Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कुनैबेलाको ऐतिहासिक कटारी बजार अहिले सुनसान

खबरडबली संवाददाता

ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै 
पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार...
कटारी । तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल  भाँडावर्तन, अन्नपात,  मरमसला किन्ने थलो थियो कटारी बजार ।

सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । ‘‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्–  ‘‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’’

साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरुसँग कटारी बजार आइपुगेका थिए । ‘‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए’’, साह भन्छन्, ‘‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरु आउँथे ।’’ कटारी बजार सगरमाथाको द्वारको रुपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ रहेको बुढापाकाहरु बताउँछन् । 

विसं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व।बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो ।

सडक निर्माणसँगै पहाडी जिल्लाहरुमा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकले स्तरोन्नती हुन पाएन । मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरु हिंड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन्, ‘‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरु त्यतैबाट हिँड्न थाले ।’’ 

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ्ग पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो । 

तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता हट्यो । बाटो छोटो भएपनि स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरु सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो ।’’

कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन् । उनी भन्छन्, ‘‘व्यापारीहरु अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन् । ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो ।’’

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ बताउँछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending