Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दसैँ, तिहारमा खाद्यान्नको अभाव हुन नदिन सरकारलाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो । 

त्यसैगरी बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यमा पनि गर्न सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताए । समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुनेगरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी समितिले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खानको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने भएको छ । 

उपभोक्ताहरुलाई चाडपर्वको बेला खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न पनि सो समिति बनाउने निर्णय गरिएको सभापति खानले बताए । 

बैठकमा समितिका सदस्यहरुले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला (पौड्याल)ले सरोकारवाला सबै निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज ढंगले आवश्यक वस्तुहरुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यक्ता औँल्याइन् ।

कोइरालाले सरकारले चाडबाडका बेला नागरिकलाई सुभल मूल्य वस्तुहरुको आवश्यक व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

मतदान अधिकृत दीपा गौतम, जसले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाइन्

कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...

कहाँ-कहाँ सुरु हुँदै छ आज रातिबाटै मतगणना ?

काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...

ओखलढुङ्गाको मानेभञ्ज्याङ –७ स्थित मतदान केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य मत

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...

पूर्वी रुकुममा भोलि मात्रै मतगणना

रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...

पूर्वमा घण्टीलाई ‘माटो’ र ‘भाले’को चुनौती

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रम...

झापामा आजै रातिदेखि मतगणना सुरु हुने

झापा । झापामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयम...

६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटिकामा कैद

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE