Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सुन तस्करी गर्न ७ कम्पनी खडा, १४ जनाको नाममा बैंकमा रकम

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरेको पाइएको छ । ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा बरामद भएको ६० किलो बढी सुन र त्याे भन्दा अघि सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरीएकाे भेटीएकाे हाे ।

सुन तस्करी गर्ने समूहले ६० किलोभन्दा पहिले पनि धेरैपटक सुन तस्करी गरेको र त्याे सुन नेपाल भित्र्याउनका लागि ती कम्पनी खडा गरीएकाे प्रहरीले जनाएकाे छ । साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको बाहिरबाट बरामद भएको सुन रेडी ट्रेड प्रालिका नाममा ब्रेक प्याडका रुपमा भित्र्याइएको थियो। सुन तस्करीका लागि रेडी ट्रेड बाहेक अन्य ६ वटा कम्पनी पनि खोलेको पाइएको  छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सुन तस्करीबाट आर्जन भएको रकम १४ जनाको बैंक खातामा जम्मा गरेको पाइएको बताइएको छ। 

सुन तस्करीका लागि लेखनाथ कार्कीको नाममा छुवाग इलेट्रिक्सल सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इलेक्ट्रिक्क्स सप्लायर्स प्रालि, कुमार बहादुर भुजेलको नाममा हाडा इलेक्ट्रिक सप्लायर्स, रामबहादुर भुजेलको नाममा पवटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रिक सप्लायर्स र सरिता तामाङको नाममा सरिता सप्तायर्स खोलिएको अभियोगपत्रमा उल्लेख छ। 

अभियोगपत्रमा सुन तस्करीबाट आर्जित रकम १४ जनाको नाममा राखिएको देखिएको दाबी गरिएको छ । पुष्करराज भट्ट, राजकुमार श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, दोङ फाङ्ग इन्टरनेशनल, नरेश तामाङ, रामकुमार भुजेल, हर्कराज राई, भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, बिरेन्द्र नेपाली, पुष्पा जोशी, कमल परियार  र भुजेल इलेक्ट्रिक प्रालिको नाममा बैंकमा रकम देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। 

सुन तस्करीमा संलग्न भएकामध्ये मुख्य अभियुक्त भनिएका दावा छिरिङ, योङ पुचिङ र शिवकुमार सरार्फले अवैध सुन कारोबारबाट प्राप्त रकम क्रिप्टो करेन्सीमा लगानी गरी कारोबार गरेको देखिएको अभियोगपत्रमा दाबी गरिएको छ।

उनीहरुले सुन तस्करीको पैसा विदेश लैजानका साथै राज्य प्रणालीबाट जोगाउनका लागि डिजिटल कारोबारको सहयोग लिएको अभियोगपत्रमा उल्लेख छ। नेपालका क्रिप्टोमा लगानी अवैध मानिएको थियो। तर उनीहरुले नेपाली नागरिकता बनाएर यस्तो कारोबार गरेको अभियोगपत्रमा उल्लेख छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

मतदान अधिकृत दीपा गौतम, जसले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाइन्

कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...

कहाँ-कहाँ सुरु हुँदै छ आज रातिबाटै मतगणना ?

काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...

ओखलढुङ्गाको मानेभञ्ज्याङ –७ स्थित मतदान केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य मत

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...

पूर्वी रुकुममा भोलि मात्रै मतगणना

रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...

पूर्वमा घण्टीलाई ‘माटो’ र ‘भाले’को चुनौती

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रम...

झापामा आजै रातिदेखि मतगणना सुरु हुने

झापा । झापामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयम...

६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटिकामा कैद

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE