Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८१ शुक्रबार | 19th July, 2024 Fri
NIMB

नेपालमा लुकिरहेका छोटा राजनका सहयोगी पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका ग्याङ्गस्टर र छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको चम्पावत जिल्लाबाट पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार हल्दवनीका ५० वर्षीय दीपक सिसोदियाले जे डे हत्याकाण्डमा सुटरलाई हतियार उपलब्ध गराएका थिए । उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो भने महराष्ट्रको अमरावती जेलमा सजाय काटिरहेका थिए । प्रहरीका अनुसार फरार रहेका उनी नेपालको महेन्द्रनगरमा लुकेर बसिरहेका थिए । आफ्ना परिवारलाई भेट्न भारत आउँदा उनलाई पक्राउ गरिएको हो ।

एसटीफका एसएसपी आयुष अग्रवालका अनुसार गत जनवरीमा ४५ दिनको परोलमा उनी जेलबाहिर रहेका थिए । ‘उनी हल्दवनीमा घर आएका थिए । उनी मार्चमा फर्किनुपर्ने थियो । तर, सिसोदिया त्यहाँबाट भागेर नेपाल आएका थिए,’ अग्रवालले भने, ‘मुम्बई प्रहरीको आग्रहमा एसटीएफले उनलाई नियन्त्रणमा लिएको हो ।’

उनका अनुसार प्रहरीले सिसोदिया बनबासा सीमा हुँदै भारत आउने गोप्य सूचना पाएको थियो । त्यसैको आधारमा सीमामा निगरानी बढाइएको थियो । ‘बिहान ५ बजे उनी सवार कार भारतमा प्रवेश गर्ने बित्तिकै सिसोदियालाई पक्राउ गरियो,’ अग्रवालले भने, ‘सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई मुम्बई प्रहरीलाई हस्तान्तरण गरिने छ ।’ उनलाई नेपालमा सहयोग गर्नेहरूबारे अनुसन्धान भइरहेको पनि अग्रवालले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली सरकारले ६१ उद्योगको डेडिकेटड र ट्रंकलाइन बिलकाे विवाद मिलाउला ?

८ अर्व राज्य कोषमा ल्याउने कि व्यापारिलाई छोड्ने ?

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसा...

महाकालीमा पानीको बहाव बढ्दा ४ पांग्रे सवारी साधन अवागमनमा रोक

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेको छ । बिहीबार दिउँसोदेखि नदीमा बहाव बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ६ बजेको मापन अनुसार महाकाल...

खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा ‘फास्ट ट्रयाक’ निर्माणको गतिमा लाग्यो ‘ब्रेक’

अझै ३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी

साउन २३ गते कांग्रेस केन्द्रीय समिति बैठक

​काठमाडौं । नेपाली कांग्रेसले साउन २३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी  साउन २३ गते द...

तीज गित 'करेलीमा अमिलो ट्वाक्क' सार्वजनिक

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वरमा सजिएको मौलिक तीज गित 'तिते करेलीमा अमिलो ट्वाक्क' सार्व...

गायक यश कुमारको आत्महत्या दुरुत्साहन बिरुद्धको गीत ‘हिरो’ रिलिज

काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएक...

२ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

काठमाडौं । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौंले धरौट...

कति छ कर्णालीका सामाजिक विकास मन्त्रीको सम्पत्ति ?

सुर्खेत । ठेक्का पट्टाबाट राजनीतिमा आएका वीरबहादुर शाही यति बेला कर्णाली सरकारको सामाजिक विकास मन्त्री रहेका छन् । डोल्पाबाट प्रत्यक्ष चुनाव जितेर प्र...

ललितपुरमा ९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

ललितपुर । ललितपुरबाट ९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेृका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy