Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

आठ वर्षसम्म पनि तीन किलोमिटर सडक कालोपत्रे भएन सदरमुकाम तम्घास

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

निर्माण व्यवसायीले उक्त सडकको काम गर्ने भनी सात पटकसम्म म्याद थप गर्दा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । यसअघि सडक डिभिजन कार्यालय पाल्पा, तम्घास सिमलटारी प्यूठान, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तुले उक्त सडक निर्माणको काम गर्दै आएको थियो । 

सडकको सुरुको खण्डअन्तर्गत तम्घास–खाम्सेपानीदेखि सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सचित्तानन्द चौधरीले जानकारी दिए । निर्माण व्यवसायीले पटकपटक म्याद थप गर्ने तर काम नगर्ने गरेकाले सडक निर्माण अलपत्र परेको उनले बताए ।

सडक निर्माणको जिम्मा पाएको लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले अन्तिम पटक भन्दै विसं २०८० असारसम्मको म्याद थप गरेको थियो । म्याद थप गरेपनि अहिलेसम्म बाँकी सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन । विसं २०७१ असार ३१ गते सम्झौता भई विसं २०७२ चैत्र ३० गते सम्पन्न गर्ने गरी रु सात करोड १९ लाख ८७ हजारमा सम्झौता भएको थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा यहाँका नागरिकले समस्या खेप्दै आइरहेका छन् । रेसुङ्गा नगरपालिकासँग जोडिएको मुख्य नाकाको सडक वर्षौँदेखि अलपत्र हुँदा नगरपालिकाले गम्भीररुपमा ध्यानाकर्षण भएको जनाएको छ । 

सडक निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, काम अलपत्र पारेर नागरिकलाई सास्ती दिने व्यवसायीलाई सम्बन्धित कार्यालयले कालोसूचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

सडक कालोपत्रे नहुँदा महँगो भाडा तिरेर सदरमुकामसम्म आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ थियो । “कालोपत्रेका लागि नाली र ग्राभेलको काम सम्पन्न भैसकेको थियो । लामो समयसम्म काम नहुँदा सडकको ग्राभेल पानीले बगाएर खाल्डा परिसकेको छ”, प्रमुख चौधरीले भने । उनका अनुसार वर्षामा हिलो र हिउँदमा धुलोले आवागमनमा सास्ती हुने गरेको छ ।

उनले निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयदेखि सडक अलपत्र अवस्थामा रहेको बताए । पटकपटक ताकेता गर्दा पनि काम हुन नसकेको जनाउँदै प्रमुख चौधरीले कार्यालयले बैंक ग्यारेन्टी तान्नका लागि पत्रसमेत काटेको बताए । यसपटक पनि काम सम्पन्न नगरेको खण्डमा ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ ।  

लामो समयदेखि सडक निर्माण अलपत्र परेपछि यस क्षेत्रका नागरिक आक्रोशित बनेका छन् । समयमै सडक निर्माण नहुँदा उक्त सडकबाट तम्घासहुँदै, धुर्कोट र मदाने गाउँपालिका जाने नागरिक थप समस्यामा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्। सोमबार बसेक...

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending