काठमाडौँ । पूर्व लिच्छिविकालीन सहरका रुपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।
कैलाशकूट सामाजिक अभियानको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै सम्पदाविद्हरुले हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् ।
प्राज्ञ दिनेशराज पन्तले इतिहास पोखरी नभई नदीका रुपमा स्थापित हुनुपर्ने भनाइ राख्नुहुँदै हाँडीगाउँको इतिहासका बारेमा स्थानीयले नै बुझेर अघि बढाउनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रजापतिले धर्म, संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकाले यसको संरक्षणका लागि स्थानीयवासी नै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले पूर्व लिच्छविकालीन हाँडीगाउँलाई विकास गर्न स्थानीय सरकार सक्रिय भई लागेको बताए ।
प्रा डा सुदर्शनराज तिवारीले किराँत र लिच्छविकालका सम्पदा रहेको हाँडीगाउँको समावेशीरुपमा विकास गरिनुपर्नेमा जोड दिए । मानगृह, कैलाशकूट भवन, मध्यमगृहजस्ता भवन हाँडीगाउँमै रहेका धेरै प्रमाण रहेको उनले बताए ।
वरिष्ठ पत्रकार सुशील कोइरालाले भारतमा समेत नरहेको व्यास मन्दिर हाँडीगाउँमा रहेको र यस्ता अनगिन्ति सम्पदा हाँडीगाउँमा रहेकाले यसको संरक्षणमा नागरिकस्तरबाट काम हुनुपर्ने बताए । कार्यक्रममा हाँडीगाउँ क्षेत्रका सम्पदाको संरक्षणमा योगदान गर्नुभएका देवदास डङ्गोल र उहाँकी श्रीमती मनमाया डङ्गोल, हाँडीगाउँ क्षेत्रबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक छात्र र छात्रालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठ, अधिवक्ता उद्धव केसी, निर्वाचन समिति संयोजक अनुपराज गौतम, सल्लाहकार सुखराम महर्जनलगायतले यस क्षेत्रका धनगणेश, पञ्चधारा, सत्यनारायणस्थललगायत सम्पदा क्षेत्र दूरावस्थामा पुगेको बताए ।
अभियानको पहिलो साधारणसभाले महेशकुमार श्रेष्ठको अध्यक्षतामा अर्को कार्यकालका लागि १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कैलाशराम प्रधान, महासचिवमा मोहनकुमार पौडेल, सचिवमा प्रभुराज पौडेल, कोषाध्यक्षमा गणेशबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी अभियानको सदस्यमा तीर्थबहादुर बज्राचार्य, गौरव केसी, राम प्रजापती, कमल नेपाल, धर्मनारायण श्रेष्ठ, मेघराज सापकोटा, निश्चल जोशी, श्यामहरि नापित, किशोरराज जोशी र ज्योतिका महर्जन रहनुभएको छ । उपाध्यक्ष प्रधानका अनुसार सुखराम महर्जन, उद्धव केसी, डा विमला ओझा, डा सुरेशराज चालिसे, डा माधुरी राणालाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...
चैत्र ३ गते, २०८२ - १२:१७
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...
चैत्र ३ गते, २०८२ - १२:०६
गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...


प्रतिकृया लेख्नुहोस्: