Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै

खबरडबली संवाददाता

भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ ।  आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । सङ्घीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गरिने जनाइएको छ । 

त्यसअन्तरगत सङ्घीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको छ । नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि रु १० करोड बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । 

यस्तै सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रुपमा थप विकास गर्नेगरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । 

नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार) मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ भने त्यहाँ नमुना बस्ती निर्माण गरिने जनाइएको छ । त्यसका लागि रु १८ करोड बजेट विनियोजन गरिएको छ ।

 यसैबीच प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउने गरी काम थालनी हुने दाबी गरेको छ । 

सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारका मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ । प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि भवनसँग सम्बन्धित कानुन, संहिता तथा मापदण्ड तर्जुमा कार्य सुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यस वर्ष रु दश अर्ब एघार करोड ४२ लाख विनियोजन गरेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...

सरकारी टोलीले अनुगमन गर्याे कांग्रेस पार्टी कार्यालय

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...

सरकारी टोलीले अनुगमन गर्याे एमालेको कार्यालय

काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पादक: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...

काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोगका लागि पूर्ण अयोग्य

काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...

म्याग्दीमा ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...

बंगलादेशमा अर्का नेता पनि गोली प्रहारबाट मारिए

काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...

माइतीघरमा हेटौँडा सडक विस्तारका पीडितको बाजासहित विरोध प्रदर्शन

काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...

काठमाडौँ महानगरभित्रका १०७ विद्यालय खारेज गरिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending