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गुगल म्यापको भर पर्दा भत्किएको पुलबाट खस्यो कार

खबरडबली संवाददाता

काठमाडौं ।  गुगल म्यापको भर परेर कार कुँदाइरहेका एक अमेरिकीको गत वर्ष दुर्घटनामा मृत्यु भयो । गुगल म्यापमा बाटो अपडेट नभएको र भत्किसकेको पुलसमेत सद्दे नै देखाएका कारण चालकले सोही पुलमाथि कार कुदाउँदा दुर्घटना भएर कार नदीमा खसेको थियो ।

गुगलले आफ्नो म्याप्स एप अपडेट नगरेका कारण दुर्घटनामा मानवीय क्षति भएको भन्दै मृतक फिलिप प्याक्सनका परिवारले गुगलविरुद्ध मुद्दा हालेका छन् । नौ वर्ष अगाडि नै भत्किएको पुलको विवरण गुगल म्यापमा अद्यावधिक नगरेर गुगलले लापरबाही गरेको फिलिपका परिवारको आरोप छ ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित हाइकोरीमा रहेको एउटा क्षतिग्रस्त पुलमाथि गाडी कुदाउने क्रममा सन् २०२२ को सेप्टेम्बरमा प्याक्सनको मृत्यु भएको थियो । मंगलबार उनका परिवारले वेक काउन्टिस्थित देवानी अदालतमा गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् । गुगलका प्रवक्ताले कम्पनीमाथि लागेको अभियोगको समीक्षा भैरहेको बताएका छन् । प्याक्सन परिवारप्रति आफ्नो गहिरो समवेदना रहेको पनि गुगलका प्रवक्ताले बताएका छन् ।

अदालतमा दायर भएको मुद्दाको निवेदन अनुसार प्याक्सनले साथीको घरमा आयोजित आफ्नी नौ वर्षीया छोरीको जन्मदिनको पार्टी सकेर घर फर्किरहेको बेला कार दुर्घटना भएको थियो । प्याक्सन दुर्घटनास्थलको सडक तथा वस्तुस्थितिका बारेमा जानकार थिएनन् र गुगल म्याप लगाएर गाडी कुदाइरहेका थिए ।

निवेदनको व्यहोरामा भनिएको छः स्थानीय सडकका बारेमा उनी अपरिचित थिए र सुरक्षित रुपमा आफ्नो घरतर्फ निर्देशित गर्ने विश्वासमा उनी गुगल म्याप्समा भर परेका थिए ।

उनीभन्दा अगाडि पत्नीले छोरीहरुलाई लिएर घर फर्किसकेको र उनी पार्टी सकिएपश्चात् सरसफाइँ गरेर मात्रै घर फर्किन थालेकाले एक्लै दुर्घटनामा परेका थिए ।

त्यसबेला रातको अन्धकार थियो भने वर्षातसमेत भैरहेको हुनाले उनले निकै सचेततापूर्वक कार चलाइरहेका थिए । उनले त्यो अपरिचित ठाउँमा कुनै शंका नै नगरिकन गुगल म्याप्सको दिशा पछ्याइरहेका थिए । त्यहीँ बाटो पछ्याउँदै उनको कार स्नो क्रिक नदीमा रहेको भत्किएको पुलमाथि बाट तल खस्न पुग्यो र नदीमा डुबेर उनको मृत्यु भयो ।

सन् २०१३ मै भत्किएको उक्त पुलको विवरण आफ्नो अनलाइन म्यापमा अद्यावधिक गर्नका लागि स्थानीय बासिन्दाहरुले गुगललाई पटकपटक सम्पर्क गरेका रहेछन्, तर गुगलले आफ्नो नक्सामा उक्त पुललाई सद्दे नै देखाएको थियो ।

क्षतिग्रस्त पुलको मुखमा रहेको बार पनि तोडफोड गरेर भत्काइएका कारण कार चालक निर्धक्क पुलमा प्रवेश गरेका थिए ।

मृतक फिलिपका परिवारले सो पुल मर्मत गर्ने जिम्मेवारी पाएका स्थानीय तीनवटा कम्पनीविरुद्ध पनि मुद्दा हालेका छन् । – बीबीसीबाट 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending