Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भारत–क्यानडा सम्बन्ध तनावग्रस्त, के हाे घटना ?

खबरडबली संवाददाता

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा विश्वसनीय सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए। भारतले उक्त आरोपलाई "निरर्थक" को सङ्ज्ञा दिएको छ।

"क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो," ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने, "त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।"

दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। 

भारतको प्रतिक्रिया र प्रत्यारोप

मङ्गलवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ। क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू "निरर्थक र प्रेरित" भएको विज्ञप्तिमा लेखिएको छ।

हरदीप सिंह निज्जर

"क्यानडाका प्रधानमन्त्रीबाट हाम्रा प्रधानमन्त्रीसमक्ष त्यस्तै आरोपहरू लगाइएको थियो र तिनको पूर्ण रूपमा खण्डन गरिएको थियो।

"क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा जे कुराहरू भने हामी तिनलाई अस्वीकार गर्छौं। हामी क्यानडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं।"

"यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानडाले त्यस्ता खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।"

यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ। "क्यानडाका नेताहरूले त्यस्ता तत्त्वहरूसँग खुलेर सहानुभूति देखाउँछन् जुन हाम्रो लागि गम्भीर चिन्ताको विषय हो।"

"क्यानडामा हत्या, मानव बेचबिखन र सङ्गठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन। हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्न गराउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं," विज्ञप्तिमा भनिएको छ।

"हामी क्यानडा सरकारलाई क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्छौँ।"

कूटनीतिज्ञ निष्कासित

निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई दृष्टिगत गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरिएको क्यानडाले जनाएको छ।

सोमवार ट्रूडोको अभिव्यक्तिपछि पत्रकारहरूसँग बोल्ने क्रममा विदेशमन्त्री मेलानी जोलीले उक्त घटनामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिइन्।

प्रत्युुत्तरमा भारतले मङ्गलवार क्यानडाका एक वरिष्ठ कूटनीतिज्ञलाई निष्कासित गरेको छ। ट्रूडोले जी२० सम्मेलनमा सहभागी हुने क्रममा उक्त विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाएका थिए।

त्यस क्रममा ट्रूडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथक्तावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए।

जस्टिन ट्रूडो

ट्रुडोले अरू के भने ?

प्रधानमन्त्री ट्रूडोले क्यानडाले निज्जरको हत्याबारेका आफ्ना चासोहरू भारतका उच्च सुरक्षा र गुप्तचर निकायसमक्ष राखेको बताए। उनले यो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाइएको बताए।

"म दृढतापूर्वक भारत सरकारसँग यो विषय स्पष्ट पार्न क्यानडालाई सहयोग गर्न आग्रह गरिरहन्छु," उनले भने। ट्रूडोले निज्जरको हत्याका कारण क्यानडाका नागरिकहरू क्रोशित भएका र केही मानिस आफ्नो सुरक्षाबारे डराएको बताए।

हरदीप सिंह निज्जर को थिए ?

निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता थिए। उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुन्।

खालिस्तानी अभियान

उनले सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए। उक्त अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ।

भारतले यसअघि उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको सङ्ज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।

क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले "केही राजनीतिक विकासक्रम" कारण त्यसो गर्नुपरेको उसको भनाइ छ। 

क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्। भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending