Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

खबरडबली संवाददाता

काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । 

यही रोल्पा नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्वकालको एक उद्गमस्थल पनि हो, जहाँ माओवादी पार्टीका नेता कार्यकर्ता मात्रै सात सय ४२ सहिद भए । विसं २०५८ असार २७ गते भएको होलेरी आक्रमणमा सरकार र विद्रोही पक्षका गरी ३९ जना मारिएका थिए ।

लोकतान्त्रिक आन्दोलनको सफलतापछिका राजनीतिक गतिविधि र निर्वाचनमा माओवादीको प्रभाव नरहने कुरै भएन । यही जिल्लाका जनताबाट निर्वाचित भएका प्रतिनिधि मुलुकको सभामुख, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्री भइसकेका छन् । अरु जिल्लाको जस्तै रोल्पाको विकास पनि क्रमशः हुँदैछ तर जति हुनुपर्ने हो त्यति नभएको देखिन्छ ।

रोल्पालीका धेरै सपना पूरा हुन बाँकी नै छ, ती सपना माओवादीले मात्रै पूरा गर्न सक्दैन । यहाँको विकासका लागि अरु राजनीतिक दलको भूमिका पनि आवश्यक छ भनेर विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएकी ईश्वरी घर्तीमगर अहिले नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य छिन् । 

नुवागाउँको अरनिको माविमा पढ्दै गर्दा विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेकी सांसद घर्तीमगर पछि अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष भइन् । केही समय पत्रकारितामा पनि आफूलाई सक्रिय बनाएकी उनी प्रेस चौतारी नेपालको पनि जिल्ला अध्यक्ष भइन् । 

भूगोल र पार्टीको राजनीतिक भूमिकाबाट पहिलोपटक सिंहदरबारको संसदीय भूमिकामा आउँदा प्रारम्भमा उनको समय संसदीय अभ्यास, यसका नियमावली र आचारसंहिता आदिबारे सिकाइमै बित्यो । सरकार निर्माण, राष्ट्रपति–उपराष्ट्रपतिका निर्वाचन आदि घटनाक्रमले पनि विधि निर्माणको संसदीय भूमिकाको भेउ पाउन सांसद घर्तीमगरलाई केही समय लाग्यो ।

पार्टीको राजनीतिमा जस्तो एकोहोरो जिम्मेवारी पूरा गरेर पनि सांसदले सुख पाउँदैन । सांसद घर्तीमगरलाई अहिले यो कुरा स्पष्ट भइसक्यो कि सांसद भनेको पार्टीप्रति मात्रै उत्तरदायी हुने पद होइन, देश र जनताप्रति समर्पित भएर कानुन बनाउने विधायक हो । हुन त जनताले सानातिना (नागरिकता, राहदानी) देखि ठूला आयोजनासम्ममा सांसदलाई सम्झने गर्दछन् । जनताले आफ्ना कुरा सदनमा पुगोस् भन्ने चाहन्छन् । शून्य समय, आकस्मिक समय र विशेष समयमा समय पाएर हरेक विषयलाई न्याय गरेर बोल्न सांसदलाई पनि सहज छैन ।

जनताका आँखामा जुन सांसदले बढी बजेट र विकास ल्याउन सक्यो, त्यही ठूलो नेता कहलिन्छन् । ईश्वरीले हालसम्म धेरै पटक सदनमा उठाएको विषय–सहिदमार्गको निर्माण र स्तरोन्ततिबारे सरकारले पर्याप्त ध्यान दिएको छैन । द्वन्द्वकालमा लाइफलाइनका रुपमा लिइने २२० किलोमिटरको यो सडक दाङ–रोल्पा हुँदै पूर्वी रुकुमको हुकाममैकोटसम्म पुग्छ । घोराही–होलेरी सडकको अवस्था पनि बिजोग छ ।

“दयनीय अवस्थामा रहेको यो सडक बनाउन कनिका छरेजस्तो बजेट हालेर पुग्दैन । सांसद घर्तीमगर प्रश्न गर्छिन्, “बजेट र योजना पार्न सत्ता पक्षका सांसद हुनुपर्ने तथा मन्त्री र कर्मचारीलाई ढोग्न जानुपर्ने अवस्थाबाट देश बन्छ ? अहिले पनि रोल्पालीका सपना र चाहना पूरा गर्ने खालका योजना किन परेका छैनन् ?”

रोल्पालीका शिक्षा, कृष र पर्यटन आदिका सपना पूरा गर्दै उनीहरुका जनजीवनमा परिवर्तन गराउन सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिकी सदस्य घर्तीमगर सरकारले विधेयक बनाउँदा सम्बन्धित संसदीय समितिका निर्देशनको पालना र सरोकार भएका पक्षसँग पर्याप्त छलफल नगरेको टिप्पणी गछ्रिन् । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा अहिले भइरहेको शिक्षक–कर्मचारीको आन्दोलन त्यसैको उपज रहेको उनको बुझाइ छ । 

उक्त विधेयकलाई जस्ताको तस्तै पारित नगर्ने स्पष्ट गर्दै सांसद घर्तीमगरले यसमा सबै दलका सांसदबीचको छलफल र सहमतिका आधारमा अघि बढ्ने गरी पहल भएको स्पष्ट गरिन् । “सरकारले समितिका निर्देशन पालना गरिरहेको हुँदैन । विधेयक बनाउँदा पनि हामीसँग परामर्श हुन्न । औपचारिक निर्वाह गर्ने हिसाबले गरिने कामले जनता र सरोकारवालामा परिणाम दिन सकिन्न”, सांसद घर्तीमगरले भनिन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending