Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

खबरडबली संवाददाता

बागलुङ । भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । 

यसअवधिमा उनीहरु हजारौँ पशुचौपायासहित चार हजार दुई सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन् । यो भल्कोटीहरुको दशकौँ पुरानो परम्परा हो । पुर्खाले सुरु गरेको परम्परा अहिले नियम बनेको छ । यो नियम भल्कोटवासीले कडाइका साथ पालना गर्छन् ।

निसीखोला गाउँपालिका–६ भल्कोटका अधिकांश किसान पशुपालनमै छन् । उनीहरु हरेक वर्ष यसैगरी कहिले लेक त कहिले बेँसी गर्दै पशुचौपाया पाल्छन् । आज असोज ५ । उनीहरु लेकबाट बेँसी झर्ने दिन । त्यसैले बिहानैदेखि पशुचौपाया लिएर बेँसी झरिरहेका भल्कोटीहरुको लर्को लागेको छ । भर्कोबाङ चौर पशुचौपायाले भरिएको छ ।

भर्कोबाङ मध्यपहाडी लोकमार्गको माथिल्लो पट्टी सानो पहाडको टुप्पोमा पर्छ । जहाँ समथर भूभागमा फैलिएको ठूलो मैदान छ । पशुचौपाया लिएर लेकबाट झरेका गोठाला बाँसको चित्रा र त्रिपालले अस्थायी गोठ बनाइरहेका छन् । 

हरेक वर्ष आजकै दिनलाई पर्वका रुपमा मान्ने भल्कोटवासीले लेकबाट पशुचौपाया झार्छन् । शुभ र अशुभ दिन हेर्दा आजको दिन अशुभ भएको भन्दै केही किसानले भने हिजोदेखि नै पशुचौपाया झार्न सुरु गरिसकेका थिए । 

भर्कोबाङको पाटाहरुमा मकै, गहुँ, जौ का खेती हुन्छन् । केही खेतीयोग्य जमिन बाँझो भइसकेको छ भने केही जग्गामा मकै भित्र्याएर बाँकी रहेका डाँठ मात्रै बाँकी छन् । ती पाटाहरुमा लेकबाट झरेका सयौँको सङ्ख्यामा गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राले भरिएका छन् ।

आज साँझसम्म सयौँ किसानका हजारौँ पशुचौपाया यहाँ जम्मा हुन्छन् । अबका करिब २० दिन भर्कोबाङको चारैतिर काला, खैरा गाईगोरु, भेँडाबाख्राले भरिन्छन् । दर्जनौँ पशुचौपाय पाल्ने स्थानीयले गाउँमा घाँस पुर्याउन नसकेपछि लेकमा लैजाने गर्छन् । लेकमा बस्दा पशुचौपाया चराउनुका साथै उनीहरु चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्छन् । घ्यू उत्पादन र बिक्री पनि गर्छन् । 

असारपछि बेँसीमा पशुचौपाया राख्न पनि पाइँदैन । यो स्थानीयले बनाएको वर्षांै पुरानो कानून हो । कानून उल्लङ्घन गर्नेलाई कारबाहीसमेत हुने गर्दछन् । त्यसले गर्दा पनि सबैले परम्परादेखि नियमन पालना गर्दै आएको स्थानीय कुलबहादुर घर्तीमगरको भनाइ छ । 

त्रिचालिस वर्षदेखि गाईभैँसी पाल्दै आएको सुनाउँदै अहिलेसम्म असोज ५ भन्दा अगाडि बेँसी कहिल्यै पनि नझरेको सुनाए । आजभन्दा पछाडि असोजभित्रसम्म आउन पाइने भए पनि अछाडि आउन नपाइने नियम भएको उनले बताए । केही गोठालाहरु निकै लेकमा पुगेको हुँदा असोज १० सम्म बेँसी झरिसक्ने घर्तीको भनाइ छ । 

लेक जानेबेला त्यहाँ बसुन्जेललाई पुग्ने खर्च बोकेर जाने समयसमयमा गाउँ झर्ने र आवश्यक सामान लिएर फर्किने गरेको घर्तीले बताए । उनले पटकपटक लेकबेँसी गर्न गाह्रो हुनेहुँदा चाररपाँच महिनाका लागि पुग्ने खर्च एकैपटक बोकेर जाने गरेको बताए ।

“यो चलन हामीले बसालेको होइन, बाउबाजे र पुर्खाहरुले बसालेको हो, उहाँहरुले जे सिकाउनुभयो हामीहरुले त्यही गर्दै आएका छौँ, उहाँहरुले जे नीति कानून बनाउनुभयो हामीहरुले त्यही पालना गर्दै आएका छौँ, उहाँहरुले बनाएको नीति कानुनलाई मानेनौँ भने हामीहरुलाई कानुन लाग्छ”, घर्तीमगरले भने । 

यहाँका गोठालाहरु खास गरी गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमाना क्षेत्रसम्म पुग्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचन, निसेलढोरको शिरलगायतका ठाउँमा बस्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन् । पशुचौपायालाई अब १५ दिन यही भर्कोबाङमा राख्ने र त्यसपछ आआफ्नो बारीमा लैजाने स्थानीय किसान कुम्बिर घर्तीमगरले बताए । 

भल्कोटमा धेरै वर्ष अगाडिदेखि किसानले पशुपालन गर्दै आएको र घाँस तथा चरन क्षेत्रको व्यवस्थापनका लागि लेकबेँसी गर्ने प्रचलन सुरु भएको घर्तीमगरको भनाइ छ । हिउँदको समयमा लेकमा घाँस सुक्ने र हिउँपर्ने हुँदा बेँसीमै पशुचौपायाललाई घाँस, दानको व्यवस्थापन गरेर पाल्नुपर्ने उनले बताए । 

“एउटै घरमा भेडाबाख्रा दुईरतीन सयसम्म हुन्छन्, कोहीको गाई धेरै हुन्छन्, कोही भैँसी, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, त्यही भएर लेक बेँसी गर्नु परेको हो, बर्खाभरि पशुचौपायाले लेकको घाँस खाए, लेकमा घाँस कम हुँदै गयो, जेठदेखि अहिलेसम्म बेँसीमा घाँस पलाएको छ, मकै पाकेर भित्र्याइसके, बारीभरि घाँस छ, अब त्यही घाँसले हिउँद कटाउनुपर्छ, पशु पाल्न त लेकमै ठीक हुन्छ, बेँसीमा घाँस पुर्याउनै गाह्रो हुन्छ”, उनले भने । 

आज बिहानैदेखि मध्यपहाडी लोकमार्गको भल्कोटदेखि रोल्पा, रुकुम र बागलुङको सिमानामा पातीहाल्नेसम्म हजाराँै पशुचौपायाको लर्को लागेको छ । अघिपछि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडिरहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैँसीको ठूलो लाइन देखिन्छ । बर्खामास बेँसीमा चौपायाहरु पाल्नै गाह्रो हुनेहुँदा लेक लैजानु परेको स्थानीय अम्बर बुढामगरले बताए ।

बर्खाको समय स्थानीयको सयौँ पशुचौपायाले बारीमा खेतीपाती गर्न नदिने हुँदा लेक लैजानुपर्ने उनको भनाइ छ । हिँउदमा बेँसीमा खासै खेतीपाती नगरिने हुँदा झण्डै सात महिना यही राखिने उनको भनाइ छ । अब भल्कोटीहरु वैशाखसम्म बेँसीमै बस्छन् । वैशाखसम्म गाउँकै बारीमा पशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन् ।

निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले असोज ५ स्थानीय पशुपालक किसानका लागि नैतिक बन्धन बनेको बताए । परापूर्वककालदेखि घाँस व्यवस्थापनका लागि जेठ तथा असार महिनामा लेक जाने र असोजमा बेँसी झर्ने परम्परा बसालेको हुँदा अहिलेसम्म यो चल्दै आएको उनको भनाइ छ । अहिले अधिकांश बुढापाका नै पशुपालनमा सक्रिय भएको हुँदा उनीहरुले परम्परालाई नियमका रुपमा मान्दै आएको अध्यक्ष बुढामगरले बताए ।

“यो हाम्रो महत्त्वपूर्ण परम्परामध्येको एक हो, यो पर्वले यस क्षेत्रका सयौँ पशुपालक किसानलाई एउटा सूत्रमा बाँधेको छ, उनीहरु योभन्दा दायाँबायाँ गर्दैनन्, पुर्खाको अपमान हुन्छ भन्छन्”, अध्यक्ष बुढामगरले भने, “हामीहरुले पनि यो परम्परालाई मान्दै आएका छौँ, राम्रो संस्कार संस्कृतिलाई आत्मसात् गर्ने र कुसंस्कृतिलाई हटाउने हाम्रो प्रयास हो, अहिले यो हाम्रा लागि कानून बनेको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending