Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सङ्घीयताको अनुभूति गर्दै नागरिक

खबरडबली संवाददाता

ताप्लेजुङ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेम्बा शेर्पा विगत नौ वर्षअगाडि योजना सम्झांता गर्न चार दिन हिँडेर सदरमुकाम पुग्नु हुन्थ्यो । उहाँलाई योजना सम्झौता गरेर गाउँ पुग्न करिब ११ दिन समय खर्च गर्नुपथ्र्ये । अहिले शेर्पाले कुनै योजना सम्झौता गर्न तीन दिनमा काम सकेर घर पुग्छन् ।

सङ्घीय संरचनामा गएसँगै फक्ताङलुङ गाउँपालिकाको केन्द्र शेर्पाको गाउँ नजिकै स्थापना भएपछि प्रायःजसो उहाँलाई अहिले सदरमुकाम फुङ्लिङ थाउनु परेको छैन । अहिले पनि घुन्सा गाउँदेखि वडा कार्यालय पुग्न एक दिन पूरै लाग्छ । शेर्पाले भने, “गाउँपालिका आएपछि केही सहज भएको छ, अगाडि योजना सम्झौता गर्न दुई साता लाग्थ्यो, अहिले तिनमा दिन हुन्छ, तर कहिले काही कर्मचारीहरुले काम गरि दिँदैनन् अलिक दिन बस्नुपर्ने हुन्छ ।” 

शेर्पाका अनुसार घुन्सा गाउँमा ५० घरपरिवार, फले टारमा ४० घर, ग्याप्लामा १२ घर र थाङकेम छ घरपरिवारका लागि छुट्टै वडा बनाएमा अझ सङ्घीयताको अनुभूति हुने शेर्पाले बताउनुभयो । फक्ताङलुङ–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार सात वडा मिलेर फक्ताङलुङ गाउँपालिका बनेको छ । घुन्सा क्षेत्रका गाउँहरु समेटेर छुट्टै वडा बनाउनका लागि कार्यपालिकामा पहिलो कार्यकालमै प्रस्ताव आएको थियो । अहिलेसम्म त्यो प्रस्ताव विचाराधीन छ ।

मेरिङदेन गाउँपालिकाका विपना लिम्बू सदरमुकाम नआएको वर्षदिन भयो । उहाँको घर नजिकै गाउँपालिका केन्द्र स्थापना भएको छ । आर्थिक कारोबार गर्नका लागि पनि गाउँपालिकामै बैंक खुलेपछि अझ सदरमुकाम जानुपर्ने खासै काम नभएको लिम्बूले बताए । सिदिङवा गाउँपालिका–४ की फुलमाया लिम्बूले पढाइ सकेसँगै आफ्नै गाउँ नजिकै रहेको गाउँपालिकामा रोजगारीको अवसर पाउनुभयो । आफ्नो पढाइअनुसारको गाउँमा नै रोजगारी पाउँदा निकै खुसी लागेको लिम्बूले बताए ।

गाउँमा पालिका केन्द्र स्थापना भएसँगै अहिले पालिका नजिक बजार विस्तार हँुदै गएका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि प्रत्येक पालिका केन्द्रसम्म यातायातका साधन गाडी चल्दै आएका छन् । गाउँपालिका स्थापना भएसँगै गाउँगाउँमा विकासले गति लिन थालेको सिरिजङ्घा गाउँपालिका–६ का हर्क लिम्बूले बताउनुभयो । ताप्लेजुङमा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् । जिल्लामा अहिले ६१ वडा कार्यालय रहेका छन् । सदरमुकामदेखि सबै वडासम्म यातायात सहजै पुगेकाले पनि नागरिकहरुलाई सङ्घीयताको अनुभूति गर्न पाएको लिम्बूले बताए ।

विगतका वर्षहरुमा दुर्गम बस्तीहरुमा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने हुन्थ्यो । धेरैको उपचार गर्न अस्पतालसम्म बोकेर लैजानुपर्ने हुन्थ्यो । अस्पताल लैजाँदा लैजाँदै धेरैले अस्पताल नपुगी बीच बाटो ज्यान गुमाउनुपर्ने बाध्यता थियो । स्थानीय सरकार आएसँगै प्रत्येक टोलमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य चौकीबाट अन्य अस्पतालसम्म बिरामी लैजानका लागि प्रत्येक गाउँपालिकाहरुले आफ्नै स्वामित्वमा एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिकाले नागरिकहरुलाई जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए । अन्य गाउँपालिकाहरुले पनि महिला, विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छन् ।

स्थानीय सरकार आएसँगै गाउँ–गाउँमा सञ्चालनमा रहेका समुदायिक विद्यालयहरुको शिक्षण सिकाइको गुणस्तरमा समेत सुधार हुँदै गएको मिक्वाखोला गाउँपालिका–५ का सुखबहादुर लिम्बूले बताए । शिक्षाको गुणस्तरमा सुधार आएसँगै गाउँका विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएको लिम्बूले बताए । प्रत्येक पालिकाहरुले आफ्नै शिक्षा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको छ ।

संविधानले परिकल्पना गरेअनरुप तीन सरकार सञ्चालनमा रहेका छन् । नागरिकहरुको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । हरेक नागरिकहरुका समस्यामा स्थानीय सरकार उपस्थित रहेको हुन्छ । 

सञ्चारकर्मी सीताराम गरागाइँका अनुसार संविधान बनेपछि खासगरी समावेशीकरणको मुद्दामा धेरै प्रगति भएको छ । राज्यको मूलधारमा आउन नसकेका वर्ग र समुदायलाई मूलधारमा ल्याउन हाम्रो संविधानमा प्रशस्त व्यवस्था गरेको उनको बुझाइ छ । यसबाट शासन प्रणालीका विभिन्न अङ्गमा महिला, आदिवासी, जनजाति, दलित, मधेसीलगायत पछाडि पारिएका समुदायका व्यक्तिको प्रतिनिधित्व बढेको गुरागाइँले बताए ।

“संविधान नेपाली जनताले आफ्ना अधिकारका लागि आजसम्म गरेका सबै सङ्घर्षहरुको निष्कर्ष र एकमुष्ट उपलब्धि हो, यसमा उल्लिखित सबै धारा र उपधाराहरु बलिदानका स्वर्णिम अक्षरहरुले लेखिएका छन्, यसले नयाँ नेपालको मार्गचित्र तयार गरेको छ”, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने, “गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, शासन सञ्चालनमा समानुपातिक सहभागिता, स्वतन्त्र परराष्ट्र नीति तथा लोककल्याणकारी राज्यको चरित्र, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त, विधिको शासन र मौलिक हकहरुको सुनिश्चिततालाई आधार मान्दै वर्तमान राज्य चरित्रलाई समाजवाद उन्मुख व्यवस्थामा रुपान्तरण गर्ने स्पष्ट रोडम्याप यो संविधानको मूलभूत विशेषता हुन् ।” 

संविधान निर्माणका हिसाबले आठ वर्ष बिते पनि व्यवस्थित र पूर्ण कार्यान्वयनका हिसाबले यो संविधान अझै पनि प्रारम्भिक अवस्थामै रहेको वनेमले बताए । उनका अनुसार संविधान देशको मूल कानुन भएकाले यसले परिकल्पना गरेअनुसार अन्य कानुन बनाउने, पुराना कानुनलाई संशोधन गर्ने, विस्थापन गरि नयाँ ऐनहरु जतिसक्दो चाँडो बनाएर लागू गर्नुपर्दछ ।

“संविधानले संस्थागत गरेको सङ्घीयताको मर्मअनुसार देश सञ्चालन गर्नुपर्दछ, सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको बीचमा असन्तुलन आउने गरी कुनै पनि कानुन निर्माण गरिनुहुन्न”, उनले भने, “संविधानको कार्यान्वयनमा ठूलाठूला चुनौती देखापर्न थाल्छन्, जसको सङ्केत देखिन थालेका छन्, यो संविधानको रक्षाका लागि यसका निम्ति लड्ने सबै नागरिकहरु स्वयं लाग्नुपर्ने अवस्था आएको छ ।”     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE