काठमाडौँ। भारतमा भएको विश्वका २० प्रमुख अर्थतन्त्रहरूको समूह जी–२० को शिखर सम्मेलनको संयुक्त घोषणापत्रमा सबै देश सहमत भएका छन् ।
रुसले सम्मेलनलाई ‘कोसेढुंगा’ भन्दै संयुक्त वक्तव्यमा सबै देश सहमत गराउन भारतले खेलेको भूमिकाको प्रशंसा गरेको छ।
युक्रेन युद्धमा विभिन्न देशको फरकफरक धारणाका कारण यसअघि इन्डोनेसियाको बालीमा भएको सम्मेलनको संयुक्त घोषणा सबै देशले स्वीकार गरेका थिएनन् ।
युक्रेनले भने संयुक्त घोषणामा युद्धलाई लिएर रुसको आलोचना नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश युक्रेनमा रुसी आक्रमणविरुद्ध बलियो रूपमा खडा रहने अडान दोहोर्याएका छन् ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले संयुक्त घोषणामा सजिलै सहमति भएको टिप्पणी गरेका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जी–२० शिखर सम्मेलनलाई कोसेढुंगाको संज्ञा दिएका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले औपचारिकरूपमा जी–२० को अध्यक्षता स्वीकार गरेपछि ‘ग्लोबल साउथ’को समस्या राखेका छन् । उनले अहिलेको संसार धनमा बढी केन्द्रित रहेको र लाखौँ मानिस अझै भोकै बस्नुपर्ने स्थिति भएका कारण दिगो विकास खतरामा रहेको बताएका छन् ।
आफ्नो भाषणमा लुलाले भारतीय स्वतन्त्रता नेता महात्मा गान्धीप्रति सम्मान व्यक्त गरेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा महात्मा गान्धीको अहिंसामूलक सङ्घर्षको ठूलो अर्थ रहेको बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको शिखर सम्मेलनले जी–२० अझै पनि विश्वव्यापी समस्याको समाधान प्रस्ताव गर्न सक्छ भनेर देखाएको बताएका छन् ।
“विश्वको अर्थतन्त्र जलवायु संकट, कमजोरी र द्वन्द्वको झड्कासँग जुधिरहेका बेला यो वर्षको शिखर सम्मेलनले जी–२० अझै पनि हाम्रा सबैभन्दा महत्त्वपूर्ण मुद्दाको समाधान गर्न सक्छ भनेर प्रमाणित गरेको छ,” उनले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन् ।
सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ अनुपस्थित रहे ।
सम्मेलनमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित पानी समुन्द्रमा छोड्ने आफ्नो निर्णयका लागि जी–२० अन्तर्गतका नेताहरूको सहमति सुरक्षित राख्ने प्रयास गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५५ राष्ट्र सदस्य रहेको अफ्रिकन युनियनलाई जी–२० मा स्वागत गर्दै ग्लोबल साउथको उज्ज्वल भविष्यतर्फको कदम भनेका छन् ।
यसपटकको सम्मेलनले अफ्रिकन युनियन ९एयू०लाई स्थायी सदस्यका रूपमा समूहमा सामेल गराएको छ । त्यसैले पनि यो सम्मेलन महत्त्वपूर्ण भएको छ ।
आफ्नो अध्यक्षतामा सम्मेलन सफल पारेसँगै भारतले ब्राजिललाई जी–२० को अध्यक्षता हस्तान्तरण गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: