Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कर्णालीका नौ स्थानीयतह अझै सडक पहुँचबाहिर

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये नौ वटा स्थानीय तहका केन्द्र सडक पहुँचमा छैनन् । राष्ट्रिय राजमार्गबाट १७४ किलोमिटर ट्र्याक खोल्ने हो भने नौ वटा स्थानीय तहले सडक पहुँच प्राप्त गर्ने छन् ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशमा स्थानीय, क्षेत्रीय र प्रदेशस्तरीय गरी दुई हजार ४२४.११ किलोमिटर कच्ची सडक रहेको छ । सोमध्ये २१६.२८ किलोमिटर नालासहित सडक स्तरोन्नति गरिएको छ । प्रदेशका १० जिल्लामा ४३४।०१ किलोमिटर सडक ग्राभेल र ७८.९ किलोमिटर कालोपत्रे गरिएको छ । ५७ वटा पालिका केन्द्रका सडक कालोपत्रे गर्न बाँकी छ । कम्तीमा पनि ७७१ किलोमिटर सडकको स्तरोन्नति गरिहाल्नुपर्ने अवस्थामा रहेको बताइन्छ । 

डोल्पा जिल्लाका पाँच, कालीकोटका तीन र मुगु जिल्लाको एउटा पालिकामा सडक पुगेको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार डोल्पाका मुड्केज्युला, काइके, छार्कातोङसोङ, से फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिकामा सडक पहुँच पुगेको छैन ।

कालीकोट जिल्लाका शुभकालिका, महाबै र पचालझरना गाउँपालिका तथा मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिका केन्द्रमा पनि सडक पुग्न सकेको छैन । प्रदेशमा सडक पुग्न नसकेका पालिका केन्द्र तथा सडक पुगेका भए तिनको स्तरोन्नतिका लागि कर्णालीमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम लागु भएको छ । यस कार्यक्रमबाट १५ वर्षभित्र सबै पालिका केन्द्र तथा वडामा सडक पु¥याई कालोपत्रे गरिने लक्ष्य राखिएको छ । विश्व बैङ्कको सहयोगमा यो कार्यक्रम लागु भएको हो । 

आयोजनाले सुर्खेतमा सुझाव सङ्कलन कार्यक्रम गरी सो जानकारी दिएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेतका प्रमुख सिनियर डिभिजनल इन्जिनियर पवन चन्दले अहिलेसम्म कर्णालीका नौ पालिका केन्द्रसम्म सडक नपुगेको हुँदा विश्व बैङ्कको सहयोगमा १५ वर्षभित्र सबै पालिका र वडा केन्द्रसम्म सडक पु¥याई कालोपत्रे गर्ने कार्यक्रम सुरु भएको बताए । 

सोही कार्यक्रम अनुसार दैलेखको डुङ्गेश्वर गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका र कालीकोटको महावै गाउँपालिकालाई छनोट गरी पालिका केन्द्रसम्म सडक पु¥याउन सुरु गरिसकिएको छ । सुर्खेतका आयोजना प्रमुख चन्दले प्रादेशिक पूर्वाधार निर्देशक समिति गठन गरी बाँकी पालिकाको छनोट गरेर काम थालिने जानकारी दिए । उनका अनुसार यसै कार्यक्रमबाट सडक पुग्न नसकेका पालिकामा नयाँ ट्र्याक खोलिने छ । ट्र्याक खुलेको स्थानमा कालोपत्रे गरिने छ । 

बाह्रै महिना यातायात सञ्चालन हुने सडक निर्माण गरी कर्णालीवासीलाई विकासको अनुभूति दिलाउने, कोरिडोरका कारण आयआर्जन तथा जीवनयापनमा पनि सुधार आउने कार्यक्रमको लक्ष्य रहेको छ । केन्द्रीय आयोजना प्रमुख सिडिई वैकुण्ठ अर्यालले यस कार्यक्रमले सङ्घीय तथा राष्ट्रिय सडकलाई नछुने बताए । उनका अनुसार १५ वर्षमा सबै वडामा सडक पु¥याउन १७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । यद्यपि कामको उपयोगिताका आधारमा बजेट प्राप्त हुँदै जाने र सडक छनोट गरी काम पनि अघि बढाउँदै जाने योजना रहेको छ । विश्व बैङ्कका नेपाल टिम लिडर रेनु अनेजाले अबको एकरदुई महिनाभित्रबाट काम सुरु भइसक्ने बताए । सडक नै पुग्न नसकेको पालिकालाई प्राथमिकताका अनुसार काम गरिने जनाइएको छ।

कार्यक्रमका लागि छनोट गरिएको हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले राष्ट्रिय राजमार्गसँग पालिकाको सडक पहुँच जोडिएपछि स्थानीय उत्पादन निर्यात गरी स्थानीयको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले वडा र पालिकासम्म सडक पुर्याउँदा त्यसको उपयोगितालाई पनि ध्यान दिनुपर्ने बताए । उनले सबै वडालाई सडक सञ्जालमा जोडिनु महत्वकाङ्क्षी योजना भएको हुँदा यसका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले लक्ष्य अनुसारको काम हुनेमा विश्वस्त रहेको बताए । उनले काम गर्दा विवाद आए तत्काल समाधान गरी अघि बढाउनुपर्ने बताए । मन्त्रालयका निमित्त सचिव रमेश सुवेदीले १५ वर्षभित्र कार्यक्रमबाट कर्णालीका सबै पालिका र वडाका सडक कालोपत्रे गरिने योजना रहेको जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending