Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

खबरडबली संवाददाता

भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन् । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लागेका हुन् । उनले यसअघि विसं २०७५ मा जिब्रो छेडाएका थिए ।

मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन गरिन्छ । बिस्का: (बिस्केट) जात्राका अवसरमा वैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सो अनुसार यस वर्ष यही असोज १२ गते थिमिमा येंयापुन्ही या म्ये प्वा खनेगु (जिब्रो छ्ड्ने) जात्रा हुँदैछ । 

बोडेको जात्राले सदियौँदेखि निरन्तरता पाइरहेको छ भने दिगुलीको जात्रा नियमित सञ्चालन हुन नसकेको स्थानीय संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । करिब दुई दशक रोकिएको यो जात्रालाई विसं २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुनर्जीवन दिएका थिए । विसं २०७५ मा बालकरामले जिब्रो छेडाएका थिए भने विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा गत वर्ष पुन: वीरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिएका थिए ।

बोडेको जिब्रो छेड्ने जात्रामा निश्चित मार्ग भए पनि थिमि दिगुलीमा हुने जात्राको निश्चित मार्ग नभएको श्रेष्ठले बताए । उनका अनुसार यो जात्रामा जिब्रो छेडाउने व्यक्तिले इच्छाएको मार्गमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।  “येंयापुन्ही या म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर नगर परिक्रमा गर्दा यही नै निश्चित मार्ग भन्ने छैन । विशेषगरी जिब्रो छेडाउने व्यक्तिले इच्छाए अनुसारको मार्ग तय हुन्छ,” संस्कृतिविद् श्रेष्ठले भने, “योभन्दा पहिले पनि जिब्रो छेडाएर पशुपतिनाथ र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको इतिहास छ ।”

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तालाई जात्राप्रति आकर्षित गर्ने र नयाँ पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । “जिब्रो छेडाएर बाँसले निर्माण गरिएको महादीप काँधमा बोकेर थिमिदेखि पशुपतिनाथको दर्शन गरी पुन: थिमिसम्म पैदल यात्रा गर्नु निकै कठिन कार्य हो”, उनले भने, “बालकरामले जुन सहास देखाउनुभएको छ, उहाँको संस्कृति प्रतिको लगाव छ, त्यसलाई उच्च सम्मान दिनुपर्छ ।” प्रमुख श्रेष्ठले नगरको मूर्त–अमूर्त कला संस्कृतिको संरक्षणमा लगानी गर्दै आइरहेको नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।

उक्त जात्राका लागि जात्राको आठ दिन अगाडि द्य: दुसालेगु अर्थात् देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनुपर्ने रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । उनका अनुसार जात्राको चार दिनअघि थिमिको लाय्कूका प:माहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन रहेको छ । 

इन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजा गरी छ्वयला ब्व: भोज खुवाउने चलन रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलिपल्ट येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिनमा दुता नं ९जामा० लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा छ । 

“यस दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामन: थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ”, श्रेष्ठले भने, “पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्‍याइन्छ ।”

डबलीमा सयौँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं ९महादीप० बोक्न लगाई उसको इच्छाअनुसार नगर परिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि ‘ताकुँ म्ये: ख्वामसिसें भ्वय् नय्’ भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ । 

सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नास:द्य: ९नित्यनाथ० देवता परिसरको माटो राखेपछि उक्त सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिने संस्कृतिविद् श्रेष्ठको भनाइ थियो । उनका अनुसार जात्राको भोलिपल्टको बिहान नातु पूजा भनी द्य:लित तवनेगु ९विसर्जन पूजा० का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन छ ।

संस्कृतिविद् श्रेष्ठका अनुसार जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दु:ख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । “पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दु:ख दिन थालेपछि थिमिका जनतालाई सो दु:खबाट छुट्कारा

दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात् आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति छ”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending