Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

कुनैबेलाको ऐतिहासिक कटारी बजार अहिले सुनसान

खबरडबली संवाददाता

ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै 
पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार...
कटारी । तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल  भाँडावर्तन, अन्नपात,  मरमसला किन्ने थलो थियो कटारी बजार ।

सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । ‘‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्–  ‘‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’’

साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरुसँग कटारी बजार आइपुगेका थिए । ‘‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए’’, साह भन्छन्, ‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरु आउँथे ।’’ कटारी बजार सगरमाथाको द्वारको रुपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ रहेको बुढापाकाहरु बताउँछन् । 

विसं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व।बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो ।

सडक निर्माणसँगै पहाडी जिल्लाहरुमा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकले स्तरोन्नती हुन पाएन । मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरु हिंड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन्, ‘‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरु त्यतैबाट हिँड्न थाले ।’’ 

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ्ग पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो । 

तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता हट्यो । बाटो छोटो भएपनि स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरु सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो ।’’

कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन् । उनी भन्छन्, ‘‘व्यापारीहरु अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन् । ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो ।’’

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ बताउँछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने रास्वपाको अडान

काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हतारोमा गर्न नहुने भन्दै विपक्षी दलको माग

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न नेकपाको माग

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न माग

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध फेला

ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending