Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

संविधान कार्यान्वयनमा होइन उल्लंघनमै जोड !

खबरडबली संवाददाता

काठमाडाैं । २०७२ साल असोज ३ गतेदेखि लागू भएको नेपालको संविधान २०७२ को प्रस्तावनाको अन्तिम हरफमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न…..यो संविधान जारी गर्दछौं ।’

संविधान जारी भएको ८ वर्ष पूरा भएर ९ वर्ष लागेको छ । तर, संविधानमा उल्लेखित अधिकारहरू प्रदेश र स्थानीय तहले अझै पाउन सकेका छैनन् । …. विकास र समृद्धिको आकांक्षा पुरा हुने मनसायका साथ संविधानमा विकेन्द्रीत शासन व्यवस्था संघीयता अवलम्वन गरिएको हो ।

संविधानमा संघ र प्रदेशको साझा अधिकारको सूचीमा २५ वटा विषय छन् । यस्तै संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा १५ वटा विषय छन् । प्रदेशका एकल अधिकार सूचिमा २१ वटा विषय उल्लेखित छन् ।तर, नपाएको अधिकारका लागि संघीय सरकारसँग लड्नुको साटो कोशी प्रदेश सरकार र प्रदेशसभा भने आफैं संविधानको उल्लङ्घनको मानक बन्दै गएको छ ।

उदाहरण कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा भएका तीन घटनाक्रमलाई नै लिन सकिन्छ । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनै पनि दलले प्रदेशमा बहुमत पाउन नसक्दा पुस २४ मा एमाले नेता कार्की नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, बीचैमा माओवादी र जसपाले साथ छाडेपछि प्रदेशसभामा लिएको विश्वासको मत पु¥याउन नसकेर कार्की असार १५ मा पदमुक्त बने ।

त्यसपछि संविधानको धज्जी उडाउन सुरु भयो । असार २१ मा कांग्रेस नेता उद्धब थापा मुख्यमन्त्री त बने तर संविधानको उल्लंघन गरे । उनले सभामुख बाबुराम गौतमलाई सरकारको समर्थनमा हस्ताक्षर गर्न लगाएर संविधानको उल्लंघन गरेका हुन् । सर्वोच्च अदालतले पनि संविधान उल्लंघन भएको आदेश नै दिएको छ ।त्यही कारण मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वोच्च अदालतले पदमुक्त गरिदियो ।

लगत्तै सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बने । भदौ ४ मा विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवारलगायतका एमाले–राप्रपाका ८ जना ज्येष्ठ सदस्य अनुपस्थित रहे । सत्ता गठबन्धनले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई पनि मुख्यमन्त्रीको पक्षमा मत दिन लगाएर पुनः संविधान विपरीत कदम चाल्यो । बैठकको अध्यक्षता गरेका मन्सुरीको मतले पनि थापा सरकारमा टिक्न सकेनन् ।

संविधान उल्लंघन भएको विषय सर्वोच्चमा पुग्यो र सर्वोच्चले भदौ २१ गते थापाको नियुक्ति फेरि बदर ग¥यो । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । त्यही परमादेशपछि एमाले नेता कार्की ७० दिनपछि सरकारको नेतृत्वमा छन् ।कोशी प्रदेशमा संविधानको उल्लंघन त्यतिमा मात्रै सीमित छैन । संविधानको व्यवस्था विपरीत प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्यायो । उक्त बजेट प्रदेशसभामा टेबुल भएको ६० दिनभित्र प्रतिस्थापन गर्न नसक्दा भदौ १० गतेदेखि दुई हप्ता लामो बजेटबिहीनता प्रदेशले भोग्नु पर्यो । संविधानले यस्तो परिकल्पना गरेको थिएन ।

प्रदेशलाई बलियो बनाउन र एकल अधिकार सूचीमा रहेका विषय कार्यान्वयनमा पनि प्रदेश सरकार उदासिन छ । पहिलो कार्यकालमा पाँच दर्जनबढी कानून निर्माण गरेको प्रदेशसभाको दोस्रो कार्यकालमा भने जम्माजम्मी दुईवटा कानून निर्माण गरेको छ । मधेश प्रदेश सरकारले संघीय सरकारसँग अधिकार नदिएको भन्दै सर्वोच्चमा कैंयौं मुद्दा दर्ता गराएको छ । तर, कोशी प्रदेश सरकार आफ्नै अधिकारहरु प्राप्त गर्ने दिशामा सशक्त ढंगले अगाडि बढ्न पनि सकेको छैन ।

संविधानको धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६ को उपधारा (४) सँग सम्बन्धीत अनुसूचीमा प्रदेशका एकल अधिकारको सूची छ । जसमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा पहिलो नम्बरमा छ ।

त्यस विषयमा कुनै प्रगति हुन सकेको छैन । यस्तै रेडियो, एफ. एम, टेलिभिजन सञ्चालनको विषयमा कुनै कानून निर्माण गर्न, स्वास्थ्य सेवासम्बन्धी कानून निर्माण गरेर अगाडि बढ्न प्रदेशले सकेको छैन । प्रदेशको अधिकार सूचीमा रहेको प्रदेश लोकमार्ग निर्माण, प्रदेश अनुसन्धान व्यूरो संचालन गर्न, भूमि व्यवस्थापन, जग्गाको अभिलेख राख्न, खानी अन्वेषण र व्यवस्थापन गर्न, गुठी व्यवस्थापन लगायतका काममा प्रदेशले सिन्को समेत भाँच्न सकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE