Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

मिथिलाञ्चलमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

खबरडबली संवाददाता

धनुषा । मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ।  हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ।

मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले  जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका  जानकारी दिए।

यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ।  यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ। साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको उनले बताए।

उनका अनुसार खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ।

दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन्। चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ। 

क्षीरेश्वरनाथ–४ की चन्द्रादेवी साहले नयाँ माटोका भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको बताए। प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ।
 
चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने यहाँको परम्परा रहेको उनको भनाइ छ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले आज बिहानैदेखि घर–घरमा प्रसाद तयार गर्न महिला व्यस्त छन्। पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार ज्योतिष हेमाङ्ग ठाकुरले यो तिथिमा शुभफल प्राप्त गरेकाले उनकै अग्रसरतामा मिथिलाञ्चलमा यो पर्वको सुरुआत भएको किंवदन्ती छ। 

चौठचन्द्र पर्वको महत्व

पछिल्लो समय चाडपर्व मनाउँदा तडकभडक र देखासिकी गर्ने चलन बढिरहेको छ। तर यस पर्वमा आफ्नो घरमा उपलब्ध सामग्री र माटाको प्रयोग हुने हुँदा यस पर्वलाई लोकपर्व भन्ने गरिएको संस्कृतिविद् रमापति चौधरीले बताए। उनले भने, ‘यस पर्वमा कुनै तामझाम र देखावटीपन हुँदैन। माटोका भाँडा, फलफूल, पीठोबाट बनेको परिकार, दहीलगायतका आफ्नै घरआँगनका उत्पादनको प्रयोग हुन्छ। यसमा कुनै प्रकारको भेद्भाव वा तडकभडक पनि हुँदैन।’

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिसले अरु सबै देवी–देवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिने भए पनि सूर्य र चन्द्रमालाई मात्र साक्षात् अनुभव गरेर दर्शन पूजा गर्ने हुँदा यो पर्वको महत्व अझ बढी महसुस गर्न सकिन्छ। ​

चौठचन्द्र पर्वको आयोजना भाद्रशुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइने र यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिने जनविश्वास रहेको पनि उनले जानकारी दिए।

तराई–मधेसमा लोकभाषामा ‘ढेला चौथ’समेत भनिने यो व्रत गर्नाले झुटो कलङ्कको दोष निवारण हुने गरेका धार्मिक विश्वास पनि रहेको सुन्दर सदन धनुषाका बाबा नबल किशोरको भनाइ छ।

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन्। इतिहासका ज्ञाता नबल किशोरका अनुसार श्रीकृष्णलाई आजैका दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक एवं आध्यात्मिक महत्व पनि छ।

मणिको प्रसङ्ग एउटा गरिब नागरिकले सूर्यको उपासना गरी प्राप्त मणिको प्रयोगबाट धनी बनेको र त्यो राजाले मन पराएको तर ती नागरिकले दिन नचाहेपछि श्रीकृष्णले गर्नुपरेको सङ्घर्षसँग जोडिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending