Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

खबरडबली संवाददाता

फुङ्लिङ । विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ ।

वन्यजन्तुका करिब साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाउने तयारी भएको कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिए । उनका अनुसार सालक, भालु, रतुवा मृग, घोरल र याक र चौँरीको करिब २५ दशमलव ५५१ किलोग्राम आखेटोपहार चितवन पठाइन लागिएको हो । 

कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार शून्य दशमलव ९८१ किलोग्राम सालकको खपेटा, २.३० किलोग्राम भालुको, ४.४६ किलोग्राम याक तथा चौंरीको, १३.८८ किलोग्राम रतुवा मृगको, १ दशमलव ४४ किलोग्राम घोरलको तथा अन्य मृगको छाला चितवन पठाइने छ । उक्त आखेटोपहार विसं २०७९ चैत २ गते बरामद भएको वन कार्यालयले जनाएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री, ओसारपसार गर्न, हस्तान्तरण गरी लिन र दिन नपाइने व्यवस्था रहेको छ । प्राकृतिक रुपमा मृत्यु भएका वन्यजन्तुबाट सङ्कलन गरिएका, वन्यजन्तु अपराधमा कानुनी कारबाहीको सिलसिलामा बरामद भएका र अन्य स्रोतबाट प्राप्त हुन आएका बाघरचितुवाको छाला, हाड, खप्पर, दाह्रा, नङ्ग्र्रा, जुङ्गा, गैँडाको खाग, खुर, ढाल, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरीको विना, अजिङ्गर, रेडपाण्डाको छाला, चिरुको रौँ, सालकको खपेटा र अन्य यस्तै आखेटोपहार जिन्सी खातामा आम्दानी बाँधी भण्डारण गरिँदै आएको वन अधिकृत शाहले जानकारी दिए ।

उनका अनुसार भण्डारणका लागि डिभिजन वन कार्यालयको कानुनी क्षेत्राधिकारभित्र बरामद भएका आखेटोपहार सशस्त्र वन तालिम केन्द्र चितवन टिकौली र निकुञ्ज–आरक्षण–संरक्षण क्षेत्र कार्यालयको क्षेत्राधिकारभित्र बरामद भएका अन्य वन्यजन्तुका आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कसरा, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धार, लामटाङ राष्ट्रिय निकुञ्जलगायतका स्थानमा भण्डारण गरिँदै आइएको छ ।

“प्राकृतिक मृत्यु भएका वन्यजन्तुबाट झिकिएका वा कानुनबमोजिम बरामद गरिएका वा अन्य जुनसुकै स्रोतबाट प्राप्त भएका आखेटोपहार कार्यालयको जिन्सीखातामा आम्दानी बाँधी राख्ने र भण्डारण गर्दा सुरक्षित थैलामा राखी आखेटोपहारको नाम, परिणाम, स्रोत प्राप्त मिति, जिन्सी खाता पाना नम्बर समेत उल्लेख गरी सिलबन्दी लाहछाप लगाई बलियो काठको वाकस वा दराजमा राख्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ”, शाहले भने ।

कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएका आखेटोपहारलाई ऐन अनुसार थप व्यवस्थापनका लागि चितवन पठाइन लागिएको उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचित सांसद भण्डारी घरदैलोमा जनताको समस्या सुन्दै

बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...

नागुका स्थानीयले रास्वपाका सामन्तलाई बुझाए १० बुँदे ज्ञापन

दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...

निर्वाचन प्रहरी भन्छन् अबको पाइला उद्यमतर्फ

हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...

वचनको राजनीति- ओलीले हारेपछि इलाम छाड्छु भनेर बाजी राखेका नेम्वाङ सरे पाँचथर

फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE