मकवानपुर । हेटौंडा अस्पतालका ७८ जना चिकित्सकहरुले नै राजिनामा दिएका छन । उपचारका बेला कुटपिट भएको भन्दै राजिनामा दिएका हुन । स्वास्थ्य संस्थामा काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।
नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन् । डाक्टर कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प रहेकाे छ ।
भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । ज्यान मार्ने उद्देश्यले डाक्टरहरूमाथि आक्रमण भएको उनीहरूको भनाइ छ । डाक्टरहरू गम्भीर घाइते भए पनि दोषीमाथि कानुनी कारबाही नभएको भन्दै चिकित्सकहरूले विरोध गरेका हुन् । आकस्मिकबाहेक अन्य सेवा सञ्चालन गर्न असमर्थ रहेको जानकारीसहितको पत्र चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - २२:४०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...
फाल्गुन २१ गते, २०८२ - २२:३८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...
फाल्गुन २१ गते, २०८२ - २२:३६
काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...
फाल्गुन २१ गते, २०८२ - २२:३०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...
फाल्गुन २१ गते, २०८२ - २०:५२
सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...
फाल्गुन २१ गते, २०८२ - २०:४८
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...
फाल्गुन २१ गते, २०८२ - २०:३१
ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...
फाल्गुन २१ गते, २०८२ - १९:५९
काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...
फाल्गुन २१ गते, २०८२ - १९:३६
बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...
फाल्गुन २१ गते, २०८२ - १९:३५
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...



प्रतिकृया लेख्नुहोस्: