Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

हिन्दू संस्कार अनुसार जुठो वा सूतक बार्नेबारे प्रचलन र व्यवस्था

खबरडबली संवाददाता

काठमाडाैं । हिन्दु धर्मावलम्बीले परिवारजनमा जुठो वा सूतक परेका बेला धार्मिक कार्य र श्राद्ध गर्दैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्ने दोधारमा पनि हुन्छ ।

आफू नजिकको कुन नातेदारको मृत्युमा जुठो पर्ने र सुत्केरी हुँदा सूतक परेका बेला अर्थात जन्म र मृत्यु संस्कारको समयमा परिवार र कूलका मानिसहरु अपवित्र हुने मान्यता छ । जन्म र मृत्युको केही समयसम्म देवकार्य र पितृकार्य जस्ता मांगलिक कामहरुमा प्रतिबन्ध लगाईएको हुन्छ । जसमध्ये कुनैपनि परिवारमा नयाँ व्यक्तिको जन्म भएको बेलामा १० दिनसम्म सूतक मान्ने गरिएको छ । मृत्युको समयमा सम्बन्ध अनुसार जुठो बार्ने गरिएको छ । यही कारणले नै हिन्दू संस्कार व्यवस्थामा पुस्तौपुस्तासम्मका मानिसहरुबीच समेत भातृत्वको भावना पाईन्छ ।

शास्त्रका अनुसार बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सूतक शुरु हुन्छ । जन्मदिने आमालाई ३० दिनसम्म सूतक लाग्छ । ३० दिनअघि आमाले पितृकार्य वा देवकार्य एवं भान्साको काम गर्नुहुँदैन । नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० दिन सूतक बार्नुपर्छ तर जुठो लाग्दैन । अरु सामान्य अवस्थामा पनि सपिण्डीहरुलाई १० दिन सूतक लाग्छ ।

हिन्दू संस्कार एवं धर्मशास्त्र अनुसार जुठो वा सूतक बार्नेबारे जानकारी

१. मूलपुरुषदेखि आरम्भ गरेर ७ पुस्तासम्मका भाइबन्धुहरुलाई सपिण्डी भनिन्छ । सपिण्डीहरुको आशौच (जुठो) १० दिन लाग्दछ ।

२. ८ देखि १४ पुस्तासम्मको भाइबन्धुहरुलाई सोदक भनिन्छ । सोदकहरुको आशौच (जुठो) ३ दिन लाग्दछ ।

३. १५ देखि २१ पुस्तासम्मको भाइबन्धुहरु सगोत्र भनिन्छ । सगोत्रहरुको आशौच (जुठो) १ दिन भन्नाले अहोरात्र (दिन र रात) लाग्दछ ।

४. पहिलेदेखि चलिआएको आशौच (जुठो) नसकिँदै अर्को त्यही समान वा सानोको आशौच (जुठो) थपियो भने पहिलेको सँगै सकिन्छ तर त्योभन्दा नजिकको वा ठुलो आशौच (जुठो) थपियो भने पुरै बार्नु पर्दछ ।

५. जन्मआशौच सुतक नसकिँदै मरणाशौच (जुठो) परेमा १० बार्नु पर्दछ ।

६. दशौं दिनको मध्यरात्रीसम्म अर्को मरणाशौच पर्यो भने २ दिन बढी बार्नु पर्दछ तर सानो वा ठूलोको विचार गर्नु पर्दछ । कहीँ कतै अलग–अलग बार्नु पर्दछ भन्ने पनि गरिन्छ । यसमा आ–आफ्नो कुलानुसार विचार गर्नु पर्दछ ।

७. पहिलो मरणाशौचको एघारौं दिनको सूर्योदयपछि अर्को मरणाशौच (जुठो) पर्योे पुरै मरणाशौच बार्नु पर्दछ ।

८. आमा–बुबा वा पति–पत्निको सन्दर्भमा अघिल्लो मरणाशौचले पछिल्लो मरणशौच लैजान्छ भन्ने नियम लागु हुँदैन पुरा अलग–अलग रुपमा बार्नु पर्दछ ।

९. आफ्नो आमा–बुबा, पति–पत्नीको जुठो १ वर्षसम्म निष्ठापूर्वक बार्नु पर्दछ , सौतेनी आमाको ६ महिना, सहोदर दाईभाइमा परस्पर ४५ दिन जुठो बार्नु पर्दछ ।

१०. जसको जतिदिन मरणाशौच जुठो लाथ्ने हो त्यति नै दिनबितेपछि सुनिएको आशौचलाई अतिक्रान्ता भनिन्छ । यस्तो प्रकारको जुठोमा आमा–बुबा, पति–पत्नि बाहेक अरुलाई स्नान मात्रैले शुद्ध हुन्छ ।

११. आशौचहरुमा क्रमशः सुतक, जुठो, रजस्वला, (नछुनेहुनु), सुतकी (सुत्केरी), शवदाहक (क्रियापूत्री)को उत्तरोत्तर प्रवलता हुन्छ ।

१२. १० दिने जुठो १० भित्र सुनेमा बाँकी दिन बार्ने, १० दिन बितेपछि ३ महिनाभित्रमा सुने ३ दिन बार्ने, ६ महिनाभित्र सुनेमा १.५ (डेढ) दिन बार्ने, ९ महिना भित्र सुनेमा १ दिन बार्ने, त्यसपछि सुनेमा स्नानमात्रैले शुद्ध हुन्छ ।

१३. विदेशमा रहेको अवस्थामा आमा–बुबा, पति–पत्नि मा १० भित्र सुनेमा मृत्यु भएको दिनदेखि गणना गरेर १० दिनसम्म बार्ने, तर १० दिन बितेपछि सुनेमा सुनेकै दिनदेखि गनेर १० सम्म पुरा बार्नु पर्दछ ।

१३. विदेशमा गएर मृत्यु भएका पति वा पत्नीबीचमा परस्पर १० दिन जुठो बार्नु पर्दछ ।

१४. सौतेनी आमाको अतिक्रान्त जुठो ३ दिन लाग्छ,  व्रतबन्ध गरेको पुत्रको वर्षदिन भित्रमा पुरा र वर्षदिन पछि सुनेमा ३ दिन जुठो लाग्छ ।

१५. स-गोत्री वा अरु जो कोहीले कारणवस दागबती दिएमा उसको नवश्राद्ध गरेर १० दिनमा चोखिन्छ ।

१६. रात्रिमा जन्म, मृत्यु, रजस्वला आदि भएमा रात्रिमानलाई ३ ले भाग गर्दा पहिलो दुईभागभित्र परेमा अघिल्लो दिन र अन्तिम भागमा परेमा भोलिपल्टको दिनको हिसाबले गणना गर्नु पर्दछ । तर कहीँ कतै सूर्योदयको अनुसार गर्ने चलन छ ।

१७. बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सुतक शुरु हुन्छ । आमालाई ३० रात बितेपछि पितृ वा देवकार्य र भान्छा चलाउन शुद्ध हुन्छ ।

१८. नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० सुतक बार्नु पर्दछ तर जुठो लाग्दैन ।

१९. नामाकरण भन्दा पहिले बच्चाको मृत्यु भएमा स्नान मात्र तर नामाकरण पछि दाँत नउम्रिन्जेल मृत्यु भई जलाएमा १ दिन बार्नु पर्दछ । तर नजलाएको खण्डमा स्नान मात्रै गर्दा हुन्छ । दाँत उम्रिए र ३ वर्ष भित्र चूडा क्षौर कर्म नगरुन्जेल १ दिन, चूडा कर्म भैसकेको भए वा ३ वर्षपछि व्रतबन्ध अगाडिको अवस्थामा पनि ३ दिन र व्रतबन्धपछि मृत्यु भएमा पुरा जुठो बार्नु पर्दछ ।

२०. चुडा गर्नु पूर्व कन्याको मृत्यु भएमा सपिण्डीहरु स्नानले शुद्ध हुन्छन् । ३ वर्षपछि बाग्दान पूर्व १ दिन तथा बाग्दानपछि विवाह अगाडि मृत्यु भएमा पति तथा पिताका दुवै कुलमा ७ पुस्तासम्मका दाज्युभाइहरुलाई ३ दिनसम्म जुठो लाग्दछ ।

२१. विवाह गरेकी विवाहिताको जुठो पिताको कुलमा ७ पुस्तासम्मका लागि ३ दिन लाग्दछ ।

२२. विवाहिता छोरी पिताको घरमा सुत्केरी भएमा दाजुभाइ, बान्धव, आमा–बुबालाई १ दिन सुतक लाग्दछ ।

२३. गायत्री सुनाएका वा वेद पढाएका गुरु, कर्म चलेका भान्जा–भान्जी, छोरीको छोरा–छोरी, आमाका आमा–बुबा, पत्निको आमा–बुबा, आफ्नो वा पति–पत्निको मामा–माईज्यु, छोरी–ज्वाँईको जुठो ३ दिन लाग्दछ ।

२४. विवाहिता छोरीलाई आफ्ना आमा–बुबा वा दाजु–भाइको जुठो ३ लाग्दछ भने अविवाहिता छोरीले पुरा १० जुठो बार्नु पर्दछ ।

२५. विवाहिता दिदी–बहिनी तथा दाजु–भाइमा परस्पर जुठो ३ दिन लाग्दछ ।

२६. आफुले पढाएको वा मन्त्रदान गरेको शिष्य, यजमान, पुरोहित, जेठान, जेठीसासु, साला–साली, भिनाजु, ज्वाँई, ठुली–सानी आमाका छोरा–छोरी र आफ्नै घरको सहयोगीहरुको जुठो १ दिन लाग्दछ ।

२७. भाउजु–बुहारी, नन्द आमाजुको परस्परमा जुठो १ दिन लाग्दछ । मामाको अथवा फुपुको छोरा–छोरी, कर्म नचलेको भान्जा–भान्जी, कर्म नचलेको छारीको छोरा–छोरी, मित र सहपाटीको जुठो डेढ दिन (३६ घण्ट), लाग्दछ ।

२८. धर्मपुत्र वा धर्मपुत्रीको हकमा पालकमाता–पिता वा जनकपिता दुवैतर्फ ३ दिन जुठो लाग्दछ ।

२९. एउटै आमाको तर पृथक पृथक पिताबाट जन्मेका दिदी–बहिनी तथा दाजु–भाइमा परस्पर सुतक भएमा १ दिन र जुठो भएमा ३ दिन लाग्दछ ।

३०. गुरुको पति–पत्नि वा छोरा–छोरीको जुठो १ दिन लाग्दछ ।

३१. एउटै गाँउ टोलछिमेकमा मृत्यु भएमा कुनै पनि नाता सम्बन्धी नपरेमा पनि जबसम्म लाश बाहिर लगिन्दैन तबसम्म जुठो रहने हुनाले देवकार्य–पितृकार्य गर्नु हुँदैन भन्ने विचार पनि शास्त्रमा उल्लेख पाईन्छ ।

३२. दशाह बन्धुहरुमा आफु जिवितै आफ्नो श्राद्ध आफैले गरिसकेको व्यक्ति, वानप्रस्थी, सन्यासी, र ब्रम्हचारी समेतले अरुको जुठो बार्नु पर्दैन । तर उनीहरुको सपिण्डी भित्रका भाइबन्धुहरुले बार्नु वा नबार्नु स्वइच्छामा तर छोरा–छोरीले भने गर्नु पर्ने सम्पूर्ण कृत्य गर्नु पर्छ । त्यस्ता व्यक्तिहरुको मृत शरीरलाई गाड्ने वा जलाउने जे गर्दा पनि हुन्छ ।

३३. आत्मा हत्या गर्नेहरुको मरणाशौच जुठो लाग्दैन भन्ने भनाई शास्त्रहरुमा उल्लेख छ ।

३४. पहिले पतिलाई छाडेर द्वोस्रो पतिबाट जन्मेका सन्तानहरुको आशौच लाग्दैन । देशमा संकट परेको अवस्थामा, अनिकाल परेको बेलामा, आशौच नबारे पनि हुन्छ । त्यस्तै रोगी, वैद्य, कालिगढ, शिल्पकार, अत्यावश्यक सेवामा रहेका राजकिय कर्मचारी आदिले प्रतिकुल अवस्थामा आवश्यकता अनुसारमा आशौच नबार्दा पनि केही हुँदैन ।

३५. व्रत सत्र, विवाह, श्राद्ध, होम, अर्जन, जप प्रारम्भ भइसकेको अवस्थामा आशौच लान्दैन ।

३६. यज्ञादिमा ब्राह्मणको वरणभएपछि, व्रतसत्रमा संकल्प गरेपछि, विवाहादिमा काम्य नान्दीमुख श्राद्ध गरेपछि, पाककर्म (पाकी सकेपछि), आशौच लाग्दैन ।

३७. विवाह, व्रतबन्ध, उत्सव, यज्ञादिको बीचमा आशौच परेमा अन्य शुद्ध आशौच नलाग्ने व्यक्तिहरुले ब्राह्मण भोजल गराउने, संकल्प गरिसकेकाले अभम दोष छैन ।

३८. जुठो सुतक परेका घरमा जलपान ग्रहण गर्नेहरुलाई पनि त्यो घर शुद्ध नभएसम्म शुद्ध नमानिन्ने हुनाले त्यस्तो घरमा प्रायः कसैले जलपानसम्म पनि ग्रहण नगर्ने चलन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending