Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

भारत–क्यानडा सम्बन्ध तनावग्रस्त, के हाे घटना ?

खबरडबली संवाददाता

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा विश्वसनीय सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए। भारतले उक्त आरोपलाई "निरर्थक" को सङ्ज्ञा दिएको छ।

"क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो," ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने, "त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।"

दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। 

भारतको प्रतिक्रिया र प्रत्यारोप

मङ्गलवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ। क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू "निरर्थक र प्रेरित" भएको विज्ञप्तिमा लेखिएको छ।

हरदीप सिंह निज्जर

"क्यानडाका प्रधानमन्त्रीबाट हाम्रा प्रधानमन्त्रीसमक्ष त्यस्तै आरोपहरू लगाइएको थियो र तिनको पूर्ण रूपमा खण्डन गरिएको थियो।

"क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा जे कुराहरू भने हामी तिनलाई अस्वीकार गर्छौं। हामी क्यानडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं।"

"यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानडाले त्यस्ता खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।"

यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ। "क्यानडाका नेताहरूले त्यस्ता तत्त्वहरूसँग खुलेर सहानुभूति देखाउँछन् जुन हाम्रो लागि गम्भीर चिन्ताको विषय हो।"

"क्यानडामा हत्या, मानव बेचबिखन र सङ्गठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन। हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्न गराउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं," विज्ञप्तिमा भनिएको छ।

"हामी क्यानडा सरकारलाई क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्छौँ।"

कूटनीतिज्ञ निष्कासित

निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई दृष्टिगत गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरिएको क्यानडाले जनाएको छ।

सोमवार ट्रूडोको अभिव्यक्तिपछि पत्रकारहरूसँग बोल्ने क्रममा विदेशमन्त्री मेलानी जोलीले उक्त घटनामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिइन्।

प्रत्युुत्तरमा भारतले मङ्गलवार क्यानडाका एक वरिष्ठ कूटनीतिज्ञलाई निष्कासित गरेको छ। ट्रूडोले जी२० सम्मेलनमा सहभागी हुने क्रममा उक्त विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाएका थिए।

त्यस क्रममा ट्रूडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथक्तावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए।

जस्टिन ट्रूडो

ट्रुडोले अरू के भने ?

प्रधानमन्त्री ट्रूडोले क्यानडाले निज्जरको हत्याबारेका आफ्ना चासोहरू भारतका उच्च सुरक्षा र गुप्तचर निकायसमक्ष राखेको बताए। उनले यो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाइएको बताए।

"म दृढतापूर्वक भारत सरकारसँग यो विषय स्पष्ट पार्न क्यानडालाई सहयोग गर्न आग्रह गरिरहन्छु," उनले भने। ट्रूडोले निज्जरको हत्याका कारण क्यानडाका नागरिकहरू क्रोशित भएका र केही मानिस आफ्नो सुरक्षाबारे डराएको बताए।

हरदीप सिंह निज्जर को थिए ?

निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता थिए। उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुन्।

खालिस्तानी अभियान

उनले सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए। उक्त अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ।

भारतले यसअघि उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको सङ्ज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्।

क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले "केही राजनीतिक विकासक्रम" कारण त्यसो गर्नुपरेको उसको भनाइ छ। 

क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्। भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending