नारायणगढ । महानगरपालिकाभित्र व्यवस्थित पशु बधशाला निर्माणका लागि भरतपुर महानगरले चासो देखाएको छ । महानगरपालिकाभित्र रहेका पशु बधशाला व्यवस्थित नभइरहेको अवस्थामा बधशाला व्यवस्थित गर्न महानगरले तयारी थालेको हो ।
उपभोक्ताको गुनासो बढेसँगै महानगरले उपप्रमुख चित्रसेन अधिकारीको संयोजनमा सात सदस्यीय ‘पशु बधशाला व्यवस्थापन कार्यदल’ गठन गरेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुखसहित पशु बधशाला रहेका वडाका वडाध्यक्षहरु सदस्य रहने गरी कार्यदल गठन गरिएको कार्यदलका संयोजक अधिकारीले जानकारी दिए ।
उनका अनुसार समितिले महानगरभित्र कति पशु बधशाला छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । अध्ययनसँंगै व्यवस्थित पशु बधशाला निर्माणका लागि उचित स्थानमा जग्गाको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।
बजार अनुगमन समितिको संयोजकसमेत रहेका अधिकारीले पशु बधशाला अनुगमनका क्रममा बधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार कुनै पनि बधशाला नरहेका बताए । उनले भने, “पशु अधिकार, क्वारेन्टिन र स्वास्थ्य परीक्षण नगरी पशु बध गर्ने गरेको पाइएको छ ।”
महानगरको घनाबस्ती र मुख्य बजारी क्षेत्रमा धेरै मात्रामा पशुको बध गरिँदै आइएको जनाउँदै उपप्रमुख अधिकारीले अनुगमनका क्रममा बधशालाको सरसफाइ र व्यवस्थापन राम्रो नभएको पाइएको जानकारी दिए । “नारायणगढ बजारका पशु बध गरेर निस्किएको फोहोरलाई पुङ्गी खोलामा विसर्जन गर्ने गरिएको पाइएको छ”, उनले भने, “यसलाई रोक्नका लागि बधशाला व्यवस्थापन आवश्यक रहेकाले सो कार्यमा लागेका छौँ ।”
पशु बधशालाको स्थापना र सञ्चालनका लागि बध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टाछुट्टै स्थानको व्यवस्था, बिरामी पशु राख्ने अलग्गै स्थान, बध गरेपछि रगत निथोर्ने, छाला काढ्ने, खुइल्याउने, मासु सफा गर्ने, आन्द्रा भुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
मापदण्डअनुसार पशु बध गरिसकेपछि मासु परीक्षण ९पोष्टमार्टम एक्जामिनेसन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु ९कन्डेम्ड मिट० तह लगाउने स्थान, आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था, बध गर्न ल्याइएका पशुबाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको, पशु बधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको हुनु पर्नेछ ।
त्यस्तै, बधशालाका लागि पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, बध गरिने र मासु परीक्षण गर्ने स्थानको भुईँ सजिलैसँग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको, मासु सुरक्षित राख्नका लागि आवश्यक शीत भण्डारको व्यवस्थालगायत नियम पशु बधशाला तथा मासु जाँच नियमावलीमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १०:५५
दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...
फाल्गुन २८ गते, २०८२ - १०:४८
हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...
फाल्गुन २८ गते, २०८२ - १०:३७
फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...



प्रतिकृया लेख्नुहोस्: