Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पार्टीको विरासत जोगाउन परिवारका सदस्यलाई राजनीतिमा ल्याउँदै दलहरु

खबरडबली संवाददाता

काठमाडौं  । नेपालकाे राजनीति इतिहासमा जिम्वेवार नेताकाे निधन पछि पार्टीको विरासत जोगाउन परिवारका सदस्यलाई राजनीतिमा लयाउँने परम्परानै बनेकाे छ । एमालेका पछिल्लाे समय एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि एमालेले उनका छाेरा सुहाङ नेम्वाङलाई राजनीतिमा ल्याउने तयारी गरेकाे हाे ।

नेपालको राजनीतिमा श्रीमानको मृत्यु भएपछि वा परिवारका एक सदस्यको मृत्यु भएपछि भएको उपनिर्वाचनमा प्रायजसो परिवारकै सदस्यहरुलाई उम्मेदवार बन्दै आएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि गत मंसिरमा सम्पन्न प्रतिनिसिध सभा सदस्यमा कास्कीबाट निर्वाचित विद्या भट्टराईसम्मका हकमा उक्त नियम लागू भईसकेको छ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय जीप दुर्घटना मृत्यु भएपछि विद्यादेवी भण्डारी २०५० सालमा भएको उपनिर्वाचनबाटै एमालेको राजनीतिमा थप सक्रिय भएकी थिईन् । उनी कालन्तारमा नेपालकै पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन् ।

विद्यादेवी भण्डारी मात्रै होइनन् श्रीमानको निधन भएपछि वा परिवारका एक सदस्यको मृत्युपछि भएका उपनिर्वाचनबाट सक्रिय राजनीतिमा लाग्ने नेताहरु उल्लेख्य रहेका छन् ।

२०७५ सालको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा एमालेले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचनमार्फत सक्रिय राजनीतिमा लागेकी भट्टराई हालपनि प्रतिनिधि सभा सदस्य नै रहेकी छन् ।

त्यस्तै २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि दाङबाट निर्वाचित भएका एमाले नेता उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विमला केसीलाई एमालेले उम्मेदवार बनाएको थियो ।

२०७० सालको संविधान सभा निर्वाचनमा वाग्लुङबाट निर्वाचित कांग्रेस सांसद हरि खड्काको सडक दुर्घटनामा परि निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले पनि उनकै पत्नी चम्पा खड्कालाई उम्मेदवार बनाएको थियो ।

उपनिर्वाचनमा परिवारकै सदस्यलाई उम्मेदवार बनाउने एमालेको नीति विद्यादेवी भण्डारीमा लागू भइसकेको छ । सुहाङ नेम्वाङसमेतका हकमा एमालेको उक्त नीति लागू हुने नहुने भने समयलेनै देखाउनेछ ।

एमालेले २०५६ सालदेखि लगातार रुपमा चुनाव जितेको इलामको विरासत जोगाउनकै लागि भएपनि सुहाङलाई उपनिर्वाचन मार्फत राजनीतिमा ल्याउनुपर्ने मत बलियो बन्दै गएको एमालेका एक नेताले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE