Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

टिपटप समोसालाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अनुगमनका क्रममा अस्वच्छ र अखाद्य पदार्थ पाइएकाले २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

महानगरको अनुगमन समितिले वडा नम्बर १७ स्थित टिपटप समोसा पसलमा अखाद्य बस्तु आएको सूचना आएपछि अनुगमनमा गएको थियो । महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेकाअनुसार थहिटीमा रहेको टिपटप मिठाई पसलले अखाद्य वस्तु बेचेको सूचना आएपछि अनुगमन भएको र जरिवाना गरिएको बताए ।

अखाद्य वस्तु बेच्ने कुरा महानगरसँग सम्बन्धित पनि भएकाले सञ्चालकलाई नियन्त्रणमा लिएर र अखाद्य वस्तुलाई पनि नियन्त्रणमा लिएका एको उनको भनाइ छ  ।  उक्त पसलमा दुधबरी बिग्रिएको पाइएको, कर्मचारीको बोली बचन नराम्रो भएकोजस्ता समस्याहरु पाइएको पाण्डेले बताए ।

अबदेखि गुणस्तर कायम गर्ने, दुग्धजन्य वस्तुको तापक्रम कायम गर्ने र पसलबाट बनेर बजारमा गएका सामान फिर्ता ल्याएर नष्ट गर्ने गरि सहमति गरि पसललाई जरिवाना गराइएको छ ।

उक्त पसलले विगतमा पनि यस्तै गरेको भन्ने गुनासो आएको थियो । सर्वसाधारणले पनि विगतमा पनि यस्तै गरेको बताएसँगै पसलका सञ्चालकले अबदेखि यस्तो नहुने बाचा गरेको र पुनः यस्तो भएमा हदैसम्मको कारबाही गरिने महानगरले जनाएको छ । उनलाई एक पटकलाई जरिवाना गरेर सुध्रिने मौका दिएको म काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

मतदान अधिकृत दीपा गौतम, जसले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाइन्

कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...

कहाँ-कहाँ सुरु हुँदै छ आज रातिबाटै मतगणना ?

काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...

ओखलढुङ्गाको मानेभञ्ज्याङ –७ स्थित मतदान केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य मत

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...

पूर्वी रुकुममा भोलि मात्रै मतगणना

रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...

पूर्वमा घण्टीलाई ‘माटो’ र ‘भाले’को चुनौती

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रम...

झापामा आजै रातिदेखि मतगणना सुरु हुने

झापा । झापामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयम...

६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटिकामा कैद

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE