काठमाडौँ। सरकारद्वारा गठित वार्ता समितिसँग भएको सम्झौतासँगै नेपाल चिकित्सक संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू हाललाई आजैको मितिदेखि लागू हुने गरी स्थगित गरिएको छ ।
गत भदौ २७ गतेका दिन संघका आजीवन सदस्य द्वय डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएपछि संघ ७ बुँदे माग राखेर देशभर आन्दोलनमा उत्रिएको थियो ।
आन्दोलनका कार्यक्रमहरूका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र संघका पदाधिकारीबीच आइतबार सम्झौता भएको छ । सम्झौता अनुसार घटनामा संलग्न दोषीहरूलाई गृह मन्त्रालयमार्फत तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन ऐन २०७९० बमोजिम कारबाही गर्ने तथा उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने बताइएको छ ।
चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणका कारण बाध्यतावश संघको आह्वानमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गर्नु परेकोमा संघले दुःख व्यक्त गरेको छ । ‘सरकारले चिकित्सकको जीउ ज्यानको सुरक्षा गर्न नसक्दा आपराधिक मानसिकताका केही गलत प्रवृत्तिका व्यक्तिका कारणले यो अप्रिय अवस्था सिर्जना भएको हो,‘ संघले भनेको छ ।
सुरक्षाको जिम्मा लिएको सरकारले यस संघसँग गरिएका सम्झौता अक्षरशः पालना नगरेको अवस्थामा जुनसुकै समयमा पुनः कडा भन्दा कडा कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चिकित्सक संघले चेतावनीसमेत दिएको छ । आन्दोलनलाई सफल तुल्याउन विशेष योगदान पुर्याउने देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरू, सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संघले धन्यवाद ज्ञापन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८० - १९:५६
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...
आश्विन ५ गते, २०८० - १९:५१
काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...
आश्विन ५ गते, २०८० - १९:२७
काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...
आश्विन ५ गते, २०८० - १९:१३
काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...
आश्विन ५ गते, २०८० - १८:४८
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...
आश्विन ५ गते, २०८० - १८:३३
काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...
आश्विन ५ गते, २०८० - १८:२२
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...
आश्विन ४ गते, २०८० - २१:४१
शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने
आश्विन ४ गते, २०८० - २१:२४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...
आश्विन ४ गते, २०८० - २०:३६
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोज...
प्रतिकृया लेख्नुहोस्: