काठमाडौं । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ट्रेड शो तीज स्पेशल २०२३ को आयोजना गरियो ।
नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन महिलाहरुमा उद्यमीशीलताको बिकाश गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले गरे ।
आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्वर महिलाहरुको सर्वागिंण बिकाशको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको बिकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे ।
महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउनु हुंदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्वरलाइ धन्यबाद व्यक्त गरे । सो अवसरमा लोकप्रिय गायिका रेखा शाह,नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, उपाध्यक्ष श्री दीपक मल्होत्रा तथा श्री दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
नेपाल महिला चेम्वरका महासचिव तथा मेला संयोजक श्री लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिए अन्तमा महिला चेम्वरका बिबिध कार्यक्रमबारे जानकारी दिंदै सहभागी सवैलाइ धन्यबाद व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: