Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कर्णालीका नौ स्थानीयतह अझै सडक पहुँचबाहिर

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये नौ वटा स्थानीय तहका केन्द्र सडक पहुँचमा छैनन् । राष्ट्रिय राजमार्गबाट १७४ किलोमिटर ट्र्याक खोल्ने हो भने नौ वटा स्थानीय तहले सडक पहुँच प्राप्त गर्ने छन् ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशमा स्थानीय, क्षेत्रीय र प्रदेशस्तरीय गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक रहेको छ । सोमध्ये २१६.२८ किलोमिटर नालासहित सडक स्तरोन्नति गरिएको छ । प्रदेशका १० जिल्लामा ४३४।०१ किलोमिटर सडक ग्राभेल र ७८.९ किलोमिटर कालोपत्रे गरिएको छ । ५७ वटा पालिका केन्द्रका सडक कालोपत्रे गर्न बाँकी छ । कम्तीमा पनि ७७१ किलोमिटर सडकको स्तरोन्नति गरिहाल्नुपर्ने अवस्थामा रहेको बताइन्छ । 

डोल्पा जिल्लाका पाँच, कालीकोटका तीन र मुगु जिल्लाको एउटा पालिकामा सडक पुगेको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार डोल्पाका मुड्केज्युला, काइके, छार्कातोङसोङ, से फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिकामा सडक पहुँच पुगेको छैन ।

कालीकोट जिल्लाका शुभकालिका, महाबै र पचालझरना गाउँपालिका तथा मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिका केन्द्रमा पनि सडक पुग्न सकेको छैन । प्रदेशमा सडक पुग्न नसकेका पालिका केन्द्र तथा सडक पुगेका भए तिनको स्तरोन्नतिका लागि कर्णालीमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम लागु भएको छ । यस कार्यक्रमबाट १५ वर्षभित्र सबै पालिका केन्द्र तथा वडामा सडक पु¥याई कालोपत्रे गरिने लक्ष्य राखिएको छ । विश्व बैङ्कको सहयोगमा यो कार्यक्रम लागु भएको हो । 

आयोजनाले सुर्खेतमा सुझाव सङ्कलन कार्यक्रम गरी सो जानकारी दिएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेतका प्रमुख सिनियर डिभिजनल इन्जिनियर पवन चन्दले अहिलेसम्म कर्णालीका नौ पालिका केन्द्रसम्म सडक नपुगेको हुँदा विश्व बैङ्कको सहयोगमा १५ वर्षभित्र सबै पालिका र वडा केन्द्रसम्म सडक पु¥याई कालोपत्रे गर्ने कार्यक्रम सुरु भएको बताए । 

सोही कार्यक्रम अनुसार दैलेखको डुङ्गेश्वर गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका र कालीकोटको महावै गाउँपालिकालाई छनोट गरी पालिका केन्द्रसम्म सडक पु¥याउन सुरु गरिसकिएको छ । सुर्खेतका आयोजना प्रमुख चन्दले प्रादेशिक पूर्वाधार निर्देशक समिति गठन गरी बाँकी पालिकाको छनोट गरेर काम थालिने जानकारी दिए । उनका अनुसार यसै कार्यक्रमबाट सडक पुग्न नसकेका पालिकामा नयाँ ट्र्याक खोलिने छ । ट्र्याक खुलेको स्थानमा कालोपत्रे गरिने छ । 

बाह्रै महिना यातायात सञ्चालन हुने सडक निर्माण गरी कर्णालीवासीलाई विकासको अनुभूति दिलाउने, कोरिडोरका कारण आयआर्जन तथा जीवनयापनमा पनि सुधार आउने कार्यक्रमको लक्ष्य रहेको छ । केन्द्रीय आयोजना प्रमुख सिडिई वैकुण्ठ अर्यालले यस कार्यक्रमले सङ्घीय तथा राष्ट्रिय सडकलाई नछुने बताए । उनका अनुसार १५ वर्षमा सबै वडामा सडक पु¥याउन १७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । यद्यपि कामको उपयोगिताका आधारमा बजेट प्राप्त हुँदै जाने र सडक छनोट गरी काम पनि अघि बढाउँदै जाने योजना रहेको छ । विश्व बैङ्कका नेपाल टिम लिडर रेनु अनेजाले अबको एकरदुई महिनाभित्रबाट काम सुरु भइसक्ने बताए । सडक नै पुग्न नसकेको पालिकालाई प्राथमिकताका अनुसार काम गरिने जनाइएको छ।

कार्यक्रमका लागि छनोट गरिएको हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले राष्ट्रिय राजमार्गसँग पालिकाको सडक पहुँच जोडिएपछि स्थानीय उत्पादन निर्यात गरी स्थानीयको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले वडा र पालिकासम्म सडक पुर्याउँदा त्यसको उपयोगितालाई पनि ध्यान दिनुपर्ने बताए । उनले सबै वडालाई सडक सञ्जालमा जोडिनु महत्वकाङ्क्षी योजना भएको हुँदा यसका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले लक्ष्य अनुसारको काम हुनेमा विश्वस्त रहेको बताए । उनले काम गर्दा विवाद आए तत्काल समाधान गरी अघि बढाउनुपर्ने बताए । मन्त्रालयका निमित्त सचिव रमेश सुवेदीले १५ वर्षभित्र कार्यक्रमबाट कर्णालीका सबै पालिका र वडाका सडक कालोपत्रे गरिने योजना रहेको जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE