Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पार्टीको विरासत जोगाउन परिवारका सदस्यलाई राजनीतिमा ल्याउँदै दलहरु

खबरडबली संवाददाता

काठमाडौं  । नेपालकाे राजनीति इतिहासमा जिम्वेवार नेताकाे निधन पछि पार्टीको विरासत जोगाउन परिवारका सदस्यलाई राजनीतिमा लयाउँने परम्परानै बनेकाे छ । एमालेका पछिल्लाे समय एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि एमालेले उनका छाेरा सुहाङ नेम्वाङलाई राजनीतिमा ल्याउने तयारी गरेकाे हाे ।

नेपालको राजनीतिमा श्रीमानको मृत्यु भएपछि वा परिवारका एक सदस्यको मृत्यु भएपछि भएको उपनिर्वाचनमा प्रायजसो परिवारकै सदस्यहरुलाई उम्मेदवार बन्दै आएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि गत मंसिरमा सम्पन्न प्रतिनिसिध सभा सदस्यमा कास्कीबाट निर्वाचित विद्या भट्टराईसम्मका हकमा उक्त नियम लागू भईसकेको छ ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय जीप दुर्घटना मृत्यु भएपछि विद्यादेवी भण्डारी २०५० सालमा भएको उपनिर्वाचनबाटै एमालेको राजनीतिमा थप सक्रिय भएकी थिईन् । उनी कालन्तारमा नेपालकै पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन् ।

विद्यादेवी भण्डारी मात्रै होइनन् श्रीमानको निधन भएपछि वा परिवारका एक सदस्यको मृत्युपछि भएका उपनिर्वाचनबाट सक्रिय राजनीतिमा लाग्ने नेताहरु उल्लेख्य रहेका छन् ।

२०७५ सालको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा एमालेले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचनमार्फत सक्रिय राजनीतिमा लागेकी भट्टराई हालपनि प्रतिनिधि सभा सदस्य नै रहेकी छन् ।

त्यस्तै २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि दाङबाट निर्वाचित भएका एमाले नेता उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विमला केसीलाई एमालेले उम्मेदवार बनाएको थियो ।

२०७० सालको संविधान सभा निर्वाचनमा वाग्लुङबाट निर्वाचित कांग्रेस सांसद हरि खड्काको सडक दुर्घटनामा परि निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले पनि उनकै पत्नी चम्पा खड्कालाई उम्मेदवार बनाएको थियो ।

उपनिर्वाचनमा परिवारकै सदस्यलाई उम्मेदवार बनाउने एमालेको नीति विद्यादेवी भण्डारीमा लागू भइसकेको छ । सुहाङ नेम्वाङसमेतका हकमा एमालेको उक्त नीति लागू हुने नहुने भने समयलेनै देखाउनेछ ।

एमालेले २०५६ सालदेखि लगातार रुपमा चुनाव जितेको इलामको विरासत जोगाउनकै लागि भएपनि सुहाङलाई उपनिर्वाचन मार्फत राजनीतिमा ल्याउनुपर्ने मत बलियो बन्दै गएको एमालेका एक नेताले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending