Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

गुगल म्यापको भर पर्दा भत्किएको पुलबाट खस्यो कार

खबरडबली संवाददाता

काठमाडौं ।  गुगल म्यापको भर परेर कार कुँदाइरहेका एक अमेरिकीको गत वर्ष दुर्घटनामा मृत्यु भयो । गुगल म्यापमा बाटो अपडेट नभएको र भत्किसकेको पुलसमेत सद्दे नै देखाएका कारण चालकले सोही पुलमाथि कार कुदाउँदा दुर्घटना भएर कार नदीमा खसेको थियो ।

गुगलले आफ्नो म्याप्स एप अपडेट नगरेका कारण दुर्घटनामा मानवीय क्षति भएको भन्दै मृतक फिलिप प्याक्सनका परिवारले गुगलविरुद्ध मुद्दा हालेका छन् । नौ वर्ष अगाडि नै भत्किएको पुलको विवरण गुगल म्यापमा अद्यावधिक नगरेर गुगलले लापरबाही गरेको फिलिपका परिवारको आरोप छ ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित हाइकोरीमा रहेको एउटा क्षतिग्रस्त पुलमाथि गाडी कुदाउने क्रममा सन् २०२२ को सेप्टेम्बरमा प्याक्सनको मृत्यु भएको थियो । मंगलबार उनका परिवारले वेक काउन्टिस्थित देवानी अदालतमा गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् । गुगलका प्रवक्ताले कम्पनीमाथि लागेको अभियोगको समीक्षा भैरहेको बताएका छन् । प्याक्सन परिवारप्रति आफ्नो गहिरो समवेदना रहेको पनि गुगलका प्रवक्ताले बताएका छन् ।

अदालतमा दायर भएको मुद्दाको निवेदन अनुसार प्याक्सनले साथीको घरमा आयोजित आफ्नी नौ वर्षीया छोरीको जन्मदिनको पार्टी सकेर घर फर्किरहेको बेला कार दुर्घटना भएको थियो । प्याक्सन दुर्घटनास्थलको सडक तथा वस्तुस्थितिका बारेमा जानकार थिएनन् र गुगल म्याप लगाएर गाडी कुदाइरहेका थिए ।

निवेदनको व्यहोरामा भनिएको छः स्थानीय सडकका बारेमा उनी अपरिचित थिए र सुरक्षित रुपमा आफ्नो घरतर्फ निर्देशित गर्ने विश्वासमा उनी गुगल म्याप्समा भर परेका थिए ।

उनीभन्दा अगाडि पत्नीले छोरीहरुलाई लिएर घर फर्किसकेको र उनी पार्टी सकिएपश्चात् सरसफाइँ गरेर मात्रै घर फर्किन थालेकाले एक्लै दुर्घटनामा परेका थिए ।

त्यसबेला रातको अन्धकार थियो भने वर्षातसमेत भैरहेको हुनाले उनले निकै सचेततापूर्वक कार चलाइरहेका थिए । उनले त्यो अपरिचित ठाउँमा कुनै शंका नै नगरिकन गुगल म्याप्सको दिशा पछ्याइरहेका थिए । त्यहीँ बाटो पछ्याउँदै उनको कार स्नो क्रिक नदीमा रहेको भत्किएको पुलमाथि बाट तल खस्न पुग्यो र नदीमा डुबेर उनको मृत्यु भयो ।

सन् २०१३ मै भत्किएको उक्त पुलको विवरण आफ्नो अनलाइन म्यापमा अद्यावधिक गर्नका लागि स्थानीय बासिन्दाहरुले गुगललाई पटकपटक सम्पर्क गरेका रहेछन्, तर गुगलले आफ्नो नक्सामा उक्त पुललाई सद्दे नै देखाएको थियो ।

क्षतिग्रस्त पुलको मुखमा रहेको बार पनि तोडफोड गरेर भत्काइएका कारण कार चालक निर्धक्क पुलमा प्रवेश गरेका थिए ।

मृतक फिलिपका परिवारले सो पुल मर्मत गर्ने जिम्मेवारी पाएका स्थानीय तीनवटा कम्पनीविरुद्ध पनि मुद्दा हालेका छन् । – बीबीसीबाट 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending