काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको हो ।
खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर हानेको पाइएको प्रहरीले जनाएको छ । गएराति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो । लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो ।
मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो । प्रहरीले राति अपराधमा प्रयोग भएको हतियार बरामद गरेको थिएन ।
प्रहरीले केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरसहितको टोली ल्याएर घटनास्थलमा घुमाएको थियो भने प्राविधिक पक्षको विश्लेषणबाट समेत अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रहरीलाई घटनाबारे सूचना दिने २८ वर्षीय दीपेन्द्र राई आफैं अनुसन्धानको दायरामा परेका थिए ।
राति रगताम्ये भएको अवस्थामा मिलबाट बाहिर निस्किएर उनी ट्याक्सी चढेका थिए । ट्याक्सीका चालकलाई उनले प्रहरी कहाँ पुर्याइदिन भनेका थिए । प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर उनले आफ्नो साथीहरु मारिएको बताएका थिए । मदिराको नशा लागेको र शरीरभरि रगत लत्पतिएको अवस्थामा भेटेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
हाल उनी प्रहरी वृत्त, बानेश्वरको हिरासतमा छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका निमित्त प्रमुख एसपी कुमोद ढुंगेलले विभिन्न पक्षबाट घटनाको अनुसन्धान भइरहेको बताए । अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयले छानबिन समिति पनि बनाएको र छिट्टै नतिजा आउँने उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - २०:५२
सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...
फाल्गुन २१ गते, २०८२ - २०:४८
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...
फाल्गुन २१ गते, २०८२ - २०:३१
ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...
फाल्गुन २१ गते, २०८२ - १९:५९
काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...
फाल्गुन २१ गते, २०८२ - १९:३६
बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...
फाल्गुन २१ गते, २०८२ - १९:३५
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...
फाल्गुन २१ गते, २०८२ - १९:३३
कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...
फाल्गुन २१ गते, २०८२ - १९:२६
काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...
फाल्गुन २१ गते, २०८२ - १९:२१
ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...
फाल्गुन २१ गते, २०८२ - १९:१२
रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...



प्रतिकृया लेख्नुहोस्: