चितवन । जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएका थिए । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।
जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी र्दिए । उनका अनुसार सङ्क्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।
केसीले गत आवमा तीन हजार चार सय ८२ जनाको परीक्षण गर्दा पाँच सय २८ मा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिए । “यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा ९माइट० को टोकाइबाट मान्छेमा सर्दछ”, उनले भने, “माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट मानिसमा लाग्ने गर्दछ ।”
यो जिवाणु झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरानमा बढी देखिने केसीको भनाइ थियो । उनका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन ।
लक्षण
स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुलगायत लक्षण देखिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी केसीले बताए ।
उनका अनुसार सङ्क्रमण भएका बिरामीको समयमा उपचार नगराएमा श्वासप्रश्वासमा समस्या आई सिकिस्त हुने गर्दछन् । इसको सङ्क्रमणबाट बाँच्नका लागि खेतबारीमा काम गर्दा वा वनजङ्गल तथा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री र दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्नेलगायत कार्य गर्नुपर्ने केसीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...


प्रतिकृया लेख्नुहोस्: