Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

हिन्दू संस्कार अनुसार जुठो वा सूतक बार्नेबारे प्रचलन र व्यवस्था

खबरडबली संवाददाता

काठमाडाैं । हिन्दु धर्मावलम्बीले परिवारजनमा जुठो वा सूतक परेका बेला धार्मिक कार्य र श्राद्ध गर्दैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्ने दोधारमा पनि हुन्छ ।

आफू नजिकको कुन नातेदारको मृत्युमा जुठो पर्ने र सुत्केरी हुँदा सूतक परेका बेला अर्थात जन्म र मृत्यु संस्कारको समयमा परिवार र कूलका मानिसहरु अपवित्र हुने मान्यता छ । जन्म र मृत्युको केही समयसम्म देवकार्य र पितृकार्य जस्ता मांगलिक कामहरुमा प्रतिबन्ध लगाईएको हुन्छ । जसमध्ये कुनैपनि परिवारमा नयाँ व्यक्तिको जन्म भएको बेलामा १० दिनसम्म सूतक मान्ने गरिएको छ । मृत्युको समयमा सम्बन्ध अनुसार जुठो बार्ने गरिएको छ । यही कारणले नै हिन्दू संस्कार व्यवस्थामा पुस्तौपुस्तासम्मका मानिसहरुबीच समेत भातृत्वको भावना पाईन्छ ।

शास्त्रका अनुसार बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सूतक शुरु हुन्छ । जन्मदिने आमालाई ३० दिनसम्म सूतक लाग्छ । ३० दिनअघि आमाले पितृकार्य वा देवकार्य एवं भान्साको काम गर्नुहुँदैन । नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० दिन सूतक बार्नुपर्छ तर जुठो लाग्दैन । अरु सामान्य अवस्थामा पनि सपिण्डीहरुलाई १० दिन सूतक लाग्छ ।

हिन्दू संस्कार एवं धर्मशास्त्र अनुसार जुठो वा सूतक बार्नेबारे जानकारी

१. मूलपुरुषदेखि आरम्भ गरेर ७ पुस्तासम्मका भाइबन्धुहरुलाई सपिण्डी भनिन्छ । सपिण्डीहरुको आशौच (जुठो) १० दिन लाग्दछ ।

२. ८ देखि १४ पुस्तासम्मको भाइबन्धुहरुलाई सोदक भनिन्छ । सोदकहरुको आशौच (जुठो) ३ दिन लाग्दछ ।

३. १५ देखि २१ पुस्तासम्मको भाइबन्धुहरु सगोत्र भनिन्छ । सगोत्रहरुको आशौच (जुठो) १ दिन भन्नाले अहोरात्र (दिन र रात) लाग्दछ ।

४. पहिलेदेखि चलिआएको आशौच (जुठो) नसकिँदै अर्को त्यही समान वा सानोको आशौच (जुठो) थपियो भने पहिलेको सँगै सकिन्छ तर त्योभन्दा नजिकको वा ठुलो आशौच (जुठो) थपियो भने पुरै बार्नु पर्दछ ।

५. जन्मआशौच सुतक नसकिँदै मरणाशौच (जुठो) परेमा १० बार्नु पर्दछ ।

६. दशौं दिनको मध्यरात्रीसम्म अर्को मरणाशौच पर्यो भने २ दिन बढी बार्नु पर्दछ तर सानो वा ठूलोको विचार गर्नु पर्दछ । कहीँ कतै अलग–अलग बार्नु पर्दछ भन्ने पनि गरिन्छ । यसमा आ–आफ्नो कुलानुसार विचार गर्नु पर्दछ ।

७. पहिलो मरणाशौचको एघारौं दिनको सूर्योदयपछि अर्को मरणाशौच (जुठो) पर्योे पुरै मरणाशौच बार्नु पर्दछ ।

८. आमा–बुबा वा पति–पत्निको सन्दर्भमा अघिल्लो मरणाशौचले पछिल्लो मरणशौच लैजान्छ भन्ने नियम लागु हुँदैन पुरा अलग–अलग रुपमा बार्नु पर्दछ ।

९. आफ्नो आमा–बुबा, पति–पत्नीको जुठो १ वर्षसम्म निष्ठापूर्वक बार्नु पर्दछ , सौतेनी आमाको ६ महिना, सहोदर दाईभाइमा परस्पर ४५ दिन जुठो बार्नु पर्दछ ।

१०. जसको जतिदिन मरणाशौच जुठो लाथ्ने हो त्यति नै दिनबितेपछि सुनिएको आशौचलाई अतिक्रान्ता भनिन्छ । यस्तो प्रकारको जुठोमा आमा–बुबा, पति–पत्नि बाहेक अरुलाई स्नान मात्रैले शुद्ध हुन्छ ।

११. आशौचहरुमा क्रमशः सुतक, जुठो, रजस्वला, (नछुनेहुनु), सुतकी (सुत्केरी), शवदाहक (क्रियापूत्री)को उत्तरोत्तर प्रवलता हुन्छ ।

१२. १० दिने जुठो १० भित्र सुनेमा बाँकी दिन बार्ने, १० दिन बितेपछि ३ महिनाभित्रमा सुने ३ दिन बार्ने, ६ महिनाभित्र सुनेमा १.५ (डेढ) दिन बार्ने, ९ महिना भित्र सुनेमा १ दिन बार्ने, त्यसपछि सुनेमा स्नानमात्रैले शुद्ध हुन्छ ।

१३. विदेशमा रहेको अवस्थामा आमा–बुबा, पति–पत्नि मा १० भित्र सुनेमा मृत्यु भएको दिनदेखि गणना गरेर १० दिनसम्म बार्ने, तर १० दिन बितेपछि सुनेमा सुनेकै दिनदेखि गनेर १० सम्म पुरा बार्नु पर्दछ ।

१३. विदेशमा गएर मृत्यु भएका पति वा पत्नीबीचमा परस्पर १० दिन जुठो बार्नु पर्दछ ।

१४. सौतेनी आमाको अतिक्रान्त जुठो ३ दिन लाग्छ,  व्रतबन्ध गरेको पुत्रको वर्षदिन भित्रमा पुरा र वर्षदिन पछि सुनेमा ३ दिन जुठो लाग्छ ।

१५. स-गोत्री वा अरु जो कोहीले कारणवस दागबती दिएमा उसको नवश्राद्ध गरेर १० दिनमा चोखिन्छ ।

१६. रात्रिमा जन्म, मृत्यु, रजस्वला आदि भएमा रात्रिमानलाई ३ ले भाग गर्दा पहिलो दुईभागभित्र परेमा अघिल्लो दिन र अन्तिम भागमा परेमा भोलिपल्टको दिनको हिसाबले गणना गर्नु पर्दछ । तर कहीँ कतै सूर्योदयको अनुसार गर्ने चलन छ ।

१७. बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सुतक शुरु हुन्छ । आमालाई ३० रात बितेपछि पितृ वा देवकार्य र भान्छा चलाउन शुद्ध हुन्छ ।

१८. नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० सुतक बार्नु पर्दछ तर जुठो लाग्दैन ।

१९. नामाकरण भन्दा पहिले बच्चाको मृत्यु भएमा स्नान मात्र तर नामाकरण पछि दाँत नउम्रिन्जेल मृत्यु भई जलाएमा १ दिन बार्नु पर्दछ । तर नजलाएको खण्डमा स्नान मात्रै गर्दा हुन्छ । दाँत उम्रिए र ३ वर्ष भित्र चूडा क्षौर कर्म नगरुन्जेल १ दिन, चूडा कर्म भैसकेको भए वा ३ वर्षपछि व्रतबन्ध अगाडिको अवस्थामा पनि ३ दिन र व्रतबन्धपछि मृत्यु भएमा पुरा जुठो बार्नु पर्दछ ।

२०. चुडा गर्नु पूर्व कन्याको मृत्यु भएमा सपिण्डीहरु स्नानले शुद्ध हुन्छन् । ३ वर्षपछि बाग्दान पूर्व १ दिन तथा बाग्दानपछि विवाह अगाडि मृत्यु भएमा पति तथा पिताका दुवै कुलमा ७ पुस्तासम्मका दाज्युभाइहरुलाई ३ दिनसम्म जुठो लाग्दछ ।

२१. विवाह गरेकी विवाहिताको जुठो पिताको कुलमा ७ पुस्तासम्मका लागि ३ दिन लाग्दछ ।

२२. विवाहिता छोरी पिताको घरमा सुत्केरी भएमा दाजुभाइ, बान्धव, आमा–बुबालाई १ दिन सुतक लाग्दछ ।

२३. गायत्री सुनाएका वा वेद पढाएका गुरु, कर्म चलेका भान्जा–भान्जी, छोरीको छोरा–छोरी, आमाका आमा–बुबा, पत्निको आमा–बुबा, आफ्नो वा पति–पत्निको मामा–माईज्यु, छोरी–ज्वाँईको जुठो ३ दिन लाग्दछ ।

२४. विवाहिता छोरीलाई आफ्ना आमा–बुबा वा दाजु–भाइको जुठो ३ लाग्दछ भने अविवाहिता छोरीले पुरा १० जुठो बार्नु पर्दछ ।

२५. विवाहिता दिदी–बहिनी तथा दाजु–भाइमा परस्पर जुठो ३ दिन लाग्दछ ।

२६. आफुले पढाएको वा मन्त्रदान गरेको शिष्य, यजमान, पुरोहित, जेठान, जेठीसासु, साला–साली, भिनाजु, ज्वाँई, ठुली–सानी आमाका छोरा–छोरी र आफ्नै घरको सहयोगीहरुको जुठो १ दिन लाग्दछ ।

२७. भाउजु–बुहारी, नन्द आमाजुको परस्परमा जुठो १ दिन लाग्दछ । मामाको अथवा फुपुको छोरा–छोरी, कर्म नचलेको भान्जा–भान्जी, कर्म नचलेको छारीको छोरा–छोरी, मित र सहपाटीको जुठो डेढ दिन (३६ घण्ट), लाग्दछ ।

२८. धर्मपुत्र वा धर्मपुत्रीको हकमा पालकमाता–पिता वा जनकपिता दुवैतर्फ ३ दिन जुठो लाग्दछ ।

२९. एउटै आमाको तर पृथक पृथक पिताबाट जन्मेका दिदी–बहिनी तथा दाजु–भाइमा परस्पर सुतक भएमा १ दिन र जुठो भएमा ३ दिन लाग्दछ ।

३०. गुरुको पति–पत्नि वा छोरा–छोरीको जुठो १ दिन लाग्दछ ।

३१. एउटै गाँउ टोलछिमेकमा मृत्यु भएमा कुनै पनि नाता सम्बन्धी नपरेमा पनि जबसम्म लाश बाहिर लगिन्दैन तबसम्म जुठो रहने हुनाले देवकार्य–पितृकार्य गर्नु हुँदैन भन्ने विचार पनि शास्त्रमा उल्लेख पाईन्छ ।

३२. दशाह बन्धुहरुमा आफु जिवितै आफ्नो श्राद्ध आफैले गरिसकेको व्यक्ति, वानप्रस्थी, सन्यासी, र ब्रम्हचारी समेतले अरुको जुठो बार्नु पर्दैन । तर उनीहरुको सपिण्डी भित्रका भाइबन्धुहरुले बार्नु वा नबार्नु स्वइच्छामा तर छोरा–छोरीले भने गर्नु पर्ने सम्पूर्ण कृत्य गर्नु पर्छ । त्यस्ता व्यक्तिहरुको मृत शरीरलाई गाड्ने वा जलाउने जे गर्दा पनि हुन्छ ।

३३. आत्मा हत्या गर्नेहरुको मरणाशौच जुठो लाग्दैन भन्ने भनाई शास्त्रहरुमा उल्लेख छ ।

३४. पहिले पतिलाई छाडेर द्वोस्रो पतिबाट जन्मेका सन्तानहरुको आशौच लाग्दैन । देशमा संकट परेको अवस्थामा, अनिकाल परेको बेलामा, आशौच नबारे पनि हुन्छ । त्यस्तै रोगी, वैद्य, कालिगढ, शिल्पकार, अत्यावश्यक सेवामा रहेका राजकिय कर्मचारी आदिले प्रतिकुल अवस्थामा आवश्यकता अनुसारमा आशौच नबार्दा पनि केही हुँदैन ।

३५. व्रत सत्र, विवाह, श्राद्ध, होम, अर्जन, जप प्रारम्भ भइसकेको अवस्थामा आशौच लान्दैन ।

३६. यज्ञादिमा ब्राह्मणको वरणभएपछि, व्रतसत्रमा संकल्प गरेपछि, विवाहादिमा काम्य नान्दीमुख श्राद्ध गरेपछि, पाककर्म (पाकी सकेपछि), आशौच लाग्दैन ।

३७. विवाह, व्रतबन्ध, उत्सव, यज्ञादिको बीचमा आशौच परेमा अन्य शुद्ध आशौच नलाग्ने व्यक्तिहरुले ब्राह्मण भोजल गराउने, संकल्प गरिसकेकाले अभम दोष छैन ।

३८. जुठो सुतक परेका घरमा जलपान ग्रहण गर्नेहरुलाई पनि त्यो घर शुद्ध नभएसम्म शुद्ध नमानिन्ने हुनाले त्यस्तो घरमा प्रायः कसैले जलपानसम्म पनि ग्रहण नगर्ने चलन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending