Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुन तस्करी गर्न ७ कम्पनी खडा, १४ जनाको नाममा बैंकमा रकम

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरेको पाइएको छ । ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा बरामद भएको ६० किलो बढी सुन र त्याे भन्दा अघि सुन तस्करीका लागि ७ वटा कम्पनी खडा गरीएकाे भेटीएकाे हाे ।

सुन तस्करी गर्ने समूहले ६० किलोभन्दा पहिले पनि धेरैपटक सुन तस्करी गरेको र त्याे सुन नेपाल भित्र्याउनका लागि ती कम्पनी खडा गरीएकाे प्रहरीले जनाएकाे छ । साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको बाहिरबाट बरामद भएको सुन रेडी ट्रेड प्रालिका नाममा ब्रेक प्याडका रुपमा भित्र्याइएको थियो। सुन तस्करीका लागि रेडी ट्रेड बाहेक अन्य ६ वटा कम्पनी पनि खोलेको पाइएको  छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सुन तस्करीबाट आर्जन भएको रकम १४ जनाको बैंक खातामा जम्मा गरेको पाइएको बताइएको छ। 

सुन तस्करीका लागि लेखनाथ कार्कीको नाममा छुवाग इलेट्रिक्सल सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इलेक्ट्रिक्क्स सप्लायर्स प्रालि, कुमार बहादुर भुजेलको नाममा हाडा इलेक्ट्रिक सप्लायर्स, रामबहादुर भुजेलको नाममा पवटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रिक सप्लायर्स र सरिता तामाङको नाममा सरिता सप्तायर्स खोलिएको अभियोगपत्रमा उल्लेख छ। 

अभियोगपत्रमा सुन तस्करीबाट आर्जित रकम १४ जनाको नाममा राखिएको देखिएको दाबी गरिएको छ । पुष्करराज भट्ट, राजकुमार श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, दोङ फाङ्ग इन्टरनेशनल, नरेश तामाङ, रामकुमार भुजेल, हर्कराज राई, भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, बिरेन्द्र नेपाली, पुष्पा जोशी, कमल परियार  र भुजेल इलेक्ट्रिक प्रालिको नाममा बैंकमा रकम देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। 

सुन तस्करीमा संलग्न भएकामध्ये मुख्य अभियुक्त भनिएका दावा छिरिङ, योङ पुचिङ र शिवकुमार सरार्फले अवैध सुन कारोबारबाट प्राप्त रकम क्रिप्टो करेन्सीमा लगानी गरी कारोबार गरेको देखिएको अभियोगपत्रमा दाबी गरिएको छ।

उनीहरुले सुन तस्करीको पैसा विदेश लैजानका साथै राज्य प्रणालीबाट जोगाउनका लागि डिजिटल कारोबारको सहयोग लिएको अभियोगपत्रमा उल्लेख छ। नेपालका क्रिप्टोमा लगानी अवैध मानिएको थियो। तर उनीहरुले नेपाली नागरिकता बनाएर यस्तो कारोबार गरेको अभियोगपत्रमा उल्लेख छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending