काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गरिन्छन् र सोही आधारमा मन्त्रिपरिषद्ले निर्णयसमेत गर्छ । तर, त्यसरी आउने कैयौं प्रस्तावहरूमा गल्ती भेटिन थालेपछि प्रस्तावहरू त्यसै फिर्ता हुने क्रम बढेको छ ।
विगतमा ललितानिवास प्रकरण तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिवहरूबाटै प्रस्ताव गएको र फाइलहरू अघि बढ्दा ठुलो अपराध भएको थियो । त्यसयता पनि सचिवहरूद्वारा लगिएका कैयौं प्रस्तावहरू नियमविपरीत हुने गरेको र हचुवामा प्रस्ताव पठाउने गरेको देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयबाट आउने प्रस्ताव कानुनविपरीत हुने गरी आउन थालेपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा नै फिर्ता गरी सचिवहरूलाई समेत सचेत पारेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘सचिवहरूले हस्ताक्षर गरेर पठाउने प्रस्ताव उनीहरूले नै राम्ररी अध्ययन समेत नगरी पठाउने गरेको पाइयो, पछि प्रधानमन्त्री कार्यालयमा बोलाएर जानकारी लिँदा प्रस्ताव राम्ररी नपढेको जवाफ सचिवबाटै पाइयो, यो गैरजिम्मेवारीपनको हद हो ।’
मुख्य सचिव डा। बैकुण्ठ अर्यालले मन्त्रिपरिषद्मा आउने प्रस्ताव राम्ररी अध्ययन गर्न र आवश्यक विधि पद्धति नपुगी आएको भए त्यस्ता प्रस्ताव फिर्ता गर्न बैठक शाखालाई निर्देशन दिँदै आउनुभएको छ । मुख्य सचिव अर्यालले मन्त्रिपरिषद्मा ढाडो प्रस्ताव लिएर नआउनसमेत मन्त्रीहरूलाई आग्रह गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बढीभन्दा बढी विकासे मन्त्रालयबाट गलत खालका प्रस्तावहरू आउने गरेको छ । विशेष गरी भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, अर्थ, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरणलगायतका मन्त्रालयबाट आउने प्रस्तावमा बढी त्रुटि भेटिने गरेको छ ।
ती मन्त्रालयका सचिवहरूले आफंैले पठाउने प्रस्तावका बारेमा राम्ररी अध्ययन नगरी हचुवाकै आधारमा पठाउने गर्दा समस्या परिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: